शान्ति स्थापना गर्न ‘ग्रेटर इजरायल’ लाई रोक !
- असार ११, २०८३
काठमाडौँ, १८ मंसिर । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले नख्खु कारागारको स्थितिबारे बुधबार अध्ययन भ्रमण ग¥यो ।
कारागारका प्रमुख उपसचिव सुरेन्द्र पौडेलले विसं २०७५ सालमा टक्सार भवन रहेको ठाउँलाई विसं २०१८ सालदेखि थुनुवा राख्न प्रयोग गरिएको बताउनुभयो ।
उहाँले २०२७ सालदेखि नख्खु कारागार बनाइएको उल्लेख गर्दै २०६२ वैशाख २४ देखि सशस्त्र प्रहरी बल दक्षिणकाली गण मातहत कारागार सुरक्षा बेस व्यवस्था गरिएको बताउनुभयो ।
कारागारको ४५ रोपनी परिसरलाई सीआरसी, डीआरसी, नयाँ भवन र महिला बन्दी गृह (हाल सञ्चालन बन्द) गरी चार ब्लकमा विभाजन गरिएको उल्लेख गर्दै पौडेलले सत्ता पक्ष र प्रमुख प्रतिपक्षका केही सांसदहरूले फलाना थुनुवा÷बन्दीलाई नाइके वा चौकीदार बनाउनु भनी दबाब दिएको बताउनुभयो ।
उहाँले कारागारमा कुल १,५३४ जना कैदी बन्दीमध्ये ५४८ जना कैदी, ५७ जना विदेशी थुनुवा र ९३८ जना थुनुवा (कैद नतोकिएको) रहेको बताउँदै बन्दी नाइके र चौकीदारको नियुक्ति नियमावलीअनुसार जेलरको सिफारिसमा सीडीओ र महानिर्देशकको अनुमतिमा हुने उल्लेख गर्नुभयो ।
विसं २०७२ को भूकम्पमा भत्किएको पुरानो भवनमा केही नयाँ भवन र अस्पताल निर्माण भए पनि सञ्चालनमा नआएको उहाँले जानकारी दिनुभयो ।
सांसद र मन्त्रीसमेत भइसकेकाहरू सञ्जयकुमार साह (तक्ला), अफताव आलम नख्खु कारागारको थुनामा छन् भने माओवादीबाट संविधानसभा सदस्य (२०६४) हाल नेकपा विप्लवका हेमन्तप्रकाश ओली, जाली नोटमा कैद परेका सलिम मिया अन्सारी पनि सोही कारागारमा छन् ।
कैदी बन्दीको तर्फबाट विशाल गुरूङ, कपिल सुनारलगायतले महँगीअनुसार खाना खर्च रू. ६० पर्याप्त नभएको, कैद छुट शनिबारसमेतको पाउनुपर्ने, कैदी बन्दीलाई उत्पादनमूलक काममा लगाउनुपर्ने, अपराध हेरी कैदीबन्दी अलग राख्नुपर्ने बताउनुभयो ।
कैदी बन्दी गौबहादुर गुरूङ आरोपबाट सफाइ पाएको ३ वर्ष भए पनि परिवारबाट बुझ्ने काम नहुँदा हालसम्म कारागारमा रहेको बताइयो ।
Leave a Reply