ख्वप अस्पताललाई आधुनिक र सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्ने प्रयास गर्दै छौँ
- जेष्ठ ११, २०८३
भक्तपुर, २४ कार्तिक । सर्वसुलभ उपभोक्ता सहकारी संस्था, कमलविनायक भक्तपुरको पाँचौँ साधारणसभा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँको प्रमुख आतिथ्यमा सम्पन्न भयो । प्रमुख अतिथिबाट कलात्मक पानसमा दीप प्रज्ज्वलित गर्नुभई सुरुआत भएको सभामा ६ जना ज्येष्ठ सदस्यहरूलाई सम्मानित गरिएको थियो ।
कार्यक्रममा अतिथि बिजुक्छेँले सहकारी संस्थामार्फत उपभोक्ताहरूलाई सचेत पार्ने कामसहित दैनिक जीवनमा आवश्यक खाद्यपदार्थ र अन्य उपभोग्य वस्तु बिक्री वितरण गरी बिचौलियालाई नाफा नदिई परल मूल्यमा आफ्ना सदस्य र उपभोक्ताहरूलाई सेवा दिने कामलाई प्राथमिकता दिएकोमा खुसी व्यक्त गर्नुभयो । बचत लिने र ऋण लगानी गर्नेमात्र सहकारीको काम नभएकोले उहाँले सहकारीको माध्यमबाट समाज हित हुने उत्पादनमूलक काम गर्नुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रिय सहकारी महासङ्घ, नेपालका सह–महाप्रबन्धक बाबुल खनालले सहकारी सिद्धान्तअनुसार उपभोक्ता हितमा काम गरेको हुँदा गत वर्ष सर्वसुलभ उपभोक्ता सहकारीलाई सहकारी पसलको मान्यतासहित पँुजीगत अनुदानबाट पुरस्कृत गरिएको बताउनुभयो ।
उहाँले उपभोक्ता सहकारी संस्थाले दैनिक जीवनसँग सम्बन्धित वस्तुहरूको सेवा प्रदान गरिने भएकोले सरकारी निकायबाट उपभोक्ता सहकारी संस्थालाई सहयोग पु¥याउनुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रिय उपभोक्ता मञ्च, नेपालका केन्द्रीय समितिका अध्यक्ष प्रेमलाल महर्जनले उपभोक्तालाई सुविधा दिनुपर्ने विषयमा उपभोक्ता मञ्चले गर्नुपर्ने काम भक्तपुरमा सहकारीमार्फत भइरहेकोमा खुसी व्यक्त गर्नुभयो । सदस्यहरूको वृद्धि विकासमा पनि ध्यान दिनुपर्ने कुरामा जोड दिँदै उहाँले आर्थिक विकासका साथै सामाजिक विकासमा ध्यान दिनुपर्ने बताउनुभयो ।
मजदुर दैनिकका कार्यकारी सम्पादक नीरज लवजूले पत्रिकामार्फत जनतालाई तीन सय पैसठी दिन नै राष्ट्रिय अन्तर्राष्ट्रिय यथार्थ परिस्थितिबारे जानकारी गराउँदै आएको बताउनुभयो । उहाँले विकास निर्माणमा सरकारले ध्यान दिन नसकेको दृष्टान्त दिँदैै वर्षौँ वर्ष पनि नगरकोट सडक सुधार हुन नसकेको बताउनुभयो ।
संस्थाका संस्थापक अध्यक्ष एवं सल्लाहकार कृष्णगोविन्द लाखाजू र सल्लाहकार कृष्णभक्त लवजूले सहकारी मूल्य मान्यताअनुसार उपभोक्ताहरूको हितमा काम गर्नुपर्नेमा जोड दिनुभयो ।
संस्थाका अध्यक्ष लक्ष्मीप्रसाद लाखाको सभापतित्वमा सम्पन्न भएको उक्त सभामा सचिव नारायणमान बनमालाले प्रगति प्रतिवेदन, कोषाध्यक्ष शिवराम साँदले आ.व.२०७५÷७६ को आर्थिक विवरण र आ.व.२०७६÷७७ को अनुमानित बजेट तथा लेखा सुपरिवेक्षण समितिका संयोजक मिजरत्न शाक्यले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा बद्रीप्रसाद माक र विष्णुप्रसाद दुमरुले पनि बोल्नुभएको थियो ।
सहकारी मूल्य मान्यताअनुसार सदस्यहरूलाई कारोबारको आधारमा संरक्षित पँुजी फिर्ताकोषको रकम वितरण गरी उपभोक्ता पसल सञ्चालन गरिएकोले गत वर्ष पँुजीगत अनुदानसहित नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट राष्ट्रिय सहकारी महासङ्घ नेपालबाट नमुना सहकारी पसल घोषणा गरिएको थियो ।
शुभदीप साकोसको पुँजी तथा दायित्व रु. १ करोड ९० लाख
भक्तपुर, २४ कार्तिक । शुभदीप बचत तथा ऋण सहकारी संस्था लि.को बा¥हौँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भयो ।
वागीश्वरी माविका प्रधानाध्यापक कृष्णप्रसाद धन्छाले कार्यक्रम उद्घाटन गर्दै सभ्य र सुसंस्कृत सहकारीको निर्माण गर्न योग्य, इमानदार र लगनशील टीमवर्कको आवश्यकता छ भन्नुभयो ।
उहाँले भन्नुभयो, “घरपरिवारबाटै आफ्ना छोराछोरीहरू कुलतबाट जोगाउनु आवश्यक छ ।”
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घका कोषाध्यक्ष कान्छाभक्त घजूले सहकारीलाई सरकारले विभिन्न खालका ऐन–कानुनको निर्माण गरी कुण्ठित बनाउन खोजेको धारणा राख्नुभयो ।
भनपा वडा नं. ९ का महिला सदस्य छोरीमैया सुजखु (प्रजापति) ले नगरपालिकाले गरिआएको शिक्षा र स्वास्थ्यका बारेमा बताउनुभयो ।
संस्थाका अध्यक्ष श्यामकृष्ण प्रजापतिको सभापतित्वमा भएको उक्त कार्यक्रमबाट आ.व. २०७५/७६ को सञ्चालक समितिको प्रतिवेदन, कोषाध्यक्षको प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन, आ.व.०७६÷७७ का लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक र संस्थाको विधान संशोधनलगायतका प्रस्ताव पारित गरिएको थियो ।
कार्यक्रममा उपाध्यक्ष राजकुमार प्रजापति, सचिव विजयप्रसाद प्रजापति, कोषाध्यक्ष ज्ञानेन्द्रप्रसाद मगजु, सदस्य श्रृजना प्रजापति, लेखा सुपरीवेक्षण समितिका संयोजक रामेश्वर खाइतुलगायतले बोल्नुभएको थियो ।
संस्थाको आ.व. २०७५/७६ सम्ममा १ करोड ९० लाख ७२ हजार पुँजी तथा दायित्व रहेको छ ।
छोलेश्वर कृषि सहकारीको पाँचाँै साधारणसभा
भक्तपुर, २४ कार्तिक । छोलेश्वर महादेव कृषि सहकारी संस्था लि. को पाँचौँ वार्षिक साधारणसभा शनिबार साकोसका अध्यक्ष रामप्रसाद धुसुको सभापतित्वमा सम्पन्न भयो ।
कार्यक्रमको उद्घाटन बासु माविका प्राचार्य अम्बिका न्याईच्याईले गर्नुभयो ।
कार्यक्रममा अतिथि न्याईच्याई, बुद्धिजीवी विश्वमोहन जोशी, विष्णुभक्त राजचलको साथै ख्वप साकोस शुभकार्य कृषि साकोसका प्रतिनिधिहरूले आ–आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।
दोस्रो चरणको बन्दसत्रमा सचिव श्याम बासुकलाले संस्थाको प्रगति प्रतिवेदन, कोषाध्यक्ष पुण्यराम बासुकलाले वार्षिक आयव्ययको विवरण, स्वास्थ्य उपसमितिका संयोजक तुल्सीराम सुवालले स्वास्थ्य प्रतिवेदन र उपाध्यक्ष कृष्णकुमार राजचलले अनुदानको कृषि उपकरण र रासायनिक मल वितरण सहजता गर्ने विषयमा आ–आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।
Leave a Reply