भर्खरै :

दाहालको अनसन र प्रमको निर्देशन

काठमाडौँ, १२ मंसिर । केही दिनअघि नेकपाका दोस्रो वरियताका अध्यक्ष पुष्पकमल दाहालले विकास–निर्माणमा ढिलो भए आफू अनसन बस्ने बताउनुभयो । भक्तपुर–नगरकोट सडक ठेक्का लिएका दाहालका घरभेटीले दुई वर्षमा टुङ्ग्याउनुपर्ने पीच ६ वर्षमा पनि टुङ्ग्याएका छैनन् । के दाहाल आफ्नै घरभेटीको विरोधमा अनसन बस्न खोज्नुभएको हो ? के ठग ठेकेदारले दाहालको अनसनलाई कदर गर्छ ?
दाहालको नेतृत्वमा २०५२ देखि २०६२ सम्म सशस्त्र द्वन्द्व भयो । सशस्त्र द्वन्द्व सुरू भएलगत्तै कसको आधारमा हुँदै छ भन्ने प्रश्न उठेकै हो । शान्ति प्रक्रियासँग दाहाल र बाबुराम भट्टराईले सशस्त्र द्वन्द्व, शान्ति प्रक्रिया र सरकारसम्म भारतको सहयोग भएको बताउनुभयो । यसको पुष्टि भारतीय विदेशमन्त्री प्रणव मुखर्जीले गर्नुभएको थियो । भारतले महाकाली नदीको मुहान लिम्पियाधुरा, कालापानी र लिपुलेकसमेत आफ्नो नक्सामा गाभेर जारी गरेको विरोधमा दाहाल अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दर्ता गर्न मान्नुभएन । यसले माओवादी सशस्त्र द्वन्द्वको बेला नेपालमा भएको सत्र हजारको हत्या, विध्वंस, लुटपाटमा भारतीय विस्तारवादको हात रहेको र दाहाललगायत नेताहरू भारतीय ट्रोजन हर्स भएको पुष्टि गर्छ ।
पञ्चायती निरङ्कुशताविरूद्ध नेका र एमालेले पनि सङ्घर्ष गरेका थिए । बहुदलीय व्यवस्था पुनःस्थापनापछि नेका, एमाले र माओवादीले पालैपालो सरकारको नेतृत्व गरे । तर, पूर्वअख्तियार प्रमुख दीप बस्न्यातमाथि नै सम्पत्ति शुद्धीकरणको मुद्दा सुरू गर्नुप¥यो । वीर अस्पतालको २०० रोपनी गुठीको जग्गा व्यक्तिको नाममा दर्ता गरी बेचबिखन गरिएको सार्वजनिक भयो । भारतको इलेक्ट्रोनिक्स अफिसमा जागीर खुवाइने भनी कोठीमा पु¥याइएको पनि समाचार प्रकाशित भयो । कर्मचारी र ऋणीको मिलेमत्तोमा बैङ्क ठगीका घटना सामान्य भइरहेको छ । एमालेकै नेता प्रदीप ज्ञवालीले वर्तमान सरकारलाई दलाल पुँजीपति वर्गको भएको दाबी गर्नुभयो । सरकारको तीखो आलोचना गर्ने घनश्याम भुसालले भर्खरै मन्त्री पद पाउनुभयो । घैँटे र चरी प्रहरी मुठभेडमा मारिएपछि अलि घटेका हुन् र गुण्डाको गतिविधि फेरि बढ्दो छ । यस्तो स्थितिमा प्रधानमन्त्री ओलीको मन्त्री र सचिवलाई निर्देशन छ – “प्रमलाई घूस दिनुपर्छ भनी मेरो नाम नमुछ्नु होला । प्रमलाई हिस्सा चाहिने नसोच्नुस् ।’ हो, हावा नचली पात हलिन्न । त्यसै हल्ला भएको होला र ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *