भर्खरै :

नेमकिपालाई मत किन ?

प्रदेशसभा सदस्यको उपनिर्वाचनमा नेपाल मजदुर किसान पार्टीबाट निर्वाचित हुने प्रतिनिधिले देश र जनताका देहायका विषयमा कानुन बनाउने सङ्घर्षमा थप बल प्रदान गर्नुहुनेछ ।
१) भारतीय विस्तारवादले नेपालको महाकाली नदीको मुहान लिम्पियाधुरा, कालापानी र लिपुलेकसमेत आफ्नो नयाँ नक्सामा गाभेको, दशगजामै बाँध र तटबन्ध बनाएर नेपाली भूमि डुबानमा पारेको र सीमाको ७१ भन्दा बढी ठाउँमा नेपालको भूमि अतिक्रमण गरेको विरोधमा सङ्घर्ष गर्न;
२) दुवै देशको हितमा नेपाल–भारत खुला सीमा बन्द गराउन;
३) भारतीय विस्तारवाद र एकाधिकार पुँजीबाट अतिक्रमित नेपाली भूमि र प्राकृतिक स्रोत फिर्ता गराउन
४) नेपालको आन्तरिक मामिलामा भारतीय हस्तक्षेप एवम् थिचोमिचोविरुद्ध सङ्घर्ष गर्न;
५) भोज–भतेर खुवाउने, सामान र पैसा बाँड्नेलगायत निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने दलहरूलाई खारेज गराउन;
६) राजनीतिमा गुण्डागर्दी, कालाबजारी, तस्करी र अपराधीहरूको हालीमुहाली अन्त्य गराउन;
७) विकास–निर्माणमा गुणस्तरहीन, ढिलासुस्ती र अनियमित काम रोक्न;
८) वैदेशिक रोजगारीको निहुँमा जघन्य अपराध र चेलीबेटी बेचबिखन गर्ने तथा देशद्रोही, देशघाती र भ्रष्टाचारीहरूलाई मृत्युदण्डसहितको सजाय दिलाउन;
९) वातावरणीय विनाश, प्राकृतिक स्रोत तथा सम्पदाको अवैध दोहन गर्ने माफियाहरूलाई सजाय दिलाउन;
१०) आर्थिक समानता, सामाजिक न्याय र व्यक्तित्व विकासमा समान अवसर कायम गराउन;
११) विद्यालय शिक्षा निःशुल्क र अनिवार्य तथा विश्वविद्यालय शिक्षा निःशुल्क गराउन;
१२) स्वास्थ्य उपचार निःशुल्क र स्वदेशमा रोजगारीको बन्दोबस्त गराउन;
१३) महिलाहरूको श्रमशक्तिको उपयोग र शिशुहरूको उचित पालनपोषणको लागि स्थानीय तहका सबै वडा र टोलहरूमा शिशुस्याहार केन्द्र सञ्चालन गराउन;
१४) ज्येष्ठ नागरिकहरूको निम्ति आदर निकेतनको बन्दोबस्त गराउन;
१५) महँगी, भ्रष्टाचार र कमिसनतन्त्र नियन्त्रण गराउन;
१६) उत्पादनका मुख्य–मुख्य साधन र सेवा सामाजिकीकरण गराउन;
१७) देशको आन्तरिक उत्पादन बढाई बर्सेनि खर्बौँको व्यापार घाटा न्यून गराउन;
१८) देशभक्त उद्योगी–व्यापारीको लागि आवश्यक वातावरण तयार गराउन;
१९) यातायातका साधन तथा भारी उपकरण ९ज्भबखथ भ्त्रगष्ऊभलत० (मोटर, मोटरसाइकल, ट्रक, डोजर, बाकु–लोडर, ट्रिपर, बस आदि बाहनहरू) र पेट्रोलियम पदार्थ एउटै देशको मात्र खरिद नगराई सस्तो, असल र आधुनिक उपकरण तथा इन्धन विभिन्न देशबाट खरिद गराउन;
२०) निरङ्कुश, अप्रजातान्त्रिक, प्रतिगामी र दुईदलीय तानाशाही व्यवस्था ल्याउने मतसीमा (थ्रेसहोल्ड) खारेज गराउन;
२१) प्रदेशका मौलिक कला, संस्कृति तथा सम्पदा संरक्षण तथा संवद्र्धन गरी ऐतिहासिक नगर र सम्पदा बस्तीलाई पर्यटकीय गन्तव्यस्थलको रूपमा विकास गराउन;
२२) सङ्घीयताको सिद्धान्तबमोजिम प्रदेशको सन्तुलित विकास सुनिश्चित गरी अधिकार सम्पन्न प्रदेश र स्थानीय तह निर्माण गराउन;
२३) खेलकुद क्षेत्रलाई विशेष प्राथमिकता दिई आवश्यक पूर्वाधार निर्माण गराई हरेक नागरिकलाई स्वस्थ जीवन दिलाउन;
२४) नेपालको कम्युनिस्ट आन्दोलनमा देखापरेका संशोधनवाद र अवसरवादलाई परास्त गर्न;
२५) प्रदेशसभालाई क्रान्तिकारी संसदवादको नीतिबमोजिम उपयोग गर्न;
२६) प्रतिनिधिसभा र प्रदेशसभामा नेमकिपालाई प्रखर प्रतिपक्षको भूमिकालाई थप बल प्रदान गर्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *