आणविक निरीक्षणमा इरानको अडान
- असार ९, २०८३
कोलम्बो, ४ मंसिर (एएनआई) । श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले बुधबार राजिनामा गर्नुभएको छ ।
राष्ट्रपतिको रूपमा गोटाबाया राजापाक्षे निर्वाचित हुनुभएपछि विपक्षी नेशनल युनाइटेड पार्टीका नेता प्रधानमन्त्री विक्रमासिङ्घेले राजिनामा दिनुभएको हो ।
नयाँ राष्ट्रपतिलाई आफ्नो अनुकूलको सरकार गठनका लागि मार्गप्रशस्त गरिदिन उहाँले राजिनामा दिनुभएको श्रीलङ्काको दैनिक पत्रिका डेली मिररले लेखेको छ ।
राजिनामा दिनेबारेमा विक्रमासिङ्घेले मङ्गलबार नै नवनिर्वाचित राष्ट्रपति राजापाक्षेसँग छलफल गर्नुभएको थियो ।
भेटवार्ताको क्रममा प्रधानमन्त्री विक्रमासिङ्घेले राष्ट्रपति राजापाक्षेलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको समाचारमा जनाइएको छ ।
स्थानीय समयानुसार बुधबार दिउँसो ४ बजे बस्ने मन्त्रिपरिषद्को विशेष बैठकपछि उहाँले पद त्यागको घोषणा गर्नुभएको श्रीलङ्का दैनिकले लेखेको छ ।
विक्रमासिङ्घेले राजिनामा घोषणा गरेपछि राष्ट्रपति राजापाक्षेले सानो आकारको प्रारम्भिक नयाँ मन्त्रिपरिषद् गठन गर्नुभएको छ ।
सन् २०२० को मार्च १ पछि नयाँ संसद् बन्ने भएकोले त्यतिबेलासम्म नै सानो मन्त्रिपरिषद्मात्रै रहने अनुमान गरिएको छ । स्रोतका अनुसार नयाँ मन्त्रिपरिषद् १५ सदस्यीय हुनेछ । नयाँ मन्त्री सबै राजापाक्षेको पार्टीबाट हुनुभएको छ ।
युनाइडेट नेसनल पार्टी
(यूडीपी) का तर्फबाट राष्ट्रपतिका लागि उम्मेदवार बन्नुभएका सजिथ प्रेमादासालाई झन्डै १३ लाख मत अन्तरले पराजित गर्दै ७० वर्षीय राजापाक्षे राष्ट्रपति बन्नुभएको हो । पराजित हुनुभएका प्रेमादास भने ५३ वर्षको हुनुहुन्छ ।
नयाँ राष्ट्रपति चयनका लागि श्रीलङ्कामा गत शनिबार मतदान भएको थियो भने अन्तिम मत परिणाम सोमबार घोषणा गरिएको थियो ।
निर्वाचित राष्ट्रपति राजापाक्षेले सोमबार नै सपथग्रहण गर्नुभएको थियो । राजापाक्षे परिवारबाट राष्ट्रपति बन्ने उहाँ दोस्रो व्यक्ति हुनुभएको छ ।
यसअघि उहाँको परिवारबाट उहाँका दाइ महिन्दा राजापाक्षे राष्ट्रपति बन्नुभएको थियो । उहाँले सन् २००५ देखि २०१५ सम्म श्रीलङ्कामा राष्ट्रपतिको रूपमा देशको नेतृत्व गर्नुभएको थियो ।
Leave a Reply