के शासक दलहरूको ‘कोर्ट’ मा नेपालको सार्वभौमिकता सुरक्षित होला ?
- असार ९, २०८३
भक्तपुर, ३ मंसिर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा ख्वप इन्जिनियरिङ्ग कलेज र ख्वप कलेज अफ इन्जिनियरिङ्गको संयुक्त आयोजनामा नेपालको सिमानाबारे मङ्गलबार प्रवचन कार्यक्रम भयो ।
कार्यक्रममा प्रमुख प्रजापतिले भारत आपूmभन्दा साना र कमजोर देशहरूमाथि हस्तक्षेप र भूमि अतिक्रमण गर्दै अन्तर्राष्ट्रिय स्तरमा शक्तिशाली बन्ने होडमा लागिरहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय जगतमा भारतीय विस्तारवादको विरोध गर्नु आवश्यक भएको बताउनुभयो ।
देशलाई अप्ठ्यारो पर्दा आवाज नउठाउने र विरोध नगर्ने नागरिक देशभक्त हुन नसक्ने भन्दै उहाँले यो समयमा हरेक न्यायप्रेमी र देशभक्त नागरिक लडेर भारतलाई पराजित गर्नुपर्ने बताउनुभयो ।
भारतीय विस्तारवादले नेपाललाई कहिल्यै स्वतन्त्र देशको रुपमा स्वीकार गर्न नचाहेको बताउँदै उहाँले सानो देशको राजनैतिक अस्तित्व हुँदैन भन्ने तरिकाले भारत अगाडि बढेको देखिन्छ भन्नुभयो ।
आर्थिकरूपले स्वतन्त्र नभएको देश राजनैतिकरूपले पनि स्वतन्त्र नहुने भन्ने ढङ्गले भारतले नेपालको आर्थिक क्षेत्र ध्वस्त पार्न खोजिरहेको उल्लेख गर्दै अन्यायको विरोध नगर्ने नागरिकले कसैको हितमा काम नगर्ने हुँदा देशभक्त नागरिक तयार गर्ने नपाको उद्देश्य रहेको बताउनुभयो ।
कार्यक्रममा कलेज सञ्चालक समितिका सदस्य एवम् वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले नेपालको पूर्वी र पश्चिमी सीमा कहाँसम्म छ भन्ने राजनीतिक स्तरबाट स्पष्ट नहुँदा भारतीय सरकारसँग आप्mनो भूमि दाबी गर्न नेपालीहरूलाई समस्या भइरहेको बताउनुभयो ।
उहाँले देशभक्त नेपाली जनताले लिम्पियाधुरा अतिक्रमणको विषयमा आवाज बुलन्द गर्नुपर्ने र यो विषयमा नेपाल सरकारलाई स्पष्ट धारणा सार्वजनिक गराउन बौद्धिक समुदायले दबाब दिनु आवश्यक भएको बताउनुभयो ।
ख्वप कलेज अफ इन्जिनियरिङ्गका प्राचार्य ई. सुनिल दुवाल र ख्वप इन्जिनियरिङ्ग कलेजका प्राचार्य सुजन माकले लिम्पियाधुरा, कालापानी, लिपुलेकको वास्तविकताबारे विद्यार्थीहरूलाई जानकार गर्न र सचेत पार्न कार्यक्रम आयोजना गरेको र देशैभरका युवा तथा विद्यार्थीहरू भारतीय हस्तक्षेपको विरोधमा सडकमा उत्रेको धारणा राख्नुभयो ।
सीमाविद् रतन भण्डारीले “लिम्पियाधुरा सीमा अतिक्रमणः नेपालको सार्वभौमिकता र क्षेत्रीय अखण्डतामाथिको नाङ्गो आक्रमण” विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि प्रजापतिले सीमाविद् रतन भण्डारीलाई मायाको चिनोस्वरुप मयुरको झ्याल प्रदान गर्नुभयो ।
Leave a Reply