भर्खरै :

सीमा अतिक्रमणविरुद्ध कैलालीमा जुलुस एवम् सभा

कैलाली, २४ कार्तिक । नेपाल मजदुर किसान पार्टी कैलालीको आयोजनामा आइतबारनेपाली भूमि लिम्पियाधुरा भारतीय नयाँ नक्सामा गाभेको विरूद्धमा जुलुस एवम् सभा लम्की बजारमा सम्पन्न भयो ।
जुलुस लम्की बजार परिक्रमा गरी बसपार्क हुँदै लम्की चौराहमा सभामा परिणत भएको थियो ।
सभामा नेमकिपाका केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले नेपालको भूमिमाथि भारतले गरिरहेको हस्तक्षेपको विरोधमा जनताले एकजुट भई विरोध गर्नुको विकल्प नरहेको बताउनुभयो ।
“भारतले प्रकाशित गरेको नयाँ नक्सा तुरून्तै सच्याउन र कालापानी क्षेत्रबाट भारतीय सेना तुरून्त फिर्ता पठाउन नेपाल सरकार अन्तर्राष्ट्रिय न्यायालयमा जानुपर्छ”, उहाँले भन्नुभयो ।
नेमकिपा कैलालीका अध्यक्ष रमेशकुमार रावलले नेकपा भारतीय विस्तारवादको गोटी भएकोले नेपाली भूमि मिच्दा पनि सरकारले सशक्त विरोध गर्न नसकेको स्पष्ट पार्नुुभयो ।
विरोधसभामा नेमकिपा कैलालीका सचिव गगन थापा र लक्ष्मी पोखरेलले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *