छानबिन आयोगको जेनजी आन्दोलनबारे सम्बन्धित पदाधिकारीसँगको बयानको सार सङ्क्षेप – ३
- बैशाख ५, २०८३
काठमाडौँ, १९ मंसिर । “भूकम्प पीडितको लागि दिइएको तीन लाख रूपैयाँको अनुदानबाट काठमाडौँ उपत्यकामा भत्किएको धराप पनि पन्छाउन पुग्दैन । काठमाडौँ जिल्लाका ४७,६६५ भूकम्प पीडितमध्ये २३,१४४ ले मात्र घर पुनःनिर्माण सुरू गरे । ललितपुर जिल्लाका २८,४६३ भूकम्प पीडितमध्ये १२,१४८ जनाले मात्र घर पुनःनिर्माण सुरू गरे । भक्तपुरका २८,४२६ भूकम्प पीडितमध्ये ११,९९६ जनाले मात्र घर पुनः निर्माण सुरू गरे । यसकारण भूकम्प पीडितलाई दिइने अनुदान रू. दस लाख पु¥याउनु आवश्यक छ र पुनःकर्जा चालू राख्नुपर्दछ ।”
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा बिहीबार उक्त भनाइ राख्नुभएको हो ।
सम्पदा जीर्णोद्धारमा डोजर, टिपर, स्कात्ेटर प्रयोग गर्न नहुने, भक्तपुर दरबार क्षेत्रलगायत काठमाडौँ र ललितपुरका सम्पदा जीर्णोद्धार तथा रानीपोखरी जीर्णोद्धारमा डोजर, स्कात्ेटर र टिपर प्रयोग गर्नु गलत भएको उल्लेख गर्दै सांसद सुवालले रानीपोखरी जीर्णोद्धारमा एक विशेष माटो ‘द्यचा’ राख्नुपर्नेतर्फ सरकार र पुनःनिर्माण प्राधिकरणको ध्यानाकर्षण गराउनुभयो ।
घरहरूको पुरानो इँटा हराएको समाचारतर्फ सरकारको ध्यानाकर्षण गराउँदै सांसद सुवालले जीर्णोद्धार र पुनःनिर्माणमा भूकम्पीय जोखिम न्यूनीकरण प्रविधि महत्वपूर्ण हुने उल्लेख गर्नुभयो ।
“भूकम्प पीडितलाई दिइएको सरकारी अनुदानबाट बनेका भवनमा मान्छे बस्न नमिल्ने भएर गाईवस्तु पालिएको समाचार छ । प्राधिकरणले कुल ८,२०,६९१ भूकम्प पीडितमध्ये ४,८१,७५६ को पुनःनिर्माण सम्पन्न भएको तथ्याड्ढ सार्वजनिक ग¥यो । मान्छे बस्न उपयुक्त कति वटा भवन बने स्पष्ट गर्नु आवश्यक छ ।” सांसद सुवालले सरकार र प्राधिकरणको ध्यानाकर्षण गर्दै भन्नुभयो ।
भारतले पुनःनिर्माणको लागि एक खर्ब रूपैयाँ अनुदान दिने बताए पनि नदिएको उल्लेख गर्दै सांसद सुवालले पुनःनिर्माण कार्य विदेशीको भरमा गर्न नहुने पाठ सरकारले लिनु आवश्यक भएको बताउनुभयो ।
प्राधिकरणका कार्यकारी प्रमुख इ. सुशील ज्ञवालीले भारतबाट आउने रू. एक खर्ब अनुदानमा दुईवटा सर्तमा भारतकै ठेकेदारलाई काम दिनुपर्ने र पचास प्रतिशतभन्दा बढी निर्माण सामग्री भारतकै प्रयोग गर्नुपर्ने रहेको उल्लेख गर्दै निजी घर निर्माण गर्न भारतको ठेकेदार र भारतीय सामग्री प्रयोग गर्न सम्भव नभएको बताउनुभयो ।
कार्यकारी प्रमुख ज्ञवालीले हालसम्म पुनःनिर्माण गर्न नसकेका भूकम्प पीडितको लागि आवश्यक योजना प्राधिकरणले बनाउने उल्लेख गर्दै आगामी छठ पर्वमा रानीपोखरी र अर्को ९ महिनामा धरहरा निर्माण सम्पन्न हुने बताउनुभयो ।
“अहिले धरहराको तेस्रो तला बन्दै छ, दुई हप्तामा एक तला बन्ने छ”, कार्यकारी प्रमुख ज्ञवालीले स्पष्टसँग राख्नुभयो ।
सांसदहरू दिलेन्द्रप्रसाद बदू, नवराज सिलवाल, अमरेशकुमार सिंह, कृष्णगोपाल श्रेष्ठ, मीना पाण्डे, रेखा शर्मा, यशोदा सुवेदीले भारतीय अनुदान नआएको र चुनौती र समाधान तथा भूकम्प पीडितलाई रोजगारीबारे जिज्ञासा राख्नुभएको थियो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्र गुरागाइँले प्राधिकरणको पुनः निर्माणबारे अनुगमन भइरहेको बताउनुभयो ।
Leave a Reply