सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ४
- असार १५, २०८३
सूचना मानिसका लागि पानी, खाना, औषधि अथवा बास जति नै जरुरी कुरा हो । सूचनाले गर्दा मानिसको ज्यान, गरिखाने मेलो र सम्पत्ति जोगिन सक्छ । सूचना विपत्तिसँग जुध्ने एकमात्र त्यस्तो उपाय हो जसलाई अधिकांश मानिसले उपयोग गर्नसक्छन् । सूचना सही भयो भने मानिसलाई के कुरा चाहिएको छ र ती कुरा कसरी पु¥याउने भन्ने थाहा हुन्छ । गलत सूचनाका आधारमा गरिएका मानवतावादी सहायता गलत र खतरनाक हुनसक्छन् । (विश्वव्यापी विपत्ति प्रतिवेदन २००५ ः विपत्तिका बेलामा सूचनामा जोड नामक इन्टरन्युजद्वारा प्रकाशित ह्युमेनिटेरियन रिपोर्टिङ इन पाकिस्तान ः जर्नलिस्ट्स ह्यान्डबुकको नेपालीकरण ।)
पत्रकारले विपद्का बेलामा स्रोत व्यवस्थापक, सार्वजनिक सुरक्षा अधिकारी, जनताको तर्फबाट पैरवीकर्ता, मनोसामाजिक परामर्शदाता र नीति निर्माणमा उत्प्रेरकको भूमिका निर्वाह गर्छ । (भेल ः २०१२) ।
विपद् पत्रकारिताको अभ्यास किन गरिनुपर्छ ?
विपद् पत्रकारिताको अभ्यास किन गरिनुपर्छ भन्ने विषयमा संयुक्त राष्ट्र सङ्घको ‘डिजास्टर थ्रुअ डिफेन्ट लेन्स’ (म्ष्बकतभच तजचयगनज ब मषाभचभलत भिलक) नामको विपद् पत्रकारलाई लक्षित गरी तयार गरिएको हातेकिताबले केही सल्लाह दिएको छ । तिनीहरू देहायबमोजिम छन् ः
१. प्राकृतिक प्रकोपहरू बढ्दो छन् । यसले मानव तथा चराचर जगतलाई पार्ने असर अझै बढ्दै गइरहेको छ ।
२. विपद् मानवीय सवालमात्र नभएर राजनीतिक सवालको रूपमा विकास हुँदै छ । यसो भएपछि राजनीतिलाई मात्र मुख्य समाचार मान्नेहरू पनि यसतर्फ स्वतः आकर्षित हुन्छन् ।
३. विपद् जोखिम व्यवस्थापन एक आर्थिक सवाल पनि हो ।
४. विपद् जोखिम व्यवस्थापन मानव अधिकारको सवाल हो ।
५. विपद् जोखिम व्यवस्थापन वातावरणीय सवाल हो ।
६. विपद् जोखिम व्यवस्थापन सांस्कृतिक सवाल हो ।
७. विपद् जोखिम व्यवस्थापन लैफ्कि सवाल हो ।
८. विपद् जोखिम व्यवस्थापनको सवालमा गहन र खोजमूलक पत्रकारिताको अभ्यास गर्न सक्ने प्रचुर सम्भावना छ ।
९. विपद्को समाचार भन्नेबित्तिकै सोको समाचार लेख्न विपद् भइहाल्नु पर्दैन । विपद् जोखिम व्यवस्थापनका विभिन्न चरण, जस्तो – पूर्वतयारी अवस्था, विपद्को अवस्था, विपद्पछिको अवस्था जस्ता जुनै बेला पनि विपद् जोखिम व्यवस्थापनका समाचार लेख्न सकिन्छ ।
१०. विपद् जोखिम व्यवस्थापन दैनिक कार्य हो ।
सञ्चारमाध्यम साधनमात्र हो साध्य हैन
माथि उल्लेख गरिएझँै जसरी वास्तविक सूचनाले विपत्तिबाट बचाउँछ त्यसैगरी सही सूचना प्रवाह गर्नसकेमा सञ्चारमाध्यमले विपद्मा परेका मानिसको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्छ भने सकारात्मक सञ्चार गर्न सकेन वा गलत सूचना प्रवाह गर्न पुग्यो भने धेरै धन÷जनको क्षति हुनसक्छ । गलत समाचारले विनाकारण भागदौड मच्चिएर दुर्घटना हुनसक्छ ।
विपद्मा सञ्चारमाध्यमले सकारात्मक भूमिका खेल्न सक्छ
– सञ्चारमाध्यमले तत्काल र जरुरी सूचनाहरू प्रदान गरेर विपद्का बारेमा सचेत गराउने, विपद्का बारेमा आम जनतामाझ एकै बुझाइ निर्माण गर्ने र सरकारी निकायलाई विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनका लागि आवश्यक नीतिगत निर्णय लिनका लागि दबाब दिने, ध्यानाकर्षण गराउने ।
– विपद् आइपरेमा सञ्चारमाध्यमले विपद्बारे सत्य तथ्य प्रकाशन वा प्रसारण गरी सहायता गर्ने निकायहरूको ध्यान आकषर्ण गर्नुका साथै मानवीय सहायता प्रदान गर्न र प्राथमिकीकरण गर्नमा सहयोग गर्नसक्छन् ।
– विपद् भएको अवस्थामा सञ्चारमाध्यमले सो समयमा लिनुपर्ने सुरक्षाका उपाय, विपद्ले पारेको अप्ठेरो, अत्यावश्यक सेवामा परेको असर तथा सार्वजनिक सुरक्षाबारे सूचना प्रसारण गरी सहयोग गर्छन् ।
– टेलिफोन तथा मोबाइलको नेटवर्क नभएको अवस्थामा समेत सञ्चारमाध्यमले प्रभावित समुदायलाई अत्यावश्यकीय सूचना प्रदान गर्छन् । साथै बाहिरी संसारमा सो घटनाबारे जानकारी गराई सहायताका लागि आवश्यक वातावरण सिर्जना गर्छन् ।
विपद्मा सञ्चारमाध्यमको भूमिका नकारात्मक हुन पुग्छ यदि…
– सञ्चारमाध्यमले विपद्को नकारात्मक प्रभावलाई बढाइचढाइ प्रस्तुत गरेमा र अतिरञ्जित ढफ्ले प्रस्तुत गरेमा । यसले अनावश्यक तनाव र हाहाकारको अवस्था सिर्जना गर्छ ।
– अर्धसत्य जानकारी प्रदान गरेमा । जस्तो विपद्को बेलामा केही खराब नियत भएका मानिस लुटपाटमा संलग्न हुन पनि सक्छन् । तर सो कुरालाई सामान्यीकरण गरेर प्रस्तुत गर्न हुँदैन । यसले नकारात्मकता सिर्जना गर्छ ।
– विपद्को समयलाई राजनीतिक दलहरूले प्रोपोगन्डाका लागि प्रयोग गर्न खोज्छन् वा थोरै काम गरेर जनताको मन जित्न खोज्छन् । सञ्चारमाध्यम तिनीहरूको मतियार हुनुहुँदैन । जस्तो कुनै राजनीतिक दल विशेषले मात्र गरेको मानवीय सहायताको मात्र समाचार बनाइरहनु उचित हुँदैन ।
– नकारात्मक विषयमात्र खोजी गरेमा । अवस्था ठीक भएको बारेमा पनि जानकारी दिनुपर्छ । जस्तोगिोरखा भूकम्पको समयमा नेपालका अधिकांश सञ्चारमाध्यम र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले भत्केका घर, बाटो, पुल, पुरिएका मान्छे, शव, रुँदै गरेका, कहालिएका मानिस आदिको मात्र समाचार दिए अनि दृश्य देखाए । तर नभत्किएका ठीकठाक भएका मानिसका बारेमा समाचार वा दृश्य देखाएनन् । यसले गर्दा विशेषगरी विदेशमा रहेका नेपालीलाई धेरै नै तनाव भयो । यस्तो गर्नुहुँदैन भनिन्छ ।
कस्तो हुनुपर्छ त विपद्का बेलामा सञ्चारमाध्यमको भूमिका ?
विपद् व्यवस्थापनका ३ चरण विपद्पूर्व तयारी, विपद्का समयमा खोज, उद्धार, व्यवस्थापन र विपद्पछि राहत र पुनःस्थापनामध्ये विपद्पूर्व गरिने न्यूनीकरण र पूर्वतयारी कार्य ६ गुणा सस्तो र प्रभावकारी हुन्छ । त्यसकारण सञ्चारमाध्यमले विपद्पछिको घटना रिपोर्टिङमात्र नभएर तीनैवटा चरणमा निरन्तर रिपोर्टिङ गरिरहनुपर्छ । अझ विपद्पूर्वको रिपोर्टिङले सम्भावित जोखिम तथा क्षति कम गर्न धेरै मद्दत गर्छ । दिगो विकासको प्रयासलाई सघाउन, विपद्को प्रभाव घटाएर सुरक्षित समाज निर्माणका लागि र विपद्को जोखिममा रहेका समुदायको विपद् सामना क्षमता अभिवृद्धि गर्नका लागि विपद्पूर्वको रिपोर्टिङ नितान्त आवश्यक छ । सङ्कट आउनुभन्दा पहिलेको जोखिमपूर्ण अवस्था र प्राकृतिक अथवा मानव सिर्जित विपत्ति सामना गर्नका लागि समुदायले गरेको तयारी, मानवीय विपत्ति (सुस्त वा तीव्रगतिमा आएको) समुदायका तत्कालका आवश्यकता र त्यस्तो अवस्थासँग जुध्ने उपाय, मानवीय प्रतिक्रिया, सहायता संस्थाका प्रयास (यदि भएका छन् भने), जीवन स्थिर भएको, तङ्ग्रिएको र पुनःनिर्माण अनि अन्त्यमा विपत्ति भोगेको समुदायले विकास गर्न थालेको जस्ता सबै चरणको रिपोर्टिङ गरिनुपर्छ (इन्टरन्यूज ः २०७२) । विपत्तिबाट विकासको चरणमा पुग्नका लागि धेरै वर्ष लाग्न सक्छ । यी सबै चरणमा यस्तो रिपोर्टिङको महत्व हुन्छ ।
विपद् नआएको अवस्थामा
विपद् नआएको बेलामा विपद् जोखिम न्यूनीकरण वा व्यवस्थापनबारे समाचार लेख्नु आवश्यक छैन, यस्तो समाचारको समाचार मूल्य छैन भन्नु गलत बुझाइ हो । विपद् जुनसुकै बेला, जहिल्यै पनि आउन सक्ने भएकोले यसबारे सञ्चारमाध्यमले विपद् नआएकै बेला पनि आवश्यक जानकारी तथा सूचना प्रवाह गरिरहनुपर्छ । विपद् नआएको बेला सञ्चारमाध्यम वा पत्रकारले देहायबमोजिमका समाचार सामग्रीहरू प्रकाशन तथा प्रसारण गर्नसक्छन् ः
प्रकोप जोखिमसम्बन्धी ऐनहरू, नीतिहरू, कार्यविधिहरू, कार्ययोजनाहरू, आवधिक योजनाहरूका बारेमा जानकारी ।
सरकार र प्रकोप जोखिम व्यवस्थापनको क्षेत्रमा काम गरेका व्यक्तिहरूको दीर्घकालीन सोचाइ ।
यो शान्त अवस्था भएकोले पत्रकारले आफैँ विपद्का बारेमा अनुसन्धान गर्ने, विपद्बारे आफ्नो बुझाइमा बढोत्तरी गर्ने काम पनि गर्नसक्छन् ।
आममानिस तथा विशेष गरेर प्रकोपको सम्भावित क्षेत्रका समुदायलाई सो समस्या सम्बोधन गर्नका लागि सरकार तथा सरोकारवालाहरूले गरेका कामहरूबारे जानकारी ।
सहरीकरण, सहरीकरणको प्रवृत्ति, जनसङ्ख्या वृद्धि वातावरणीय परिवर्तन, अव्यवस्थित औद्योगिकीकरणबारे रिपोर्टिङ ।
नीति निर्माणमा आमजनताको सहभागितालाई महत्वपूर्णरूपमा नहेरिने गरिएको वर्तमान सन्दर्भमा पत्रकार वा सञ्चारमाध्यमले विपद्सँग जोडिएका सवालहरूमा जनताको मत प्रकाशन वा प्रसारण गरी विपद्सम्बन्धी नीति निर्माणमा आमजनताको सहभागिता सुनिश्चित गर्न सकिन्छ ।
विपद् जोखिम व्यवस्थापनका विषयमा परम्परागत ज्ञानबारे खोजी गरी जानकारी प्रदान गर्ने ।
विपद् क्यालेन्डरबारे जानकारी ।
विपद् क्यालेन्डरलाई ध्यानमा राखी जनतालाई विपद्बारे सुसूचित गराउने प्रकृतिका जानकारी तथा सूचना प्रवाह ।
विपद्को प्रवृत्ति विश्लेषण ।
विपद्पूर्वको अवस्थामा सञ्चारमाध्यमको भूमिका
विपद्पूर्वको समयमा सञ्चारमाध्यमले सरकार वा नीति निर्माण तहलाई भविष्यमा आउन सक्ने विपद्का जोखम न्यूनीकरण गर्नका लागि आवश्यक कार्ययोजना निर्माण गरी तयार रहन र विपद् सम्भावित क्षेत्रका जनतालाई विपद्का जोखिमबाट बच्नका लागि आवश्यक पूर्वतयारी गर्न आवश्यक सूचना तथा जानकारी दिने काम गर्छ । अझ मसिनो गरी भन्दा यो चरणमा सञ्चारमाध्यमले देहायका तरिकाबाट विपद् जोखिम न्यूनीकरणमा योगदान गर्नसक्छ ः
– सञ्चारमाध्यमले सम्भावित विपद्, सोको कारण, सो विपद्को सम्बन्धित प्रभाव क्षेत्र, विपद्को जोखिम न्यूनीकरणका उपाय, सुरक्षितस्थलको जानकारी, विपद्का बेला सम्पर्क गर्न नसकिने निकायहरूलगायतका बारेमा जानकारी प्रदान गर्नुपर्छ ।
– पूर्वसावधानीका सूचना प्रवाह गर्ने । तर यसो गर्दा सूचनाको आधिकारिकता जाँच गर्नुपर्छ । त्यसो नभएमा त्यसले अनावश्यक त्रासदी सिर्जना गर्नसक्छ र झनै नकारात्मक प्रभाव पार्न सक्छ ।
– सरकारले सम्भावित जोखिम सम्बोधनका लागि गरेको तयारी र सोमा रहेका कमजोरी तथा चुनौतीबारे बुझी सोको प्रकाशन तथा प्रसारण गर्ने ताकि सो कमजोरी समयमै हटाउन सकियोस् । साथै अन्य संस्थाले सो कमजोरी सम्बोधन गर्न सकून् ।
– विपद् जोखिम न्यूनीकरणका लागि सरकारी निकायबीचको सहकार्य र समन्वयको अवस्था र सरकारी, गैरसरकारी तथा निजी प्रतिष्ठानको समन्वयबारे रिपोर्टिङ गर्ने ।
– विपद् जोखिम न्यूनीकरण सम्बन्धमा सरकारी तथा गैरसरकारी क्षेत्रमा भएका क्षमता अभिवृद्धिका तालिमहरू ।
– भवन तथा संरचनाहरूको अवस्था । भवन निर्माणसंहिता पालनाको अवस्थाबारे जानकारी ।
– विपद् नक्साङ्कन गरी सोको बारेमा आमजनतालाई सुसूचित गर्ने ।
– विपद् क्यालेन्डरलाई विचार गरी सोको जोखिम न्यूनीकरण वा जानकारीमूलक समाचार तथा सामग्रीहरू प्रस्तुत गर्ने ।
– विपद् जोखिम कम गर्नका लागि रैथाने ज्ञानको प्रकाशन तथा प्रसारण ।
विपद्को समयमा सञ्चारमाध्यमको भूमिका
विपद्को घडीमा सञ्चारमाध्यम र पत्रकार दुवैको भूमिका झन्ै महत्वपूर्ण हुन्छ । यो बेलामा पत्रकारले देहायका विषयमा समाचार प्रकाशन र प्रसारण गर्नुपर्छ ः
– विपद्को जानकारी, प्रभावित क्षेत्रको विस्तृत जानकारी, मरेका, घाइते भएका, उद्धार गरिएका मानिसको विवरण । साथै नष्ट भएका संरचना, खाद्य उत्पादन, पशुपन्छीको बारेमा यथार्थ र वस्तुपरक जानकारी ।
– राहतको समयमा राहत पाउनबाट छुटेका मानिस वा क्षेत्रबारे जानकारी । विपद्का बेला सरकार र मानवीय सहायता प्रदायकहरू हतास मानसिकतामा रहने हुँदा सञ्चारमाध्यमले यस्ता अन्तराल औँल्याइदिँदा मानवीय सहायता प्रदायक र सरकारलाई उद्धार र राहतमा सहयोग पुग्छ ।
– सरकारी निकायसँग सम्पर्कमा रहने र बाहिरबाट आएका सहायताबारे समाचार पस्कने । साथै सो सहायता वास्तविक पीडितसमक्ष पुग्यो वा पुगेन भनी पहरेदारको भूमिका निर्वाह गर्ने । सहायता वितरणमा लैफ्कि पक्ष विचार गरियो वा गरिएन भन्ने कुरा प्रकाशन वा प्रसारण गर्ने । अझ महत्वपूर्ण कुरा जातीय तथा धार्मिकरूपमा अल्पसङख्यकहरूलाई सहायता वितरणमा विभेद पो गरियो कि ? सो विषयमा चनाखो रहने ।
– विपद्का कारण कतै अड्केका, रोकिएका वा अप्ठेरो स्थानमा रहेका मानिसबारे जानकारीहरू प्रदान गर्ने ताकि सरकार र सहायता निकायहरूले उद्धार गर्न सकून् । साथै यसले सम्बन्धित परिवारलाई उनीहरूको अवस्थाबारे जानकारी दिई तनाव घटाउन मद्दत गर्छ ।
सरकार तथा सहायता निकायहरूले गरेका काम र उनीहरूको निकट भविष्यको कामको योजनाबारे समाचार प्रकाशन तथा प्रसारण गर्ने । यसो हुँदा सहायता प्रदान गर्ने काममा हुन जाने दोहोरोपना न्यूनीकरण गर्न सकिन्छ ।
– मानवीय सहायताका केही अन्तर्राष्ट्रिय मापदण्ड छन् । स्फियर (क्उजभचभ) ले विपत्तिमा परेको व्यक्तिले प्राप्त गर्नुपर्ने खाना, पानी, बासस्थान, सरसफाइलगायतका आधारभूत सुविधाहरूको न्यूनत्तम अवस्थाबारे उल्लेख गर्छ । पत्रकारले सो न्यूनतम अवस्था प्राप्त भएको छ कि छैन भनेर अनुगमन गरी समाचार प्रकाशन तथा प्रसारण गर्नसक्छ ।
– मानवीय सहायता निकायहरूले मानवीय सहायता प्रदान गर्ने क्रममा आधारभूत मानवीय मापदण्ड पालना गर्नुपर्छ । सो पालना गरिएको छ कि छैन भनेर सञ्चारमाध्यमले रिपोर्टिङ गर्नसक्छ ।
– विपद् प्रभावितको आवश्यकता आकलन गर्ने र मानवीय अभिरुचिका समाचारहरू प्रकाशन तथा प्रसारण गर्ने ।
– मुख्य विपद्पछि आउन सक्ने द्वितीयक जोखिमबारे जनसमुदायलाई सचेत गराउने प्रकृतिका समाचारहरू प्रकाशन तथा प्रसारण गर्ने ।
– विपद्का कारण भएको मनोसामाजिक समस्याबारे रिपोर्टिङ गर्ने ।
विपद्पश्चात् सञ्चारमाध्यमले गर्नसक्ने रिपोर्टिङ
यो विप्दपश्चातको पुनःस्थापना, पुनःलाभ र पुनःनिर्माणको समय हो । यो समयमा सञ्चारमाध्यमले अलिक खोजमूलक समाचारहरू प्रकाशन र प्रसारण गर्ने, प्रवृत्ति विश्लेषण गर्ने, पैरवी पत्रकारिता र समाधानमुखी पत्रकारिताको अभ्यास गर्नसक्छन् । यो समयमा सञ्चारमाध्यमले देहायबमोजिमको रिपोर्टिङ गर्नसक्छन् ः
– सरकार, मानवीय सहायता निकाय, अन्तर्राष्ट्रिय रेडक्रस, संयुक्त राष्ट्र सङ्घ, नीति प्रतिष्ठान तथा अन्य सहायता निकायहरूको पुनःस्थापना, पुनःलाभ र पुनःनिर्माणका योजना, सोको कार्यान्वयन, कमजोरी र चुनौतीहरूका बारेमा ।
िविपद्पश्चातको पुनःस्थापना, पुनःलाभ र पुनःनिर्माणको क्रममा प्रभावितलाई केन्द्रमा राखेर कार्यक्रमहरू तय गरिएको, नगरिएको, सोमा प्रभावितको संलग्नता भएको, नभएको बारेमा । साथै प्रभावितको हक, अति संवेदनशील अवस्थामा रहेका महिला, ज्येष्ठ नागरिक, अशक्त, अपाफ्ता भएकालगायतको आवश्यकता आकलनका आधारमा पुनःस्थापना, पुनःलाभ र पुनःनिर्माण सुरु भए वा नभएको ।
– पुनःनिर्माणको क्रममा प्रभावितको चाहना र चासोअनुसारको कार्यक्रम बनाइयो कि सरकार वा सहायता निकायको चाहनामात्र प्रतिबिम्बित भयो भन्ने जानकारी । जस्तो२ि०७२ को भुइँचालोपछि बनेको निजी घरमा उनीहरूको चाहनाभन्दा पनि सरकारी नीतिले जितेकोले प्रभावितले मौलिक वा सांस्कृतिक पुनःनिर्माणको इच्छा पूरा गर्न सकेनन् ।
– स्रोतको सही परिचालन भए वा नभएको बारेमा जानकारी । यो बेलामा सबै पक्षको स्रोत परिचालन गर्नुपर्ने हुनाले सोका लागि पैरवी गर्ने प्रकृतिका समाचारहरू ।
विपद् पत्रकारिता हातेपुस्तिकाबाट
Leave a Reply