भर्खरै :

अतिक्रमित नेपाली भूमि फिर्ता गराउन बृहत् विद्यार्थी ¥याली

भक्तपुर, १ मंसिर । संस्थागत विद्यालय सङ्घ (इसान) ले भारतले नेपाली भूमि मिचेको विरोधमा आइतबार बृहत् विरोध ¥याली ग¥यो ।
इसान आबद्ध विद्यालयका हजारौँ विद्यार्थीहरू सहभागी भएको ¥याली नगर परिक्रमापछि टौमढीमा समापन भएको थियो ।
सभामा नेमकिपाका केन्द्रीय सदस्य एवम् प्रदेश नं. ३ का सभासद् सुरेन्द्रराज गोसाइँले नेपालको अखण्ड भूमि अतिक्रमणविरूद्ध विद्यार्थीहरू एकजुट हुनुपर्ने आवश्यकता औँल्याउँदै प्राणभन्दा प्यारो मातृभूमि जोगाउन सङ्घर्षबाहेक अर्को विकल्प नभएको बताउनुभयो ।
नेपाललाई अर्को प्रान्त बनाउने भारतीय शासक वर्गको षड्यन्त्रप्रति आम जनता सचेत हुनुपर्ने बेला आएको चर्चा गर्दै उहाँले हाम्रा पुर्खाले नालापानी र सुस्ताको रक्षा गर्न लडेझैँ कालापानी क्षेत्र सुरक्षित गर्न पनि लड्नुपर्छ भन्नुभयो ।
नेपाली भूमि सुरक्षा गर्न नसक्ने सरकारले नैतिकताको आधारमा राजीनामा दिनुपर्नेमा जोड दिँदै सीमा सुरक्षा गर्न नेपाली सेना सीमामा पठाउनुपर्छ भन्नुभयो ।
इसानका केन्द्रीय अध्यक्ष प्रेमजन थापाले नेपाली भूमि मिच्ने अहङ्कारी भारतको विरोध गर्नु राष्ट्रप्रति माया राख्ने प्रत्येक नागरिकको जिम्मेवारी रहेको बताउनुभयो ।
अतिक्रमित नेपाली भूमिबारे जनतालाई सचेत र सफ्ठित पार्ने उद्देश्यले विद्यार्थी ¥याली गरेको उल्लेख गर्दै उहाँले भूमि अतिक्रमणविरूद्ध नबोल्ने देशभक्त नेपाली नहुने बताउनुभयो ।
राष्ट्रको रक्षाको लागि विद्यार्थीहरूको सक्रिय समर्थन र सहभागिताको आवश्यकताबारे उल्लेख गर्दै उहाँले राष्ट्रियता र देशभक्तिको भावना जगाउन ¥यालीको आयोजना गरेको विचार व्यक्त गर्नुभयो ।
आउँदो उपनिर्वाचनमा देशभक्त र इमानदार उम्मेदवारलाई जिताउन मतदाताले मतदान गर्नुपर्ने विचार पनि उहाँले व्यक्त गर्नुभयो ।
¥याली सुरू हुनुअघि दत्तात्रयमा इसानका महासचिव पुरूषोत्तम ग्वाछाले मिचेको नेपाली भूमि पचाउन भारतले नयाँ नक्सा बनाएको हो भन्नुभयो ।
सरकारले नेपाली भूमिमा रहेका भारतीय सेना फर्काउन पहल गर्नुपर्ने आवश्यकतामा जोड दिँदै भूमि सुरक्षामा सरकारले दायित्व भुलेको बताउनुभयो ।
इसानका कोषाध्यक्ष उकेश कवांले नेपाली जन्मभूमिको रक्षा गरेन भने नेपाली हुनुको औचित्य नहुने उल्लेख गर्दै भूमि फिर्ता लिन देशका विभिन्न स्थानमा देशभक्तिपूर्ण आन्दोलन भइरहेको बताउनुभयो ।
सीमा विवाद अन्त गर्न र अतिक्रमित भूमि फिर्ता लिन अन्तर्राष्ट्रियकरण गर्नुपर्ने विचार पनि उहाँले व्यक्त गर्नुभयो ।
नेक्राविसङ्घका केन्द्रीय अध्यक्ष सविन ख्याजूले भारतले नेपाली भूमिमात्र होइन अन्य छिमेकी देशको भूमिमा पनि हस्तक्षेप गरिरहेको बताउनुभयो ।
विगतका सरकारहरूले नेपालको भूमिमात्र होइन जलस्रोत भारतको हातमा सुम्पेर देशघाती काम गरिरहेको बताउनुभयो ।
दत्तात्रयबाट सुरू भएको विद्यार्थीहरूको सो जुलुस बजार परिक्रमापछि टौमढीमा पुगी समापन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *