नेपाल–भारत मैत्रीको एक उदाहरणः कोसी योजना
- कार्तिक १९, २०८३
तुलसीपुर, १८ मंसिर । सामान्य विद्यार्थीहरूको पुस्तक वैशाखमै आइपुग्छन् तर फरक क्षमता भएका दृष्टिविहीन विद्यार्थीका लागि पुस्तक आउन ढिलाइ हुन्छ । पुस्तक आउन ढिलाइ हुँदा पठनपाठनमा समस्या हुने गरेको तुलसीपुरको गुरुजजुर माविमा कक्षा १० मा अध्ययनरत विद्यार्थी रामप्रसाद विकले बताउनुभयो ।
अन्य सामान्य विद्यार्थीको पुस्तक समयमै आउँछ । उहाँले भन्नुभयो, “तर, हामी दृष्टिविहीनका लागि पुस्तक ढिला आउँछ ।” यसरी पुस्तक आउन ढिलो हुँदा आफ्नो पढाइ ढिला हुने गरेको उहाँले बताउनुभयो । किताब नआउँदा त्यतिकै विद्यालय जाने र शिक्षकले भनेको सुन्ने मात्रै हुने तर घरमा गएर पढ्ने अवस्था नहुने विद्यार्थीको भनाइ छ ।
दृष्टिविहीन शिक्षक रामबहादुर खड्काले समयमै पुस्तक नआउँदा पढाउनसमेत समस्या हुने गरेको बताउनुभयो । “दृष्टिविहीन विद्यार्थीका पुस्तक समयमै नआउँदा पठनपाठनमा समस्या हुने गरेको छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार दृष्टिविहीनका पुस्तक भदौ÷असोजतिर मात्रै आउने हुँदा दृष्टिविहीनको कक्षा धेरै पछाडि हुने गरेको छ ।
त्यस्तै कक्षा १० भन्दा माथिका दृष्टिविहीन विद्यार्थीका लागि पुस्तक नछापिने हुँदा समस्या हुने गरेकोसमेत उहाँले बताउनुभयो । १० कक्षाभन्दा माथिका विद्यार्र्थीका लागि पुस्तक छापिँदैनन् । उहाँले भन्नुभयो, “त्यसले गर्दा पठनपाठनमा समस्या हुने गरेको छ ।” विद्यार्थीले शिक्षकले पढाएको सुनेको आधारमा तथा अडियो सामग्रीका आधारमा पढ्ने गरेका छन्, त्यो पढाउँदासम्म मात्रै बुझ्ने र पछि फेरि दोहो¥याएर पढाइ नहुने हुँदा बिर्सिने समस्या हुने गरेको उहाँले बताउनुभयो ।
साथै दृष्टिविहीन विद्यार्थीका लागि ब्रेललिपिमा प्रश्नपत्र तयार हुनुपर्ने दृष्टिविहीन शिक्षक कुशल तामाङले बताउनुभयो । अहिले सामान्य विद्यार्थीहरू सरह प्रश्नपत्र आउँछन् । उहाँले भन्नुभयो, “त्यसले गर्दा दृष्टिविहीनले आफैँ प्रश्न पढ्न पाउँदैनन्, अर्काले भनिदिएको प्रश्नको आधारमा उत्तर लेख्नुपर्ने हुन्छ ।” साथै उहाँले अन्य अपाङ्गता भएका व्यक्तिसरह दृष्टिविहीनलाई दाँज्न नहुनेसमेत बताउनुभयो । अन्य अपाङ्गताभन्दा दृष्टिविहीन भएका व्यक्ति फरक हो, १० प्रकारका अपाङ्गता भएका व्यक्तिमध्ये दृष्टिविहीन भएका व्यक्तिले यो संसार देख्न पाएको हुँदैन । उहाँले भन्नुभयो, “त्यसैले राज्यले पनि विशेष तरिकाले हुनुपर्छ ।” अहिले दाङमा गुरुजजुर मावि तुलसीपुर र लमहीको आदर्श मावि लालमटियामा दृष्टिविहीनका लागि पठनपाठन भइरहेको छ ।
तुलसीपुरमा ३० र लमहीमा १० भन्दा बढी दृष्टिविहीन विद्यार्थीलाई छात्रावास सञ्चालन गरेर अध्यापन गराइएको छ । तुलसीपुरमा तीन र लमहीमा एकजना दृष्टिविहीन शिक्षक कार्यरत छन् । साथै दृष्टिविहीनका लागि सरकारले समयमै बजेट पनि उपलब्ध गराउनुपर्ने उहाँहरूको माग छ ।
Leave a Reply