तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर २९, कार्तिक । कार्यकर्ताहरूमा सैद्धान्तिक र व्यवहारिक ज्ञान चाहिन्छ । उनीहरू राजनीतिकरूपले सचेत, सङ्गठित, अनुशासित र हरेक क्षेत्रमा पोख्त हुनुपर्छ ।
उक्त विचार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले नेपाल क्रान्तिकारी मजदुर सङ्घ जिल्ला समिति भक्तपुरद्वारा शुक्रबार आयोजित पेशाकर्मी मजदुरहरूको भेलामा व्यक्त गर्नुभएको हो ।
रुसी अक्टोबर क्रान्तिको स्मरणमा आयोजित उक्त कार्यक्रममा अध्यक्ष रोहितले समय र परिस्थिति बुझेर काम गर्न नसक्दा ठूलो नोक्सान हुने हुँदा सचेत र सजग हुनुपर्नेमा जोड दिनुभयो ।
पुँजीवादी व्यवस्थामा भ्रष्टाचार, अनियमितता, भागबन्डामात्र होइन अनेकौँ विकृतिहरू हुने उल्लेख गर्दै उहाँले पुँजीपति वर्गको सरकारले व्यापक कामदार जनताको हित गर्दैन भन्नुभयो ।
जनतासँग सेना नहँुदा राज्यसत्ता आफ्नो बनाउन नसकिने बोलिभियामा घटेको घटनाले प्रस्ट पारेको विचार राख्दै अध्यक्ष रोहितले भन्नुभयो, “हामीले जनताको विश्वास जित्नुपर्छ, पद, पैसा, ठेक्काको प्रलोभन बाँडेर मत लिने कार्यको जनताबीच उदाङ्ग्याउनुपर्छ ।
नेक्रामसङ्घका केन्द्रीय अध्यक्ष राजेन्द्र चवालले रुसमा मजदुर वर्गको सहयोगबाट समाजवादी क्रान्ति सफल पारेर आमूल गरिएको स्पष्ट पार्नुभयो ।
विश्व सर्वहारा वर्गका नेता कार्लमाक्र्सले प्रतिपादन गर्नुभएको सिद्धान्तलाई रुसको भूमिमा प्रयोग गरी समाजवादी क्रान्ति सफल पारेको उहाँले बताउनुभयो ।
आयोजक समितिका अध्यक्ष उपेन्द्र सुवालले हुन लागेको उपनिर्वाचनमा पुँजीवादी पार्टीले साम, दाम, दण्ड र भेदको नीति अपनाएर मत लिनेतर्फ मतदाता सचेत हुनुपर्ने औँल्याउँदै पार्टीको सिद्धान्त र विचार बुझाएर मत लिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेक्रामसङ्घ नगर समितिका अध्यक्ष गणेशप्रसाद सुवाल र रमेश दुमरुले लेनिनको अगुवाइमा रुसमा पुँजीवादी व्यवस्था अन्त्य गरी समाजवादी राज्यसत्ता स्थापना गरेको चर्चा गर्नुभयो ।
Leave a Reply