मार्गनिर्देशनबारे भाइबहिनीलाई चिठी–६
- चैत्र ३०, २०८२
काठमाडौँ, १० मंसिर । भक्तपुर जिल्लाअन्तर्गतको क्यान्सर अस्पतालको पुरानो व्यवस्थापन समितिले नियुक्ति गरेका नयाँ कामु प्रमुख कार्यकारी अधिकृत रुपेश शिलाकार, कामु मेडिकल डाइरेक्टरमा डा. दीपेश ढकाल, कामु डेपुटि मेडिकल डाइरेक्टर डा. उत्सवमान श्रेष्ठ र कामु डेपुटि मेडिकल डाइरेक्टर डा. अजयकुमार झालाई बदर गरिएको छ । जिल्लामा निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा उक्त पदहरूमा गरिएको नियुक्ति निर्वाचन आचारसंहिता २०७२ को दफा ९ र १० विपरीत भएकोले निर्वाचन आयोगले उक्त नियुक्ति बदर गरेको हो ।
ती पदहरू जुनसुकै तरिकाले नियुक्ति भए पनि उक्त नियुक्ति निर्वाचन आयोग ऐन २०७३ को दफा २३ को उपदफा (२) बमोजिम निर्वाचन आयोगले बदर गरी २४ घण्टाभित्र सोको जानकारी आयोगलाई दिन अनुरोध गरेको छ ।
उक्त निर्णय निर्वाचन आयोगले मंसिर १० गते गरेको हो । यसअघि भक्तपुर क्यान्सर अस्पतालले निर्वाचन आचारसंहिता २०७२ को परिच्छेद ४ को दफा ९ र १० विपरीत नियुक्ति गरेको व्यहोरा लेखी पठाएको थियो । बदरको जानकारीसम्बन्धी पत्रमा उपन्यायाधिवक्ता रुद्रप्रसाद सुवेदीले हस्ताक्षर गर्नुभएको छ ।
स्मरणीय छ, यही मंसिर १४ गते भक्तपुरको निर्वाचन क्षेत्र १ ‘क’ मा प्रदेशसभा सदस्यको निर्वाचन हुन गइरहेको छ । निर्वाचनलाई स्वच्छ, शान्तिपूर्ण र मर्यादित बनाउन निर्वाचन आयोगले गत कार्तिक ८ गतेदेखि लागू हुने गरी निर्वाचन आचारसंहिता जारी गरेको थियो ।
Leave a Reply