भर्खरै :

विश्वासघातीहरूविरुद्ध विवेकको मत दिनुपर्ने

तुल्सीपुर, ८ मंसिर । नेपाल मजदुर किसान पार्टी ५ नं. प्रदेश समितिले शनिबार दाङको पश्चिमी गाउँहँसपुर तथा दङ्गीशरण गाउँपालिकाका पोटली चोक र बैराङमा चुनावी प्रचार कोणसभाहरू सम्पन्न ग¥यो ।
कार्यक्रमहरूमा नेपाल मजदुर किसान पार्टी ५ नं. प्रदेश समितिका संयोजक हरिसुन्दर वासीले झुक्याउने र ठग्ने शासक दलहरूलाई निर्वाचनमा विवेक प्रयोग गरेर जनताले सजाय दिनुपर्नेमा जोड दिनुभयो । उहाँले नेपाली जनतासँग राष्ट्रवादी देखिन चर्को कुरा गर्ने तर पदमा बस्दा पदअनुसार सीमा अतिक्रमणबारे भारतीय सरकारसँग औपचारिकरूपमा मुद्दा उठाउन नसक्ने ओली सरकारले नेपाली जनतालाई झुक्याउन र ठग्न खोजिरहेको चर्चा गर्नुभयो संयोजक वासीले एमाले माओवादीजस्ता नक्कली कम्युनिस्ट पार्टी र काङ्ग्रेसको गलत क्रियाकलाप बुझेर पनि तिनीहरूलाई नै मत दिनु आत्मघाती र आफै अपराधीको सहयोगी बन्नु हो भन्नुभयो ।
दाङमा राजधानी ल्याउन शासक दलहरूमार्फत गाउँका शोषक र पुँजीपति वर्गले रोकेको चर्चा गर्दै संयोजक वासीले सहरमा ठूला निजी अस्पताल खोल्ने र विद्यालय खोल्ने पुँजीपति वर्गले देशको सन्तुलित विकास गर्न चाहेको छैन भन्नुभयो ।
नेपाल मजदुर किसान पार्टीबाट दाङ क्षेत्र नं. ३ (ख) प्रदेशसभा सदस्य उम्मेदवार सुरेश परियारले कम्युनिस्टको नाममा कम्युनिस्टको बदनाम गर्न सरकारले निःशुल्क शिक्षा र स्वास्थ्य व्यवस्था गर्नुभन्दा नाफा र कमिसनको लागि निजी विद्यालय र अस्पताल सञ्चालन गरिरहेको छ भन्नुभयो । उहाँले चर्चा गर्दै उम्मेदवार परियारले भारतीय एकाधिकार पुँजीको दलाली गर्ने शासक दलहरूलाई परास्त गर्न नेमकिपाको मादल चिन्हमा मतदान गर्नुहुन आह्वान गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *