भर्खरै :

संरा अमेरिकी दोहोरो मानक विफल हुने निश्चित

काठमाडौँ, १५ मंसिर । सिन्ह्वा समाचार समितिले नोभेम्बर ३० तारिखका दिन ‘अमेरिकाले ऐनामा हेरेर मानवअधिकारको डबल मानक त्याग्न सुझाव’ शीर्षकमा टिप्पणी लेख प्रकाशित ग¥यो ।
लेखमा अमेरिकाले सन् २०१९ हङकङ मानवअधिकार र प्रजातन्त्र विधेयकलाई कानुनको रूपमा हस्ताक्षर गरी तथाकथित मानवअधिकार र प्रजातन्त्रको निहुँमा चीनको आन्तरिक मामिलामा हस्तक्षेप गरेको उल्लेख छ । हङकङको हिंसात्मक गतिविधि तथा डामाडोल परिस्थितिलाई रोक्ने बेलामा उल्टै हिंस्रकलाई समर्थन दिइएको छ जसबाट मानवअधिकार विषयमा संरा अमेरिकाको झूटो अनुहार र दोहोरो मानक देखिएको जनाइएको छ ।
लेखले अमेरिकाले अरू देशमा हस्तक्षेप गरिरहेको छ तर अमेरिकाको मानवअधिकार अवस्था निकै कमजोर भइरहेको पनि भनेको छ । संरा अमेरिकाले राम्रोसित ऐनामा हेरेर आफ्नो कमजोर मानवअधिकार समस्याको समाधान गर्न सुझावसमेत दिइएको छ ।
लेखमा अगाडि भनिएको छ, हालै संरा अमेरिकाले तथाकथित हङकङ मानवअधिकार र प्रजातन्त्र विधेयकलाई कानुनको रूपमा हस्ताक्षर गरेको छ जसले प्रजातन्त्र र मानवअधिकारको निहुँमा हङकङ मामिलालगायत चीनको आन्तरिक मामिलामा गम्भीररूपमा हस्तक्षेप गर्नुका साथै अन्तर्राष्ट्रिय ऐन र अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत नियमभन्दा अति विपरीत भएको छ । यसबाट संरा अमेरिकाले दोहोरो मानक अपनाएको, झूटो र प्रभुत्ववादसमेत देखिएको छ । जनमतसँग विपरीत अमेरिकी गतिविधि अवश्य विफल हुनेछ ।
हङकङमा हिंस्रक तत्वद्वारा गरिएको अपराधलाई अमेरिकाले निन्दा होइन उल्टै सुन्दर दृश्यको रूपमा वर्णन गरेको छ र हिंसालाई समर्थन दिएको छ । वास्तवमा उस्तै हिंस्रक दङ्गा संरा अमेरिकामा देखिँदा अमेरिकी आन्तरिक विभागले निकै कडा व्यवस्थापन गरेको छ । एक वर्षयता अमेरिकी आन्तरिक सुरक्षा विभागले अमेरिकामा धेरै प्रदर्शनलाई कडारूपमा रोकेको छ । प्रदर्शनकारीले प्रहरीमाथि हिंसात्मक गतिविधि गरेमा पक्कै कडा सजाय पाउँछ । फ्रान्सेली पूर्वकूटनीतिज्ञ लिओनेल भाइरोनले भन्नुभयो, “पसल लुट्ने, सार्वजनिक प्रबन्धमाथि क्षति पु¥याउने, स्कूललाई कब्जा गर्ने आदि गतिविधि पश्चिमी मुलुकमा भएमा त्यसलाई खराब र बदमास गतिविधिको रूपमा लिइन्छ तर हङकङमा त्यसलाई प्रजातन्त्रको खोजको रूपमा चित्रण गरिएको छ ।”
केही अमेरिकीले आफ्नो प्रभुत्वको संरक्षण गर्न आफ्नो हितसँग मिलेमा अपनाउने तर नमिलेमा त्याग्ने दोहोरो मानक लिइरहेका छन् । आतङ्कवाद विरोधको विषयमा अमेरिकाले निहुँ खोजेर विदेशमा आक्रमण युद्ध चलाएको छ तर अरू देशको उचित आतङ्कवाद तथा उग्रवाद विरोध नीतिलाई झूटो निन्दा गरेको छ । संरा अमेरिकाको कमजोर मानवअधिकार अवस्था लुकेको छ । मानवअधिकारको निहुँमा संरा अमेरिकाले अरू देशमाथि आक्रमण गरेको छ । व्यापारिक संरक्षणवाद चलिरहेको छ तर भन्सार करको निहुँमा अरू देशलाई बजार खुला गर्न लगाइरहेको छ, विश्वभरि निरीक्षण गरिरहेको छ । आफू इन्टरनेट प्रहारको शिकार हो भन्ने कुरा गुनासो छ । संरा अमेरिकाको उक्त झूटो गतिविधिबाट पश्चिमी सहयोगी मुलुकलगायत धेरैजसो मुलुकलाई हानी पुगेको छ र निन्दा पनि गरिएको छ ।
संरा अमेरिकाले थाहा पाउनुपर्छ, दोहोरो मानक एक दोहोरो तरबार हो, अरूमाथि प्रहार गर्दा आफूलाई पनि क्षति हुन्छ । केही अमेरिकी कूटनीतिज्ञलाई हङकङ मामिलामा हस्तक्षेप रोक्न हाम्रो सुझाव छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *