तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर, २ मंसिर । नेपाल मजदुर किसान पार्टी सूर्यविनायक वडा नं. ५ एकाइ समितिको आयोजनामा कटुञ्जेका अग्रज कार्यकर्ता एवम् कटुञ्जे गाउँ समितिका पूर्वअध्यक्ष स्व. लक्ष्मीभक्त बासुको श्रद्धाञ्जली सभा भयो ।
सो कार्यक्रममा नेक्राकिसङ्घका केन्द्रीय उपाध्यक्ष गोविन्द दुवालले पार्टीको नीति र सिद्धान्तमा अलिकति पनि पछि नहटी बफादार भएर देश र जनताको सेवा गर्ने कार्यकर्ता बासुको निधनबाट अपूरणीय क्षति भएको चर्चा गर्नुभयो ।
उहाँले गाउँका शोषक–सामन्तहरूविरुद्ध गरिबहरूको पक्षमा निरन्तर सङ्घर्षरत र पुराना कार्यकर्ताहरुको त्याग र तपस्याको सम्झना गर्नुपर्ने बताउनुभयो ।
नेमकिपाले गरेको किसान आन्दोलनबारे चर्चा गर्दै उहाँले पुँजीपति र सामन्तहरूको सेवा गर्ने ठूला पार्टीले गरिबहरूको हित नगर्ने हुँदा गरिबहरूलाई माथि उठाउन अझ सङ्घर्ष गर्नुपर्ने बताउनुभयो ।
नेमकिपा सूर्यविनायक नगर समितिका अध्यक्ष सूर्यभक्त त्वातीले देश र जनताको हितको पक्षमा सक्रिय बासु जनप्रतिनिधि हुँदा पनि निष्पक्ष र निःस्वार्थरूपमा जनताको भावनाअनुसार लागिपर्ने निडर कार्यकर्ता हुनुहुन्थ्यो भन्नुभयो ।
कार्यक्रममा रवीन्द्र खर्बुजाले मृतक बासु देश र जनताको पक्षमा काम गर्ने र पार्टीले चलाएको विभिन्न आन्दोलनमा सक्रिय रहेको चर्चा गर्नुभयो ।
नेमकिपा सूर्यविनायक नपा वडा नं. ५ एकाइ समितिका अध्यक्ष महेन्द्र बखुन्छेको सभापतित्वमा भएको श्रद्धाञ्जली कार्यक्रममा राजेन्द्र बखुन्छे, जितबहादुर खाइजू र विकुलाल बासुले पनि बोल्नुभएको थियो ।
Leave a Reply