भर्खरै :

तार्केश्वरमा नेक्राविसङ्घको भेला

काठमाडौँ, १५ मंसिर । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ काठमाडौँ जिल्ला समितिको आयोजनामा तार्केश्वर नगरपालिकाका विद्यार्थीहरूको भेला शनिबार सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपा काठमाडौँका जिल्ला कोषाध्यक्ष एवं तार्केश्वर नगर समितिका अध्यक्ष श्यामकुमार महर्जनले देशको सार्वभौमिकता र भू–अखण्डता जोगाउन सरकार असक्षम भएको स्पष्ट पार्दै जनतालाई सचेत बनाउन क्रियाशील हुनुपर्ने बताउनुभयो । उहाँले राजनीति भनेको देश र जनताको सेवा गर्नुभएको बताउनुभयो ।
नेमकिपा काठमाडौँका जिल्ला सदस्य धर्म महर्जनले विद्यार्थीहरू सङ्गठित भएर समाजलाई प्रगतिमा दोहो¥याउनेमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
नेक्राविसङ्घका काठमाडौँ जिल्ला अध्यक्ष रुपा थापामगरले लिपुलेक, कालापानी र लिम्पियाधुरामा भारतीय अतिक्रमणबारे प्रस्तुति दिनुभएको थियो ।
कार्यक्रममा नेक्राविसङ्घ काठमाडौँ जिल्लाका अनुव्रत डंगोलले पनि बोल्नुभएको थियो ।
भेलाले मन्दिरा महर्जनको अध्यक्षतामा एघार सदस्यीय नेक्राविसङ्घ तार्केश्वर नगर समिति गठन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *