हो चि मिन्हको “जेल डायरी”
- जेष्ठ १२, २०८३
सिद्धान्ततः वकिल अर्थात् अधिवक्ताहरूको काम बोल्न नसक्ने वा नजानेका मानिसहरूको भनाइ न्यायाधीशसमक्ष बुझिने भाषामा राखिदिएर न्यायाधीशलाई न्याय निरुपणमा सहयोग पु¥याउनु हो । त्यसैले वकिल वा बारलाई न्यायाधीश वा बेञ्चको सहयोगी भनिन्छ । त्यसैले वकिलहरूलाई विद्वान अधिवक्ता र वरिष्ठ अधिवक्ताको पदवीसहित सम्मान दिइएको हुन्छ । तर, जब वकिल पेशा पेशाभन्दा व्यवसाय बढी हुनथाल्यो वकिलहरू न्यायाधीश वा बेञ्चको सहयोगी कम बरु न्यायाधीश र वकिललाई कानुनी भुलभुलैयामा लैजाने जाली बढी देखिन थाले । कानुन व्यवसायीहरूले बोल्न नसक्ने र नजान्नेको आवाज राखिदिने प्रचलन हराउँदै बढीभन्दा बढी सेवा शुल्क टक्र्याउनसक्ने धनाढ्यको बोली राख्ने र जसरी पनि मुद्दा जिताउने ठेकेदारको रुपमा बढी देखिन थाले । वकिल वा कानुन व्यवसायीहरूलाई अरू सबैलाई भन्दा एउटा सुविधा छ, उनीहरूले जस्तै जघन्य अपराधीहरूको पक्षबाट पनि बहस–पैरवी गर्न पाउँछन् । कुनै सामाजिक नैतिकताले कानुन व्यवसायीहरूको उक्त पेशागत अधिकारलाई कुण्ठित गर्दैन । तर, त्यसो भन्दैमा कानुन व्यवसायीहरू सामाजिक नैतिकताभन्दा माथि हुन्छन् भन्ने होइन । नेपालमा कानुन व्यवसायी परिषद्ले जारी गरिरहेको कानुन व्यवसायीको आचारसंहिता २०५१ लागू रहेको अवस्था छ । कानुन व्यवसायीले पनि सकेसम्म सबै सामाजिक नैतिकताका साथै कानुन व्यवसायीको पेशागत आचारसंहिता पालना गर्नैपर्छ । कानुन व्यवसायीहरूलाई आचारसंहिता पालना गर्न र गराउन नेपाल कानुन व्यवसायी परिषद् र नेपाल बार एशोसियसनजस्ता संस्था पनि छन् ।
कानुन व्यवसायीको आचारसंहिताले कानुन व्यवसायीहरूलाई जस्तै जघन्य अपराधीहरूको पक्षमा मुद्दा लड्न पनि नरोकेको हुनाले व्यवसायिकताको नाममा अधिवक्तामात्र होइन वरिष्ठ अधिवक्ता नै लागेर जघन्य अपराधीहरूलाई निर्दोष सावित गर्न लागेको समाजले हेर्न परिरहेको अवस्था छ । यस्तो स्थितिमा ती कानुन व्यवसायीहरूको आर्थिक लाभ त ठूलै भएको होला तर उनीहरूको सामाजिक प्रतिष्ठामा भने नराम्ररी गिरावट आएको अनुभव सर्वत्र गरिँदै छ । कानुनको क्षेत्रमा एउटा सिद्धान्त छ– ‘डक्ट्रिन अफ एप्रोवेट एन्ड रिप्रोवेट ।’ अर्थात् एउटै मुद्दामा एकजनालाई दोषी भन्ने र फेरि त्यही व्यक्तिलाई त्यही मुद्दामा निर्दोष भन्ने । यसरी दोहोरो फाइदा लिनेहरूलाई परिभाषित गर्न यो ‘डक्ट्रिन’ बनेको हो । कानुन व्यवसायीको आचारसंहिता २०५१ मा पनि ‘एकै मुद्दामा पक्ष र विपक्ष दुबैका तर्फबाट स्वयम् मस्यौदा गर्न वा बहसमा प्रतिनिधित्व गर्न हुँदैन तथा आफूसँग काम गर्ने कानुन व्यवसायी वा लेखनदास वा अन्य व्यक्तिद्वारा जानी–जानी मस्यौदा वा बहस वा पैरवी गर्न गराउन हँुदैन ।’ भन्ने प्रावधान छ । कुनै कानुन व्यवसायी समाजका एक प्रतिष्ठित व्यक्ति भएकोले उसले अदालतमा पेश गरेको मस्यौदा र बहसलाई मात्र होइन सार्वजनिकरूपमा व्यक्त गरेको मन्तव्य र लिखित वक्तव्यलाई पनि बहससरह मानिन्छ । कानुनको अभावमा कतिपय मुद्दामा फैसलाको आधार नै विद्वानहरूको राय–सुझावलाई मानिन्छ । कुनै कानुन व्यवसायी आफूले पहिले सार्वजनिक गरेको धारणा बिर्सेर ‘सामाजिक प्रतिष्ठाको कुरा छाड्नोस्, व्यवसायको कुरा गर्नुस्’ भन्ने कुरा गर्छन् भने उनलाई कुनै संस्थाको पूर्वपदाधिकारीको हैसियतमा सम्मान दिइराख्न पनि आवश्यक देखिंदैन । कानुन व्यवसायी स्वयम्ले सामाजिक भावना र नैतिकताभन्दा व्यवसाय र सेवा शुल्कलाई बढी प्राथमिकता दिएपछि सामाजिक प्रतिष्ठामा ¥हास हुनुलाई अन्यथा मान्न सकिन्न ।
Leave a Reply