तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर, १० मंसिर । नेपाल मजदुर किसान पार्टी भक्तपुर जिल्ला निर्वाचन परिचालन समितिको आयोजनामा मङ्गलबार सुडालको मिश्रीटारमा चुनावीसभा सम्पन्न भयो ।
सभामा नेमकिपाका सचिव एवम् सांसद प्रेम सुवालले सत्ता पक्ष एमाले – माओवादीले निर्वाचनको बैठकमा सहभागीहरूलाई नेकपामा प्रवेश भएको व्यहोरा लेखेको जालसाझी हो, निर्वाचन आचारसंहिताको उल्लङ्घन हो भन्नुभयो ।
सत्ता पक्ष नेकपाका पुष्पकमल दाहाललगायत र प्रमुख प्रतिपक्ष नेकाका रामचन्द्र पौडेललगायतले उपनिर्वाचनमा हेलिकप्टर प्रयोग गरेको आचारसंहिता उल्लङ्घन भएको उल्लेख गर्दै उहाँले कास्कीको उपनिर्वाचनमा सत्ता पक्षका नेता र कार्यकर्ता लागेर फिर्के खोलाको मापदण्ड १० मिटरलाई १ मिटर कायम गरिदिने भनी कागज लेखिदिनु पनि आचारसंहिताको उल्लङ्घन हो भन्नुभयो ।
जिल्ला–जिल्लाका संसद् सदस्य र मन्त्रीहरू काठमाडौँमा घर जग्गा जोड्नेमा लागेको हुँदा देशको सन्तुलित विकास नभएको होे, उहाँले भन्नुभयो ।
सांसद सुवालले भन्नुभयो, “नेपाली भूमि लिम्पियाधुरा, कालापानी, लिपुलेकसमेत भारतले आफ्नो नक्सामा गाभेको विरोधमा सरकारले अन्तर्राष्ट्रिय अदालतमा ३५ दिनभित्र मुद्दा दर्ता गर्नु आवश्यक छ । देशको सार्वभौमिकताको विषय प्रदेशसभामा उठाउन नेमकिपाको सदस्य बढाउन जिताउनु आवश्यक छ ।”
नेमकिपाका केन्द्रीय सदस्य अनुराधा थापामगरले कामदार वर्गको पक्षमा आवाज उठाउने सच्चा कम्युनिस्ट पार्टी नेमकिपा भएको उल्लेख गर्दै बाघ र ब्वाँसाहरूलाई मत दिएर नेपाली जनताले चिताएको व्यवस्था नआउने धारणा राख्नुभयो । अमेरिकालाई भियतनामी जनताले झुकाएजस्तै भारतीय विस्तारवादबाट नेपाली भूमि फिर्ता लिन नेपाली जनता उठ्नुपर्ने बेला आएको छ, उहाँले भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवम् प्रदेश ३ का सांसद सुरेन्द्रराज गोसाईले समृद्धि र समाजवादको नाराले जनता अलमल्याउन पाइँदैन भन्दै सरकारले जनताको भावनाअनुसार काम गर्न नसकेको कारण सरकारलाई खबरदारी गर्ने काम नेमकिपाले गरिरहेको चर्चा गर्नुभयो । सांसद गोसाईले शिक्षाविरोधी र समाजविरोधी नेकपाका उम्मेदवारलाई हराउनुपर्ने धारणा राख्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवम् प्रदेश नं. ३ का सांसद सृजना सैंजूले दुईतिहाइको सरकारलाई सङ्घीयता निल्नु न ओकल्नु भइरहेको बताउँदै प्रदेश नामकरण र राजधानीसमेत निश्चित गर्न नसक्ने प्रदेशसभा खोक्रो र अपाङ्ग बन्न पुगेको बताउनुभयो ।
भक्तपुरको प्रदेश १ ‘क’ का उम्मेदवार नीरज लवजूले विकास र समृद्धिको कुरा गर्ने नेकपाको सरकारले नेपालीहरूलाई परनिर्भरतातर्फ ढकेल्दै लगेको दाबी गर्नुभयो । उद्योग कलकारखाना बन्द गरी जग्गा बेचबिखन गर्ने भूमाफियाहरूबाट समृद्धि सम्भव नभएको चर्चा गर्दै उहाँले सिंहदरबारको अधिकार होइन भ्रष्टाचार गाउँ–गाउँ पुगेको विचार व्यक्त गर्नुभयो । देश बेचुवाहरूले जनतासित मत माग्ने अधिकारसमेत गुमाइसकेको छ, उहाँले भन्नुभयो ।
नेमकिपा भजिसका अध्यक्ष न्हुछेभक्त फोजूको सभापतित्वमा भएको उक्त सभामा सदस्य केशवप्रसाद तिमिल्सिना, नेक्रायुसङ्घ भजिस अध्यक्ष मिनबहादुर बाटालगायतले बोल्नुभयो ।
Leave a Reply