भर्खरै :

ते¥हौँ सागः मरुभूमिमा पानी

नेपाली राष्ट्रिय खेलाडीको लागि कुनै पनि अन्तर्राष्ट्रिय खेलमा उत्कृष्ट नतिजा निकाल्न सहज छैन । खेलकुदको पूर्वाधारमा हाम्रो देश गरिब त छ नै । साथै खेलकुद क्षेत्रमा हुने पक्षपातका कारण पनि खेलाडीहरू निरुत्साहित हुने गरेका छन् । नेपाली खेलाडीहरू खेलेरै दैनिक गुजारा चलाउने अवस्थामा छैनन् । त्यसकारण दैनिक गुजारा चलाउन कुनै न कुनै पेशामा संलग्न हुनुपर्ने र खेललाई पनि सँगै लानुपर्ने खेलाडीको बाध्यता छ । तथापि काठमाडौँ र पोखरामा चालू तेह«ौँ साग खेलकुद प्रतियोगितामा नेपाली खेलाडीले हासिल गरेका सफलताले भने नेपालको खेल क्षेत्रमा नयाँ उत्साहको सञ्चार गर्ने देखिन्छ ।
नेपाली खेलाडीहरूले विभिन्न खेलमा २९ स्वर्ण, १४ रजत र १८ कास्य पदक जित्न सफल भएका छन् । पदक तालिकामा नेपाल अग्रस्थानमा छ । भारतले २३ स्वर्णसहित ५३ पदक, पाकिस्तानले ८ स्वर्णसहित ३५ पदक जित्न सफल छन् । पदक तालिकामा चौथो, पाँचौँ, छैटौँ र सातौँमा क्रमशः श्रीलङ्का, बङ्कलादेश, माल्दिभ र भुटान छन् ।
खेलकुद क्षेत्रमा पक्षपात, खिचातानी र पूर्वाग्रह अन्त्य गर्न सके आगामी दिनमा नेपालको खेल क्षेत्रले अझै सफलता हासिल गर्दै जाने छ । खेलकुदका पूर्वाधार निर्माणमा हुने अनियमितता र भ्रष्टाचार अन्त्य गर्न राज्यका जिम्मेवार निकायले अझ मिहिनेत गर्न जरुरी छ । पूर्वाधार निर्माणको नाममा सरकार र विभिन्न अन्तर्राष्ट्रिय निकायबाट आउने रकमको सही सदुपयोग हुनुपर्छ ।
सरकारी निकायबाट खेलाडीलाई हुने पक्षपातका कारण धेरै प्रतिभाशाली खेलाडीहरू निराश छन् । सरकारी सुविधा र अवसर पाउन सरकारमा रहेको दलकै नजिक हुनुपर्ने वा अनुकम्पा पाउनुपर्ने अवस्थाले खेलकुद क्षेत्रमा मिहिनेती र प्रतिभाशाली खेलाडीले मौका पाउने गरेका छैनन् । खेलकुदसँग सम्बन्धित राज्यका निकायले पक्षपात गर्ने र पूर्वाग्रह पाल्ने काम गर्नु उचित होइन । कुनै बेला खेलकुद क्षेत्र सत्तासीन दलकै ‘गुण्डा’ तयार गर्ने क्षेत्र थियो । त्यसकारण धेरै खेलाडीहरू आफ्नो साधनाबाट विमुख हुनुप¥यो । आज पनि त्यो परिस्थितिमा ठूलो अन्तर आएको छैन । यस्तो समस्या नै खेलकुद क्षेत्रमा खग्रास ग्रहण निम्त्यिाउने कारक हो ।
ते¥हौँ साग खेलकुद प्रतियोगिताले खेल क्षेत्रमा थपेको ऊर्जा खेलाडी र प्रशिक्षकको कडा मिहिनेतको योगफल हो । यो उत्साहलाई आगामी दिनमा अझ बृहत् बनाउन राज्यका सम्बन्धित निकायले भूमिका खेल्नुपर्छ । खेलकुद क्षेत्रको विकासको लागि आवश्यक पूर्वाधार काठमाडौँ उपत्यकामा मात्र सीमित नगरी देशका अन्य क्षेत्रमा पनि बिस्तार गर्नुपर्छ । साग खेलकुद काठमाडौँमा मात्र सीमित नगरी पोखरामा पनि केही खेल गर्नु राम्रो सुरुवात हो । आगामी दिनमा यस्ता राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलकुदलाई देशका अन्य सहरमा पनि गर्नसक्ने अवस्था बनाउनुले देशको सन्तुलित विकासमा मद्दत गर्ने छ ।
खेलकुद क्षेत्रलाई केही सीमित धनीमानी र सम्भ्रान्त परिवारको हालीमुहालीबाट मुक्त गर्नुपर्छ । खेलकुदलाई जनस्तरसम्म व्यापक बनाउन सके नयाँ पुस्ता स्वस्थ हुने छ । खेलकुद क्षेत्रमा नयाँ–नयाँ प्रतिभाको उदय हुनेछ । खेलकुदसँग सम्बन्धित राज्यका निकायहरूले व्यापक र दूरदर्शी दृष्टिकोणसहित काम गर्न सके लामो समयपछि अहिले खेल क्षेत्रमा अङ्कुराएको आशा विश्वासमा रुपान्तरण हुँदै जाने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *