क्युवाले डाक्टर पठायो, वाशिङटनले एउटा डिस्ट्रोयर !
- बैशाख ४, २०८३
यही मंसिर १४ गते हुने प्रदेशसभाको उपनिर्वाचनको लागि नेपाल मजदुर किसान पार्टीको तर्फबाट भक्तपुर जिल्ला निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा सदस्यको क्षेत्र नं १ का लागि युवा उम्मेदवार कामरेड नीरज लवजू २०७४ मंसिरमा भएको प्रदेशसभा निर्वाचनमा पनि यही क्षेत्रमा उम्मेदवार हुनुहुन्थ्यो । उहाँको जन्म २०४२ साल जेठमा भएको हो । उहाँ नेपालको समकालीन विद्यार्थी आन्दोलनका एक परिचित व्यक्ति हुनुहुन्छ । विद्यालय जीवनदेखि राजनीतिक गतिविधिमा सरिक हुनुभएका उहाँ नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घअन्तर्गतको विद्यार्थी हित समिति भक्तपुर जिल्ला समितिका अध्यक्ष हुनुभयो । विद्यार्थी राजनीति अगाडि बढाउने क्रममा उहाँ नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष हुनुभयो । उहाँ नेमकिपा विदेश सम्बन्ध विभागका सदस्य पनि हुनुहुन्छ । अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर तहसम्मको औपचारिक अध्ययन पूरा गर्नुभएका लवजू प्रतिगमनविरोधी जनआन्दोलनमा सक्रिय हुनुभयो । सो क्रममा उहाँ पटक–पटक प्रहरी हिरासतमा पर्नुभयो । २०६१ सालमा प्रतिगामी सरकारले गरेको स्थानीय चुनाव बहिष्कार गर्न आयोजित जुलुसमा पक्राउ पर्नुभयो र एक महिना हिरासत जीवन बिताउनुभयो । आन्दोलनको क्रममा प्रहरी दमनमा उहाँ घाइते हुनुभयो ।
२०६२–६३ सालको जनआन्दोलनको क्रममा उहाँ नेक्राविसङ्घ भक्तपुरका जिल्ला अध्यक्ष हुनुहुन्थ्यो । उहाँ काठमाडाँै, भक्तपुरलगायत देशका विभिन्न जिल्लामा भएका आन्दोलनका गतिविधिमा सक्रियतापूर्वक लाग्नुभयो ।
नेक्राविसङ्घको तर्फबाट उहाँ २०६५ सालमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस र नेपाल ल क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा उम्मेदवार हुनुभयो ।
नेपालमाथि भारतीय नाकाबन्दीको विरोधमा पार्टीले आयोजना गरेको सङ्घर्षमा का. लवजू सक्रिय हुनुभयो । देशको सार्वभौमिकता र भूअखण्डता रक्षा, जनजीविकासँग सम्बन्धित सङ्घर्ष र शैक्षिक आन्दोलनमा उहाँ लगातार अग्रसर हुनुभयो । लामो समयदेखि हुन नसकेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन २०७३ सालमा सफलतापूर्वक सम्पन्न गर्न नेक्राविसङ्घको प्रतिनिधित्व गर्दै उहाँले त्रिभुवन विश्वविद्यालय र विद्यार्थी सङ्गठनहरूबीच प्रस्ट धारणासहित सङ्घर्ष गर्नुभयो । विद्यालय तहदेखि विश्वविद्यालय तहसम्मको शिक्षामा फैलिएको नवउदारवादी दुष्प्रभावविरुद्धको सङ्घर्षमा उहाँ अग्रसर हुनुभयो । नवउदारवादले नेपालको शिक्षा क्षेत्रमा पारेको प्रभावको विषयमा उहाँले विभिन्न लेखहरू लेख्नुभएको छ । पार्टीको निर्देशनमा उहाँ २०७० सालमा सम्पन्न संविधानसभाको निर्वाचनमा कास्की जिल्ला क्षेत्र नं २ बाट प्रत्यक्षतर्फको उम्मेदवार हुुनुभयो ।
चिनियाँ कम्युनिस्ट पार्टी विदेश सम्बन्ध विभागको आयोजनामा सन् २०१३ मा चीनमा भएको ‘दक्षिण एसियामा वामपन्थी आन्दोलनको अनुभव’ विषयक अन्तर्राष्ट्रिय सम्मेलन र सन् २०१७ मा अक्टोबर समाजवादी क्रान्तिको शतवार्षिकीको अवसरमा आयोजित ‘माक्र्सवादी सङ्गठन विकासको अनुभव’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाल मजदुर किसान पार्टीको तर्फबाट उहाँ सहभागी हुनुभयो ।
उहाँ देश र जनताप्रति समर्पित विचारप्रधान ‘मजदुर’ दैनिकका कार्यकारी सम्पादक हुनुहुन्छ । त्यस्तै ‘श्रमिक’ साप्ताहिक र ‘अनलाइन मजदुर’सँग पनि उहाँ सम्बद्ध हुनुहुन्छ । उहाँले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयमा लगातार कलम चलाउँदै आउनुभएको छ । साहित्यका विभिन्न विधामा कलम चलाउनुहुने का. लवजू विद्यालय तहदेखि साहित्यिक गतिविधिमा सक्रिय हुनुहुन्छ । उहाँ जनलेखक सङ्घ केन्द्रीय समितिका सहसचिव, नेपालभाषा साहित्य तःमुंज्याका सहसचिव, युवा साहित्य गोष्ठीका पूर्वअध्यक्ष हुनुहुन्छ । उहाँले अङ्ग्रेजी भाषाका कृतिहरूको नेपाली भाषामा अनुवादमा कलम चलाउँदै आउनुभएको छ ।
उहाँले नेमकिपा भक्तपुर जिल्ला समितिको सदस्य भई जिम्मेवारी निर्वाह गर्नुभयो । देश र जनताको निःस्वार्थरूपमा सेवा गर्नुलाई नै आफ्नो जीवनको लक्ष्य बनाउनुभएका उहाँले देशका विभिन्न जिल्लामा पुगेर कामदार जनताको जीवन र समस्याबारे अध्ययन गर्नुभएको छ ।
का. नीरज लवजू व्यापक कामदार जनताको हित र देशको सार्वभौमिकता रक्षाको लागि कानुनी तथा गैरकानुनी सङ्घर्ष गर्दै नेमकिपाको नीतिअनुसार प्रदेशसभालाई क्रान्तिकारी संसदवादको सिद्धान्तमा रही उपयोग गर्न प्रतिबद्ध हुनुहुन्छ । भक्तपुर जिल्लालाई शैक्षिक, पर्यटन र हस्तकलासम्बन्धी केन्द्र बनाएर भक्तपुर जिल्लाको विकास अगाडि बढाउन उहाँ उत्साहित हुनुहुन्छ । २०७२ साल वैशाख महिनामा गएको भूकम्पको समयमा उहाँ विनाशलीलाको कोपभाजनमा परेका जनताको जीवन सहज बनाउन सक्रिय हुनुभयो । नेपालमा परिचालित विभिन्न देशका स्वयम्सेवक टोलीलाई भाषाअनुवादकको रूपमा सहयोग गर्नुभयो ।
आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा ‘मादल’ चिन्हमा छाप लगाई नेपाल मजदुर किसान पार्टीका युवा तथा जुझारु उम्मेदवार कामरेड नीरज लवजूलाई अत्यधिक मतले विजयी गराऔँ ।
Leave a Reply