तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर, ६ मंसिर । मंसिर १४ गते हुने उपनिर्वाचनको क्रममा नेपाल मजदुर किसान पार्टी निर्वाचन परिचालन भक्तपुरको आयोजनामा शुक्रबार चाँगुनारायणमा चुनावी सभा भयो ।
सभामा नेमकिपाका सचिव प्रेम सुवालले विश्व सम्पदा सूचीको चाँगुनारायण मन्दिर र यहाँको बस्ती जोगाउन डाँडा वरिपरि बालुवा उत्खनन रोक्नु आवश्यक भएको बताउनुभयो ।
उहाँले जोड दिनुभयो, “यस क्षेत्रमा पछाडि पारिएको खोरिया टोलमा गुणस्तरीय विद्यालय स्थापना गरी युवाहरूको सांस्कृतिक स्तर उठाउने अभियान र रोजगारीको तालिम दिनुपर्छ ।”
नेपालको भूमि भारतले आफ्नो नक्सामा गाभेको विरोधमा प्रदेशसभामा सङ्घर्ष गर्न नेमकिपाको मादल चिह्नमा मत दिनु आवश्यक भएको चर्चा गर्दै उहाँले भन्नुभयो, “स्थानीय चुनावमा नेकासँग तालमेल गर्ने र प्रदेशसभा र प्रतिनिधिसभाको चुनावमा एमालेसँग तालमेल गर्ने माओवादी अनैतिक पार्टी हो ।”
“भारतको सहयोगमा नेपालमा सशस्त्र द्वन्द्व चलाई विध्वंश गर्ने नेकपा माओवादी पार्टीका उम्मेदवारलाई मत दिनु भारतको हितमा हुनेछ”, उहाँले स्पष्ट पार्नुभयो ।
देशघाती महाकाली सन्धिको विरोधमा निस्केको नेमकिपाको जुलुसमाथि नेकाको देउवा सरकारले दमन गरेको थियो । माओवादीले सशस्त्र द्वन्द्वको बेला देउवा सरकारलाई ४० सूत्रीय माग पेश गरेको थियो । पछि नेका र माओवादी मिलेर संयुक्त सरकार गठन ग¥यो । यो अनैतिकताको पराकाष्ठा हो, सचिव सुवालले भन्नुभयो ।
उहाँले जोड दिनुभयो, “ठेक्कापट्टा र उद्योगधन्दा गर्नेहरू प्रदेशसभा सदस्यमा उठ्नेहरूले राजनीतिलाई शुभ–लाभ ठानेको हुन्छ । त्यसलाई मत दिएर खेर फाल्नु हुँदैन ।”
चाँगुनारायण नगरपालिकामा नेमकिपाको बहुमत भएको भए भक्तपुर नगरपालिकाजस्तै शिक्षा र स्वास्थ्यको विकासमा अभियान अघि बढ्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य अनुराधा थापामगरले नेमकिपाका उम्मेदवारहरुले अरू पार्टीका उम्मेदवारहरूले जस्तै चुनाव जितेर कुनै आर्थिक लाभ नलिने स्पष्ट पार्दै भन्नुभयो, “आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा पैसा बाँडेर, भोज खुवाएर जनताको मत किनबेच गर्न खोज्ने उम्मेदवारहरूलाई निर्वाचनमा हराएर सजाय दिनुपर्छ ।”
नेमकिपाले मात्रै देश र जनताको हितमा आवाज उठाउनसक्ने क्षमता रहेको प्रस्ट पार्दै आफ्नो मतको सही सदुपयोग गर्न केन्द्रीय सदस्य थापामगरले अनुरोध गनुर््भयो ।
नेमकिपाका अर्का केन्द्रीय सदस्य एवम् प्रदेश नं ३ का प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले नेकपा र नेपाली काङ्ग्रेस भ्रष्ट र ठेकेदारहरूको जमात भएको उल्लेख गर्दै आगामी निर्वाचनले भ्रष्ट र कमिसनखोरहरूलाई ठेगान लगाइदिने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “राजनीतिलाई कमाइ खाने भाँडो बनाउने पार्टीहरूलाई जनताले सजाय दिनुपर्छ ।”
नेमकिपाका अर्का केन्द्रीय सदस्य एवं प्रदेश नं ३ का प्रदेश सभा सदस्य सृजना सैँजूले नेमकिपा सच्चा कम्युनिस्ट पार्टी भएको चर्चा गर्दै वर्तमान ओली–प्रचण्ड नेतृत्वको नेकपा बाघको छाला ओढेको स्यालजस्तै भएको बताउनुभयो ।
नेमकिपाका उम्मेदवार नीरज लवजूले निर्वाचन हार्ने डरले अहिले आएर नेकपाले देखावटीरूपमा नगरकोटको बाटो टालटुल गर्नु पनि निर्वाचन आचारसंहिताविपरीत भएको बताउनुभयो ।
नगरकोट सडकखण्डको अवस्थालाई इङ्गित गर्दै उम्मेदवार लवजूले भ्रष्ट र कामचोर ठेकेदारलाई कारबाही गर्नुको साटो मेलम्ची खानेपानीको ठेक्का दिनुले सरकार आफैँ ठगहरूको नेतृत्वकर्ता बनेको स्पष्ट छ भन्नुभयो ।
उहाँले भन्नुभयो, “दुईतिहाइ बहुमत प्राप्त नेकपाले देश र जनताको पक्षमा सिन्कोसम्म पनि भाँच्न सकेन । जनताको पक्षमा उभिन बहुमत होइन वैचारिक र सैद्धान्तिकरूपले परिपक्व हुनुपर्ने आवश्यक छ । देश सङ्घीय संरचनामा गए पनि शासक दलका नेताहरूको मस्तिष्कमा अझै पनि सामन्ती र केन्द्रीकृत सोच हावी छ ।”
सभामा नेमकिपा भक्तपुरका अध्यक्ष न्हुछेभक्त फोजू, नेमकिपा चाँगुनारायण समितिका रामेश्वर रानामगर, मीनबहादुर बाटालगायतले बोल्नुभएको थियो ।
सोही दिन बिहान उम्मेदवार नीरज लवजूलाई मत दिन अनुरोध गर्दै घरदैलो कार्यक्रम सम्पन्न भएको थियो ।
Leave a Reply