खासाङखुसुङ खोला सफाइ अभियान चासो, बुझाइ र वास्तविकता
- असार १४, २०८३
– गोपाल नगरकोटी
प्रधानमन्त्री केपी ओलीलाई भारतीय समकक्षी नरेन्द्र मोदीले स्वास्थ्यलाभको कामना गरे । बिरामीको स्वास्थ्यलाभको कामना गर्छ, गर्नुपर्छ । तर, स्वास्थ्यको कामनाले नेपाल–भारत सम्बन्ध नयाँ उचाइमा पुग्दैन । प्रम ओलीको स्वास्थ्योपचार गर्न हरेक प्रकारको सहयोग गर्न भारत तयार छ भन्दैमा दुई देशबीचको मित्रता बढ्दैन । दुई देशबीचको सम्बन्ध विकास गर्न, सुदृढ बनाउन एउटा देशले अर्को देशको स्वाधीनता र सार्वभौमिकता स्वीकार्नुपर्छ । आपसी सहयोग र समानताको आधारमा काम कुरो अघि बढाउनुपर्छ । मिचिने, थिचिने कार्य रोकिनुपर्छ । हस्तक्षेप, दबाब र अतिक्रमण रोकिनुपर्छ । अनिमात्र मित्रता बढ्छ । दुई देशको सम्बन्ध प्रगाढ हुन्छ ।
प्रम ओलीले दोस्रो पटकको मिर्गौला प्रत्यारोपण भारतमै गरून् भन्ने चाहना भारतीय प्रम मोदीको विचार रहेको छ । स्वास्थ्योपचार स्रोत र साधन भएको उपयुक्त स्थानमा गर्नुपर्छ, त्यसमा कुनै सन्देह छैन । तर हरेक उपचार विदेशमै गएर गर्नुपर्छ भन्ने पनि होइन । उपचारको लागि भारत सरकारले जस्तोसुकै सहयोग गर्न तत्पर रहेको बताएकै भरमा त्यही गर्नुपर्छ भन्ने होइन । मिर्गौला प्रत्यारोपण नेपालमै भइरहेको छ । नेपालमै सफलतापूर्वक प्रत्यारोपण गर्न सकिन्छ भन्ने सम्बन्धित चिकित्सकहरूको भनाइ रहेको छ । मिर्गौलाको प्रत्यारोपण सफलतापूर्वक भइरहेको पनि हो । नेपालमै मिर्गौला प्रत्यारोपण भए देशकै इज्ज्त बढ्छ र अरुको भरपर्नु पर्दैन ।
आफ्नै देशमा मिर्गौला प्रत्यारोपणको स्रोत र साधन नभए विदेशमा जानु पनि पर्छ, विदेश पुगेर स्वास्थ्योपचार गर्नुपर्छ । तर नेपालका उच्चपदस्थ व्यक्तिहरू या नेता र मन्त्रीहरू विदेशमै गएर स्वास्थ्योपचार गर्न मनपराउँछन् । उपचार गराइरहेका छन् । विगतमा स्वास्थ्योपचारको निम्ति सरकारको करोडौँ रूपैयाँ सहयोग लिएर कति नेता र मन्त्रीहरू विदेश धाए । सुखी नेपाली र समृद्ध नेपाल सपना बोकेको दलले नेपालको भर छैन भनेर विदेशमा उपचार गराएर देश कसरी आत्मनिर्भर हुन्छ ? आफ्नै देशमा बन्दोबस्त भएसम्म अरु देशमा स्वास्थ्योपचार किन गर्नुप¥यो ? पैसा पनि जोगिन्छ, देशको इज्जत पनि बढ्छ ।
Leave a Reply