बाल विकास सहजकर्ताहरूद्वारा नगर प्रमुखको ध्यानाकर्षण
- असार २, २०८३
भक्तपुर, ८ मंसिर । उपनिर्वाचन नजिकिएसँगै शासक पार्टीहरूले साम, दाम, दण्ड, भेद र कुटिल राजनीतिलाई बाक्लो बनाउन थालेका छन् । उनीहरूले भक्तपुरका विभिन्न स्थानमा अन्य पार्टीका कार्यकर्ता र समर्थकहरूलाई कार्यक्रममा लगेर पार्टी प्रवेश गरेको भनी झूटा प्रचार गर्न थालेका छन् ।
यसैबीच मंसिर ७ गते कमलविनायकको एक कार्यक्रममा चानपा–५ छालिङ्गका आफूलाई राप्रपा नेपालको खाती कार्यकर्ता दाबी गर्ने कृष्णभक्त लागेजूले स्थानीय जनतालाई खानेपानी आयोजना र बाटो निर्माणको भेलामा जाने भनी लगेर नेकपा (नेकपा) मा प्रवेश गरेको भनी झूटो प्रचार गरेकोमा स्थानीयले खण्डन गरेका छन् । उहाँहरूले आफूहरूलाई झुक्याई पार्टी प्रवेश भनी प्रचार गरिएकोमा त्यसको निन्दा गर्दै भ्रममा नपर्न र आफूहरू नेपाल मजदुर किसान पार्टीकै समर्थनमा रहेको बताएका
छन् ।
Leave a Reply