हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
- असार १, २०८३
ला पाज, ८ मंसिर (एएफपी) । दक्षिण अमेरिकी राष्ट्र बोलिभियाको संसदले नयाँ निर्वाचनका लागि बाटो खोलिदिएको छ । यहाँको संसद्ले शनिबार एक कानुन पारित गरेको छ र सो कानुनबमोजिम अब राजनीतिक सङ्कट बढिरहेको यस देशमा नयाँ निर्वाचनको बाटो खुलेको बताइएको छ ।
यहाँ केही दिनदेखि राजनीतिक सङ्कट चुलिएको छ । बोलिभियामा गत अक्टोबर २० मा भएको निर्वाचनबाट पुनः चौथो पटक राष्ट्रपतिमा चयन हुनुभएको ते मोरालेसको विरुद्धमा शृङ्खलाबद्ध विरोध प्रदर्शनहरू भइरहेका छन् ।
सुरक्षाबल र प्रदर्शनकारीबीच झडप भइरहेका छन् । यस क्रममा केहीको मृत्यु भएको स्थानीय अधिकारीले जानकारी दिएका छन् । राष्ट्रपति ते मोरालेसका समर्थकले प्रदर्शन गरिरहेका छन् । सत्तामा उहाँको फिर्तीको माग गर्दै उहाँका समर्थकहरूले सडकमा आएर विरोध प्रदर्शन गरिरहेका छन् । यसै विरोध प्रदर्शनलाई सम्बोधन गर्न भन्दै यहाँको संसद्ले नयाँ निर्वाचनको प्रस्ताव अघि सारेको हो । यस प्रदर्शनमा कम्तीमा पनि ३२ जनाको ज्यान गएको छ ।
कैयौँ दिनदेखि विरोध जारी छ । यहाँका राष्ट्रपति ते मोरालेसको अनुपस्थितिमा कामचलाउ सरकारले नयाँ निर्वाचनको प्रस्ताव गरेको छ । सोही प्रस्तावबमोजिम संसद्का दुवै सदनले नयाँ निर्वाचनको लागि बाटो खुलाउने गरी मतदान गरेका छन् ।
प्रस्तावमा अक्टोबर २० मा भएको निर्वाचनमा प्रतिस्पर्धीहरूलाई भने प्रतिबन्ध लगाइएको छ । त्यस निर्वाचनको पुनः निर्वाचन नभएर यो नयाँ निर्वाचन हो ।
अबको निर्वाचनमा राजीनामा दिइसकेका राष्ट्रपति मोरालेसलाई पनि रोक लगाइएको छ । त्यसैगरी अक्टोबर २० को निर्वाचनमा सहभागी भएका अरू मुख्य प्रतिस्पर्धीलाई पनि यस नयाँ निर्वाचन कानुनले प्रतिबन्ध लगाइदिएको बताइएको छ ।
शनिबार यहाँको संसद्ले यो नयाँ निर्वाचनको विकल्प निकालेपछि भने यहाँका नागरिकले आन्दोलन रोक्न सक्ने अनुमान गरिएको छ । तर, पनि राजीनामा दिइसकेका राष्ट्रपति मोरालेसले सो निर्वाचनमा सहभागी हुन नपाउने गरी कानुन बनाइएकोले उहाँका समर्थकहरूले भने जारी प्रदर्शन रोक्ने नरोक्नेबारेमा कुनै प्रतिक्रिया दिएका छैनन् ।
विगतदेखि नै हिंसात्मक प्रदर्शन जारी रहेको अवस्थामा देशको सेना र प्रहरीले पनि राष्ट्रपतिको कदमलाई समर्थन नगर्ने घोषणापछि राष्ट्रपति मोरालेसले नोभेम्बर १० मा राजीनामा गर्नुभएको थियो । मेक्सिकोतर्फ लाग्नुभएका उहाँलाई राजनीतिक शरण दिइएको थियो ।
राष्ट्रपति मोरालेसको राजीनामाको घोषणासँगै राजधानी ला पाजमा विशाल जुलुस निकालिएको थियो । मोरालेसका समर्थकहरू बोलिभियाका विभिन्न क्षेत्रहरूमा भेला भएका थिए ।
विपक्षीले समर्थन गरेको अन्तरिम सरकारका नेता जेनिन अनेजको राजीनामा, मोरालेसको फिर्तीको माग गर्दै समर्थकहरूले विरोध प्रदर्शन जारी राखेका छन् ।
मोरालेसले बोलिभियाको राष्ट्रपतिको रूपमा करीब १४ वर्ष शासन सञ्चालन गर्नुभएको थियो । यसै वर्षको अक्टोबर २० मा सम्पन्न चुनावमा उहाँ चौथो कार्यकालका लागि विजयी हुनुभएको थियो । यस निर्वाचनलाई विपक्षीहरूले भने मोरालेसले धाँधली गरेर चुनाव जितेको भन्दै चुनावी परिणाम नै अस्वीकार गरेका थिए । यहाँको संसद्ले नयाँ कानुन बनाएपछि मोरालेसका समर्थकहरूले कुनै प्रतिक्रिया दिएका छैनन् । उनीहरूले नयाँ निर्वाचनमा सहभागी हुने या नहुने भन्नेमा केही बताएका छैनन् ।
Leave a Reply