तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर, ५ मंसिर । नेपाल मजदुर किसान पार्टी भक्तपुरको आयोजनामा मंसिर १४ गते हुने उपनिर्वाचनको प्रचारको क्रममा बिहीबार चाँगुनारायण नपा वडा नं. ५ छालिङमा चुनावी सभा भयो ।
सभामा नेमकिपाका सचिव प्रेम सुवालले निर्वाचन वर्गसङ्घर्ष भएको चर्चा गर्दै भन्नुभयो, “नेमकिपाले कामदार वर्गको पक्ष लिन्छ । देशको सार्वभौमिकताको पक्षमा लड्ने पार्टी पनि नेमकिपा नै हो ।”
“भारतले केही हप्ताअघि सार्वजनिक गरेको नक्सामा नेपाली भूमि लिम्पियाधुरा, कालापानी, लिपुलेक गाभेको थियो, त्यो नक्सामा लिम्पियाधुराबाट उद्गम भएको महाकाली नदी प्रस्ट देखाइएको थियो । सुगौली सन्धिअनुसार महाकाली नदी नेपालको हो । भारतले मंसिर ४ गते अर्को नक्सा सार्वजनिक ग¥यो । यसमा महाकाली नदी नै देखाइएन”, उहाँले भन्नुभयो ।
एमाले–माओवादी सरकारले कालापानीमात्र नेपालको दाबी गरी वक्तव्य प्रकाशित गरी लिम्पियाधुरा दाबी नगरी सरकारले थप देशघात गरेको उहाँले बताउनुभयो ।
सचिव सुवालले भन्नुभयो, “माओवादीको सशस्त्र द्वन्द्व भारतको आश्रयमा भएको एसडी मुनी र प्रणव मुखर्जीकै भनाइबाट पुष्टि हुन्छ । माओवादी ट्रोजन हर्स भएकोले यसलाई चुनावमा मत दिनुहुन्न ।”
“माओवादीका पुष्पकमल दाहालले नेपाललाई स्वीजरल्यान्ड बनाउने बताएका थिए । अहिले नेपाल सिक्किम बन्ने खतरा छ”, उहाँले सतर्क गराउनुभयो ।
“नेपालमा मुस्लिम आतङ्कवादी मुजाहिद्दिन समूहको गतिविधि बढेको, खुला सीमा र एउटैमात्र अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा नभएको अमेरिकी प्रतिवेदन नेपाललाई दबाउने निहुँ भएकोले सरकारले तत्काल विरोध गर्नुपर्दछ”, सचिव सुवालले भन्नुभयो ।
अमेरिकी दबाबमा संयुक्त राष्ट्र सङ्घको निर्देशनअनुसार नेपालले कूटनीतिक सम्बन्ध भएको प्रजग कोरियाका कामदारलाई फिर्ता पठाएको गलत भएको उहाँले उल्लेख गर्नुभयो ।
सचिव सुवालले स्पष्ट पार्नुभयो, “प्रदेशसभामा प्रखर प्रतिपक्ष नभए संसद् पञ्चायतजस्तै हुने भएकोले उपनिर्वाचनमा नेमकिपालाई मत दिनु उपयुक्त छ ।”
चुनावमा पैसा बाँड्ने, भोज खुवाउने पार्टी र तिनका उम्मेदवारलाई हराउनै पर्दछ । गएको चुनावमा मध्यपुर थिमिमा खामभित्र पैसा बाँडेको सामाजिक सञ्जालमा छाएकोलाई कसैले पनि बिर्सनु हुँदैन, सचिव सुवालले भन्नुभयो ।
सभामा नेमकिपाका केन्द्रीय सदस्य अनुराधा थापामगरले युवा बेचबिखन गर्ने काम नेपाली काङ्ग्रेसले सुरू गरेको र त्यसलाई मलजल गर्ने काम एमालेले गरेको बताउनुभयो ।
उहाँले विषादी परीक्षण निर्णय फिर्ता गरेको विरोध नेमकिपाले गरेको कारण केही दिन भारतीय नाकामा सामान रोकिएको बताउँदै नेकपाको सरकार भारतीय दूतावासको विज्ञप्तिदेखि डराएर फलफूल र तरकारीमा विषादी परीक्षण रोकेको दाबी गर्नुभयो ।
सभामा नेमकिपाका केन्द्रीय सदस्य एवम् प्रदेश नं. ३ का सांसद सुरेन्द्रराज गोसाईले नेमकिपाविरूद्ध पञ्चायतले गरेको प्रपञ्च हाल नेकपाको सरकारले गरेको कारण जनताले पञ्चायत फालेझैँ नेकपाको सरकारलाई पनि फाल्ने बताउनुभयो ।
उहाँले नेमकिपाको देशभक्तिपूर्ण आन्दोलनमा जनतालाई हिस्सा बन्न र नेमकिपाका उम्मेदवारलाई निर्वाचनमा जिताउन आग्रह गर्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवम् प्रदेश नं. ३ का सांसद सृजना सैंजूले देश बेच्ने शासक दलहरूलाई निर्वाचनमा पराजय गर्नुपर्ने बताउँदै एनसेल, फोरजी काण्ड, वाइडबडी काण्डमा संलग्न पार्टीहरूलाई सजाय दिनुपर्ने बताउनुभयो ।
उहाँले सङ्घीयता शासक दलहरूलाई बाँदरको हातमा नरिवल सावित भएको बताउनुभयो ।
सभामा नेमकिपाका उम्मेदवार नीरज लवजूले शासक दल कुरा एउटा काम अर्को गर्ने गरेको उल्लेख गर्दै सत्ता उन्मादको अन्तिम परिणाम सत्ताच्युत हुने स्पष्ट पार्नुभयो ।
उहाँले नेकपाले जनतालाई झुक्याएको र विगत दुई वर्ष काण्डै–काण्डले भरिएकोले शासक दललाई पराजित गर्नुपर्ने बताउनुभयो ।
आयोजक समितिका अध्यक्ष न्हुछेभक्त फोजूको सभापतित्वमा भएको उक्त कार्यक्रममा श्रीकृष्ण थापा र मीनबहादुर बाटालगायतले नेमकिपाका उम्मेदवारलाई बहुमतले जिताउन जनता सचेत हुनमा जोड दिनुभयो ।
कार्यक्रममा जनगायक विनोद विकले देशभक्तिपूर्ण गीत प्रस्तुत गर्नुभएको थियो ।
Leave a Reply