भर्खरै :

एउटा देशघातीविरुद्ध अर्को देशघाती पार्टी

प्रतिष्ठा
राणा र पञ्चायती निरङ्कुशताविरुद्ध
‘राँको’ बाल्ने ए सत्ताधारीहरू
बहुदल स्थापना भएकै तीस वर्ष भयो
खोइ के समृद्धि भयो ?
भ्रष्टाचार, पक्षपात र अत्याचार
किन रोकिँदैन लाजमर्दोहरू ?
के तिमीहरूको नियति
पालैपालो सरकारमा पुगेर
राणा र पञ्चजस्तै शासन र शोषण गर्नु हो ?
निर्वाचन त पञ्चहरूले पनि जितेकै छन्
साम, दाम, दण्ड र भेद प्रयोग गरी
राज्यसंयन्त्र पुरै दुरुपयोग गरी
मतदातालाई ‘मण्डले’ को डर देखाई
कोशी, गण्डक, महाकाली
अनि कर्णालीसमेत बेच्ने
तिमीहरू एकको विकल्प अर्को हुनैसक्दैन
गणतन्त्रमा ‘राजसम्रातको ठाँट’ मनपराउनेहरू
के समृद्धिको नारा ठगी खाने भाँडो हो ?
सिद्धान्त र व्यवहार कहाँ छ तिम्रो ?
निजामती, प्रशासन, सेनालाई समेत
तिम्रै कार्यकर्ता बनाउने
जनतालाई झूटा आश्वासन दिने
तिमीहरू निर्वाचन जित्दैमा
के एउटा देशघाती पार्टीको ठाउँमा
अर्को देशघाती पार्टी नै
कसरी विकल्प हुनसक्छ र ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *