तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर, २८ कार्तिक । रुसी समाजवादी अक्टोबर क्रान्ति दिवस बिहीबार डकर्मीहरूबीच प्रवचन कार्यक्रम गरी मनाइयो ।
नेपाल क्रान्तिकारी डकर्मी सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा भएको उक्त कार्यक्रममा नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य एवम् नेपाल क्रान्तिकारी मजदुर सङ्घका केन्द्रीय अध्यक्ष राजेन्द्र चवालले रुसी अक्टोबर क्रान्तिबारे चर्चा गर्दै समाजवादी क्रान्तिपछि सोभियत सङ्घमा आमूल परिवर्तन भएको बताउनुभयो ।
विश्व सर्वहारा वर्गका नेता लेनिनको नेतृत्वमा भएको अक्टोबर क्रान्ति सशस्त्र क्रान्ति भएको उल्लेख गर्दै उहाँले अक्टोबर क्रान्तिपछि सोभियत सङ्घ विश्वको महाशक्ति बन्न सफल भएको र पुँजीवादले दुई–तीन सय वर्षमा गरेको विकास सोभियत सङ्घले ३०–४० वर्ष भित्र गरेको बताउनुभयो ।
मजदुर दैनिकका सम्पादक एवम् भक्तपुर प्रदेश नं. १ (क) का उम्मेदवार नीरज लवजूले नेमकिपाले कहिल्यै झूटो आश्वासन दिएर भोट नमागेको बताउनुभयो । नेमकिपाले सधैँ जनताको मन जितेरमात्र भोट मागेको उहाँको कथन थियो । नेक्रामसङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष उपेन्द्र सुवालले मंसिर १४ गते हुने उपनिर्वाचनमा नेमकिपाका उम्मेदवारलाई जिताउन आवश्यक सहयोग गर्न आग्रह गर्नुभयो । आयोजक समितिका अध्यक्ष विष्णुराम दुमरुको सभापतित्वमा भएको कार्यक्रममा रमेश दुमरुले पनि बोल्नुभएको थियो ।
Leave a Reply