भर्खरै :

पञ्चकन्या माविमा वादविवाद कार्यक्रम

भक्तपुर, २८ कार्तिक । पञ्चकन्या माध्यमिक विद्यालयको आयोजनामा बिहीबार वादविवाद कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा संयुक्त परीक्षा समितिका अध्यक्ष अम्बिका न्याइच्याईले विद्यार्थीहरूले भाग्यमा भन्दा पनि परिश्रममा विश्वास गर्नुपर्छ, उद्देश्य के लिनु चन्द्र छुनु एक भनेजस्तै विद्यार्थीहरूले श्रमलाई माया गर्न सिक्नुपर्छ भन्नुभयो ।
त्यस्तै चाँगुनारायण उमाविका प्रअ दधिराम गेलालले संसारको सबैभन्दा ठूलो शक्ति कलम हो, अब संयुक्त परीक्षा समितिले गरेको यो काम चाँगुनारायण नगरपालिकाले पनि लागू गर्ने बताउनुभयो । कार्यक्रममा शारदा माविका प्रअ रोशनराज तुइतुइँ, के.पी. छुस्याकी, लक्ष्मीनारायण दुलालले पनि बोल्नुभएको थियो ।
छात्र र छात्रा गरी दुई समूहको सो वादविवाद प्रतियोगितामा छात्रातर्फ शारदा माविका विवश ढकालले प्रथम स्थान हासिल गर्नुभयो र छात्रातर्फ श्वेता दुलाल पञ्चकन्या माविले प्रथम स्थान हासिल गर्नुभयो ।
विद्यालयका प्रअ सन्तराम दुलालको सभापतित्वमा भएको कार्यक्रममा विद्यालयका शिक्षिका सुनिता कार्की र सुशीला दुलालले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *