ख्वप अस्पताललाई आधुनिक र सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्ने प्रयास गर्दै छौँ
- जेष्ठ ११, २०८३
बनेपा, २४ कार्तिक । बनेपामा फोहोर फाल्ने विषयलाई लिएर सुरु भएको विवाद बढ्दै गएको छ ।
विवाद बढ्दै जाँदा वडा अध्यक्ष शेरबहादुर सुवाल र स्थानीय सन्तोष गौतमसहित १० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएपछि स्थानीयहरू थप आक्रोशित बनेका छन् । आक्रोशित स्थानीयहरूले हजारौँको सङ्ख्यामा जुलुससहित बनेपामा प्रदर्शन गरेका छन् ।
नगरपालिकाको निर्णयको विरोध गर्ने क्रममा पक्राउ परेका स्थानीय डम्बर लामालाई तत्काल रिहा गर्न र बनेपा नगरपालिका वडा न ९ का अध्यक्ष शेरबहादुर सुवाल, सन्तोष गौतमसहित १० जनाविरुद्ध जारी गरिएकोे पक्राउ पुर्जी तत्काल खारेज गर्न प्रदर्शनका सहभागीहरूले माग गरेका छन् ।
नगरपालिकाले नगरभित्रको फोहोर स्थानीय ठकुरी गाउँमा फाल्ने निर्णय गरेपछि उक्त क्षेत्रका स्थानीयहरू आन्दोलित हुँदै आएका छन् ।
नगरभित्रको स्थानीय ठकुरी गाउँमा २०५४ सालमा कृषि अनुसन्धान प्रयोजनका लागि भन्दै नगरपालिकाले स्थानीयहरूको जग्गा मुआब्जा दिएर अधिग्रहण गरेको थियो ।
उक्त प्रयोजनका लागि आफूहरूले सस्तोमा दिएको जग्गामा हाल नगरपालिकाका प्रमुखले जबरजस्ती फोहोर फाल्ने निर्णय गरेर स्थानीयहरूमाथि अन्याय गरेको स्थानीयहरूले आरोप लगाएका छन ।
उक्त जग्गा बस्तीको नजिकै रहेको र फोहोर फाल्न कुनै पनि दृष्टिकोणले उपयुक्त नभएको स्थानीयहरूको दाबी छ । कृषि बीउबिजन उत्पादन गर्ने अनुसन्धानशाला बनाउन भनेर स्थानीयहरूसँग लिएको जग्गामा जबरजस्ती फोहोर फाल्ने निर्णय गरेर बनेपाका मेयर लक्ष्मी नरसिंह बादेले बदमासी गरेको स्थानीयहरूले आरोप लगाएका छन् । उक्त क्षेत्रमा कुनै पनि हालतमा फोहोर फाल्न नदिने उनीहरूले बताएका छन् ।
नगरपालिकाको निर्णयप्रति स्थानीयले विरोध गरेपछि उक्त निर्णय कार्यान्वयन गर्न नगरपालिकाले प्रहरी परिचालन गर्दा केही दिनअघि मात्रै उक्त क्षेत्रमा प्रहरी र स्थानीयहरूबीच झडप भएको थियो ।
Leave a Reply