तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
काठमाडौँ, २९ कार्तिक । नेमकिपा काठमाडौँको आयोजनामा साँख (सङ्खरापुर नगर) मा सीमा अतिक्रमणविरूद्ध शुक्रबार ¥याली र सभा गरी विरोध गरियो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् प्रदेश नं. ३ का सभासद् सुरेन्द्रराज गोसाईंले नेपाली जनता रहेसम्म सरकारले आत्मसमर्पण गरे पनि देश बचाउन लडिरहने बताउनुभयो ।
“नेका–एमाले मिलेर महाकाली सन्धि गरी देशघात गरेको चर्चा गर्दै देशमा लेण्डुप दोर्जे बन्ने नेताहरूविरूद्ध रगतको एक थोपा बाँकी भएसम्म देशको सार्वभौमिकता रक्षाको लागि नेपाली जनता सङ्घर्षरत रहने छन्”, केन्द्रीय सदस्य गोसाईले भन्नुभयो ।
नेपालको विकास नहुनुमा भारतीय विस्तारवाद प्रमुख रहेको धारणा राख्दै उहाँले भारतीय विस्तारवादविरूद्ध लड्न हिमाल–पहाड–तराईका नेपाली जनतालाई सचेत पार्नु आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा साँखुका वरिष्ठ इन्जिनियर, बुद्धिजीवी एवम् समाजसेवी राजदास श्रेष्ठले नेपाली भूमि कालापानी, लिम्पयाधुरा, लिपुलेक भारतले आँनो नक्सामा गाभी नेपालको सार्वभौमिकतामाथि ठाडो हस्तक्षेप गरेको बताउनुभयो ।
शासक पार्टीहरूले भारतको दलाली गरेको कारण नै नेपाल सरकारले भारतीय हस्तक्षेपविरूद्ध बोल्न नसकेको उहाँले स्पष्ट गर्नुभयो ।
कार्यक्रमका सभापति एवम् नेमकिपा काठमाडौँका अध्यक्ष नारायण महर्जनले नेकपाको सरकारले जनताको हितमा काम गर्ने छैनन् भन्नुभयो ।
कार्यक्रममा राजवीर डंगोल र सरला थिङ्गले पनि बोल्नुभएको थियो ।
Leave a Reply