भर्खरै :

बोलिभियाली सिनेटकी नेतृमाथि साङ्घातिक आक्रमण

ला पाज, १४ नोभेम्बर (टेलिसुर) । लापाजलगायत बोलिभियाका सडकमा हजारौं जनताले दक्षिणपन्थी सैनिक विद्रोहको विरोधमा प्रदर्शन जारी राख्दा बोलिभियाली माथिल्लो सदन सिनेटकी वैधानिक अध्यक्ष अद्रियाना साल्भाटेइरामाथि सङ्घातिक आक्रमण गरिएको छ ।
सेना र प्रहरी प्रमुखहरूको दबाबमा निर्वाचित राष्ट्रपति ते मोरालेस र उपराष्ट्रपति अल्भारो लिनेरा गार्सियालाई राजीनामा गराएपछि सिनेट अध्यक्षमाथि पनि राजीनामा गर्न दबाब दिइएको थियो । साल्भष्टिइतले राजीनामा गर्न अस्वीकार गरेपछि बोलिभियाली प्रहरीका सदस्य र दक्षिणपन्थीहरूले उहाँमाथि साङ्घातिक आक्रमण गरेको बताईएको छ । तर, संसदका कर्मचारीहरुले बचाउ गरेकोले उहाँ सामान्य घाइते मात्र हुनुभएको बताइएको छ ।
आक्रमण हुनुभन्दा अगाडि भएको पत्रकार सम्मेलनमा साल्भाटेइराले आफू वैधानिक रूपमा संसद आह्वान गर्न तयार रहेको र कानुनअनुसार त्यस बहुराष्ट्रिय राज्यको राष्ट्रपतित्व ग्रहण गर्ने बताउनुभएको थियो ।
“संसद भवनमै भएको आक्रमणपछि हामीले हाम्रो संसदीय जिम्मेवारी पूरा गर्ने अवस्थाको सुनिश्चितता हामीले देखिरहेका छैनौं ।” लापाजस्थित व्यवस्थापिका कार्यालयबाटै उहाँले भन्नुभयो । उहाँले निवर्तमान राष्ट्रपति ते मोरालेसले हिंसा र द्वन्द्व सम्भव भएसम्म रोक्ने स्पष्ट निर्देशन स्मरण गर्नुभयो र समर्थकहरू र समाजवादी आन्दोलन पार्टीका कार्यकर्ताहरूलाई संयम राख्न आह्वान गर्नुभयो ।
उहाँले सुरक्षा बलबाटै भएको हिंसात्मक आक्रमणप्रति खेद व्यक्त गर्नुभयो र राष्ट्रपति मोरालेसको राजीनामापछि देशव्यापी रूपमा सर्वसाधारण जनतामाथि सुरक्षा फौज र दक्षिणपन्थी दस्ताहरूबाट भइरहेको आक्रमण र हिंसाको भत्र्सना गर्नुभयो ।
त्यसअघि नै सिनेटकी द्वितीय उपाध्यक्ष एवं विपक्षी दलकी नेतृ जियानिन एनेजले आफैले आफैलाई राष्ट्रपति घोषित गरिसकेकी छिन् । तर, तिनले गरेको घोषणा संविधान र ऐनको आवश्यकता अनुरूप नभएकोले वैधारिकता मिलेको छैन । संसदको दुवै सदनमा समाजवादी आन्दोलन पार्टी (MAS) को बहुमत छ र सुरक्षाको कमीका कारण संसदका सदस्यहरू सदनमा पुग्न सकिरहेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *