‘जस्तोसुकै बाधा व्यवधानबिच पनि हामी निरन्तर जनताको सेवामा समर्पित भएर अघि बढिरहनेछौँ
- कार्तिक १०, २०८३
भक्तपुर, १९ मंसिर । ख्वप बहुप्राविधिक अध्ययन संस्था (सिभिल विभाग) को आयोजनामा ‘कालापानी–लिपुलेक–लिम्पियाधुरामा भारतले गरेको अतिक्रमण’ विषयमा बिहीबार सचेतना कार्यक्रम भयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ केन्द्रीय समितिका अध्यक्ष सविन ख्याजूले भारतीय सीमा अतिक्रमणविरूद्ध नेपाल सरकार अन्तर्राष्ट्रिय अदालतमा जानुपर्नेमा जोड दिँदै सार्वभौमिकता र अखण्डता जोगाउन विद्यार्थीहरू अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले विसं २०१८ सालमा लिम्पियाधुरा क्षेत्रमा नेपालबाट जनगणना हुनु, सरकारलाई त्यस स्थानका जनताले तिरो तिरेको प्रमाण हुनु, सुगौली सन्धिअनुसार लिम्पियाधुरा महाकालीको मुहान उल्लेख हुनु आदिले लिम्पियाधुरा नेपालको भएको बताउनुभयो ।
अतिथि ख्याजूले अङ्ग्रेजी भाषामा विज्ञप्ति प्रकाशन गरी विश्वभरका न्यायप्रेमी जनताको साथ र समर्थन प्राप्त गर्न विदेशस्थित नेपाली दूतावासहरू सक्रिय हुनुपर्नेमा जोड दिनुभो ।
“नेपाली सेनालाई सीमा सुरक्षामा खटाउनुपर्छ । देशको गोप्य सूचना विदेशीलाई दिने सरकारी कर्मचारीलाई कारबाही गर्नुपर्छ”, उहाँले भन्नुभयो ।
कार्यक्रममा संस्थानका शिक्षक/कर्मचारीको पनि उपस्थिति रहेको थियो ।
Leave a Reply