शान्ति स्थापना गर्न ‘ग्रेटर इजरायल’ लाई रोक !
- असार ११, २०८३
नयाँदिल्ली, १८ मंसिर (एएनआई) । भारतीय सङ्घीय मन्त्रिपरिषद्ले बुधबार नागरिकता (संशोधन) विधेयक स्वीकृत गरेको छ । यस विधेयकमा पाकिस्तान, अफगानिस्तान र बङ्गलादेशका गैर–मुस्लिम नागरिकलाई नागरिकता दिने प्रावधान समेटिएको छ ।
प्रस्ताविक विधेयकमा उत्पीडन र अत्याचारको सामना गर्नुपरेका गैर–मुस्लिम नागरिकलाई नागरिकता उपलब्ध गराउने व्यवस्था गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भारतीय केन्द्रीयमन्त्री प्रकाश जावडेकरले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै बुधबार बिहान उक्त जानकारी दिनुभएको हो । भारतीय लोकसभाको चालू हिउँदे सत्रमा यो विधेयक प्रस्तुत हुनेछ ।
केन्द्रीय गृहमन्त्री अमित शाहले मङ्गलबार यही विषयमा उत्तरपूर्वी भारतीय राज्य मणिपुर, नागाल्याण्ड र आसामका मुख्यमन्त्रीसहित धेरै राजनीतिक नेता र अधिकारकर्मीसँग छलफल गर्नुभएको थियो । भारतीय राष्ट्रिय कङ्ग्रेससमेतका विपक्षी दलले उक्त विधेयकको विरोध गरेका छन् । धर्मका आधारमा नागरिकता प्रदान गर्न भारतीय संविधानले नै रोकेको उनीहरूको भनाइ छ ।
Leave a Reply