भर्खरै :

चितवनमा ‘श्रमिक’ साप्ताहिकबारे अध्ययन गोष्ठी

नारायणगढ, १५ मंसिर । नेपाल क्रान्तिकारी मजदुर सङ्घ जिल्ला समिति चितवनको आयोजनामा सङ्घको स्थापना दिवसको अवसरमा श्रमिक साप्ताहिक वर्ष २६, अङ्क ४५ को अध्ययन गोष्ठी कार्यक्रम शनिबार सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपा जिल्ला अध्यक्ष हरिप्रसाद दुवालले श्रमिक र मजदुर पत्रिकाले कामदार जनताको आवाज बुलन्द गर्दछ, नियमितरूपमा पत्रिका अध्ययन गरे समाजको अवस्थाको विषयमा जानकार हुने धारणा राख्नुभयो ।
उहाँले भन्नुभयो, “ज्ञान आर्जनले मानिसको सोच्ने शक्तिमा वृद्धि हुन्छ । मजदुर र किसान पनि राजनैतिकरूपमा सचेत र सङ्गठित भइ आफ्नो हकअधिकारको निम्ति सङ्घर्ष गर्नुपर्छ ।”
मजदुर सङ्घका अध्यक्ष राजकुमार श्रेष्ठले दुईतिहाइ बहुमत प्राप्त नेकपाले कम्युनिस्टको बदनाम गरेको चर्चा गर्दै नेमकिपाले विभिन्न पत्रपत्रिका तथा साहित्यमार्फत माक्र्सवादी विचारलाइ जनतामाझ पु¥याउँदै आएको बताउनुभयो । कार्यक्रममा ज्ञानेन्द्र चेपाङ, पदम थापा मगरले पनि ‘श्रमिक’ साप्ताहिक अध्ययन गर्नुपर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *