मार्गनिर्देशनबारे भाइबहिनीलाई चिठी–६
- चैत्र ३०, २०८२
कालीकोट, ८ मंसिर । नेमकिपा शुभकालीका गाउँपालिका समितिको आयोजनामा भैँसे दहमा हालै प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य नन्दबहादुर शाहीले निर्वाचन पनि एक राजनैतिक र वर्गीय सङ्घर्ष भएको बताउनुभयो ।
“नेमकिपाका कार्यकर्ताहरु पुँजीवादी तडक–भडकबाट जोगिँदै पार्टीको नीति र कार्यक्रमप्रति कर्तव्यनिष्ठ हुनुपर्छ”, उहाँले भन्नुभयो ।
नेमकिपा दसौँ जिल्ला सम्मेलन तयारी समितिका संयोजक एवम् केन्द्रीय सदस्य नवराज कोइरालाले संसदीय निर्वाचनको माध्यमबाट समाजवाद नआउने स्पष्ट पार्दै कोइरालाले नेमकिपाले पुँजीवादी निर्वाचनलाई क्रान्तिकारी उपयोग गरिरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “नेपालमा समाजवादको स्थापना अवश्यम्भावी छ । हाम्रो आजको कार्यभार भनेका कामदार जनतालाई सचेत र सङ्गठित पार्ने कष्टसाध्य कामलाई निरन्तरता दिनु हो ।”
लछु बुढामगरको सभापतित्वमा भएको उक्त कार्यक्रममा धर्मदत्त अधिकारी, जनमबहादुर शाही, तुलाराम धिताल, विवेक शाही, कृष्णप्रसाद अधिकारी र टेकबहादुर शाहीले पनि बोल्नुभएको थियो ।
Leave a Reply