तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर, ६ मंसिर । नेपाल प्राध्यापक समाजको प्रकाशन ‘दि एकेडेमी’ बुलेटिनमा प्रकाशित आलेखहरूबारे शुक्रबार प्राध्यापकहरूबीच अन्तरक्रिया भएको छ ।
नेप्रास, ख्वप इन्जिनियरिङ कलेज तथा ख्वप कलेज अफ इन्जिनियरिङ एकाइले आयोजना गरेको कार्यक्रममा समाजका केन्द्रीय अध्यक्ष सरोजराज गोसाईले प्राध्यापकहरू राजनीतिक पक्षधरताबाट अलग हुन नसक्ने भन्दै प्राध्यापकहरूले देश र समाजको अग्रगमनको निम्ति मार्गनिर्देशक हुनसक्ने बताउनुभयो । उहाँले देशको सार्वभौमिकतामाथि भारतीय हस्तक्षेप भइरहेको बेला प्राध्यापकहरू मौन रहन नसक्ने भन्दै विस्तारवादविरोधी आन्दोलनमा सबै एक हुनुपर्ने धारणा राख्नुभयो ।
उहाँले विद्यार्थीहरूलाई पुँजीवादी व्यवस्था र समाजवादी व्यवस्थाका विशेषताहरूबारे शिक्षित गर्नुपर्ने भन्दै विद्यार्थीमा आलोचनात्मक चेतको विकास गर्न सकिए समाजको प्रगति हुन्छ भन्नुभयो ।
कार्यक्रममा नेप्रासका केन्द्रीय सदस्य राजुभाइ त्यातले तीन दसक अगाडि नेमकिपाका अध्यक्ष रोहितले प्रतिनिधिसभाको एउटा बैठकमा विदेशी पुँजी ल्याउने नाममा स्वदेशी उद्योगधन्दा ध्वस्त हुने खतराबारे बेलैमा सचेत पारेको उल्लेख गर्दै लाखौँ विदेशी देश भित्रिई श्रमबजार कब्जा गरेको बताउनुभयो ।
नेप्रासका केन्द्रीय सदस्य सुनिल दुवालले विद्यार्थीहरूमा भौतिकवादी चिन्तनको विकास गर्नुपर्ने भन्दै समाज परिवर्तनको निम्ति माक्र्सवादी दृष्टिकोण सबभन्दा वैज्ञानिक भएको धारणा राख्नुभयो ।
नेप्रासका केन्द्रीय सदस्य सुवेगमान बिजुक्छेंले चीनको विकासमा चिनियाँ शैलीको समाजवाद नै आधार रहेको बताउनुभयो ।
कार्यक्रममा प्राध्यापक अर्जुन गैरे र लिवास फैजूले पनि बोल्नुभएको थियो ।
Leave a Reply