भर्खरै :

सीमा अतिक्रमणविरुद्ध विद्यार्थीको विरोध ¥याली

भक्तपुर, २७ कार्तिक । ‘लिम्पियाधुरा, कालापानी, लिपुलेक हाम्रै हो’ भन्ने मुख्य नाराका साथ भारतद्वारा नेपाली भूमि अतिक्रमण र हस्तक्षेपविरुद्ध प्रभात इङ्गलिश सेकेण्डरी स्कूलले विरोध ¥यालीको आयोजना ग¥यो ।
भारतले सार्वजनिक गरेको नयाँ नक्सामा नेपालको तीन महत्वपूर्ण भू–भाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समावेश गरी नेपाली भूमि अतिक्रमण ग¥यो ।
भारतले गरेको यस्तो दुष्प्रयासविरुद्ध नेपाल सरकारलाई दबाब दिनका निम्ति प्रभात इङ्गलिश सेकेण्डरी स्कूललेकक्षा ५ देखि कक्षा १० सम्मका करिब चार सय जना विद्यार्थीहरूसहित विरोध ¥याली आयोजना ग¥यो । ¥यालीमा विद्यालय व्यवस्थापन समिति, विद्यालय प्रशासन र शिक्षक –शिक्षिकाहरूको सक्रिय सहभागिताका रहेको थियो । उक्त ¥याली विद्यालय प्राङ्गण बाट सुरु गरी ब्यासी–चोछेँ–तुछिमला–थालाछेँ–क्वाठण्डौ–कमलविनायक–सूर्यमढी–दत्तात्रय–सुकुलढोका–टौमढी–नासमना–तेखाचो–भावाचो–खौमा हँुदै दरबार स्क्वायरमा विरोध सभामा परिणत भएको थियो । सो कार्यक्रममा भारतीय हस्तक्षेप र अतिक्रमणबारे विद्यालय व्यवस्थापन समितिका मानार्थ सदस्य गोविन्द दुवाल, विद्यालयका प्राचार्य के.वी.प्रजापतिले, सह– प्राचार्य बदनकेशरी प्रजापति र शिक्षक राजेन्द्र खड्काले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *