तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
कालीकोट, १० मंसिर । भारतीय विस्तारवादद्वारा अतिक्रमित नेपाली भूमि फिर्ताको माग गर्दै मङ्गलबार नेपाल मजदुर किसान पार्टीले कालीकोट जिल्लाको सदरमुकाम मान्ममा प्रदर्शन गरेको छ ।
भारतीय विस्तारवाद मुर्दावाद, सीमा अतिक्रमण बन्द गर, लिम्पियाधुरा हाम्रै हो, कालापानी पनि हाम्रै हो भन्ने नाराका साथ मान्मको जिरोप्वाइन्टबाट सुरु जुलुस बजार परिक्रमापछि प्रतिमा चोकमा पुगी सभामा परिणत भएको थियो ।
सभामा नेमकिपाका केन्द्रीय सदस्य तथा प्रदेश नं. ७ का संयोजक नन्दबहादुर शाहीले भारतीय विस्तारवादले नेपालको भूमि पटक–पटक हडपे पनि शासक दलहरू मूकदर्शक भइरहेको बताउनुभयो । शासक दलहरू पराजित मानसिकताबाट ग्रस्त भएको उल्लेख गर्दै उहाँले भारतीय हस्तक्षेपविरोधी प्रदर्शन देशैभर फैलिनु सकारात्मक भएको बताउनुभयो ।
सोभियत कम्युनिस्ट पार्टीका केही केन्द्रीय सदस्यहरूसमेत जर्मनीको गुप्तचर विभागबाट पैसा खाएर आफ्नो देशको गोप्य सूचना जर्मनीमा पु¥याएको उदाहरण दिँदै उहाँले नेपालका शासक दलका नेताहरू भारतीय गुप्तचर संस्थाको पैसा खाएर देशको सूचना भारत पठाउँदैछन् भन्नुभयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य तथा १० औँ कालीकोट जिल्ला सम्मेलन तयारी समितिका संयोजक नवराज कोइरालाले विभिन्न तथ्य तथा प्रमाणहरू हँुदाहँुदै कालापानीबाट भारतीय सेना हटाउनबाट नेपाली काङ्ग्रेस र नेकपालगायतका शासक दलहरू पछि हट्नुले शासक दलहरू भारतीय विस्तारवादको दलाल भएको साबित हुन्छ भन्नुभयो ।
२०२५ सालमा नवलपरासीको सुस्तामा भएको भारतीय अतिक्रमणको विरोधमा नेमकिपाका अग्रजहरूले आन्दोलनको नेतृत्व गरेको स्मरण गर्दै उहाँले नेमकिपा एक देशभक्त राजनैतिक दलको रूपमा स्थापित भएको बताउनुभयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय उपाध्यक्ष नरदीप शाही, पार्टी १० औँ जिल्ला सम्मेलन तयारी समितिका सचिव खड्गराज शाही र सदस्य धनञ्जय अधिकारीले पनि बोल्नुभएको थियो ।
Leave a Reply