भर्खरै :

सुडालवासीसँग पन्ध्र करोड ठगी गर्नेलाई कारबाही माग

भक्तपुर, १२ मंसिर । चाँगुनारायण नगरपालिका वडा नं. ८ सुडालका महिलाहरूसँग रू. १५ करोडभन्दा बढी नगद र गहना ठगी गर्ने अभियुक्त सङ्गीता श्रेष्ठ अधिकारीबाट आ–आफ्नो रकम र गहना असुलउपर गराउन पीडितहरूले भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट र प्रहरी उपरीक्षक सविन प्रधानसँग आग्रह गर्नुभयो ।
पीडित महिलाहरूले अभियुक्तलाई रू. ४० लाख चेक बाउन्समा मात्र कारबाही गरिएको तर आफूहरूसँग ठगी गरिएको करोडौँ रकमबारे आवश्यक अनुसन्धान गरी रकम असुल गराउने र निज ठगमाथि कडा कारबाही अघि बढाउनुपर्ने आवश्यकता औँल्याउनुभएको थियो ।
अभियुक्त सङ्गीतालाई कुन मतियारहरूले साथ र सहयोग गरिरहेका हुन् सोसमेत छानबिन गरी आवश्यक कारबाही गर्नुपर्ने पीडितहरूको माग थियो । प्रजिअ भट्ट र प्रहरी उपरीक्षक प्रधानले आवश्यक छानबिन गरी दोषीमाथि कारबाही गर्ने प्रतिबद्धता जनाउनुभयो ।
अभियुक्त सङ्गीताले ठगी गरेको रकमबाट घर बनाएको देखिए पनि बाँकी रकम कता प्रयोग ग¥यो स्पष्ट नभएको पीडितहरूको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *