नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
भैरवनाथको रथ भाँचिएपछि आज भक्तपुरको बिस्का जात्राअन्तर्गत द्यो थाबिज्यगु परम्परा प्रभावित भएको छ । बिस्काको अन्तिम दिन आज भक्तपुरको गःहिटीमा रहेको भैरवनाथको रथ तान्ने चलन छ । तर रथको दायाँतिरको अघिल्लो पांग्राको काठ भाँचिएपछि रथ तान्ने काम रोकिएको हो ।
आठ दिन आठ रात चल्ने बिस्का जात्राको शुरुको दिन पाँचतल्ले मन्दिरअघिको चोकबाट भैरवको रथ नगरका तल्लो र माथिल्लो भेगका मानिसहरुबीच तानातान गर्ने परम्परा छ ।
भाँचिएको काठको चुकुल मर्मत गर्ने काम भइरहे तापनि आज रथ तान्ने सम्भावना न्यून भएको स्थानीय प्रत्यक्षदर्शीहरुले बताए ।
रथ तान्न हजारौं युवाहरु गःहिटीमा पुगेका थिए ।
Leave a Reply