सीको आह्वान : एआईमा एक देशको प्रभुत्व नहोस्
- श्रावण १, २०८३
लेइडिस मारिया लाब्राडोर हेर्रेरा (Leydis Maria Labrador Herrera)
उनीहरूको हृदय उनीहरूले लगाएका सेता ल्यावकोट जतिकै स्वच्छ छन् । त्यसमा कसैले आशङ्का गर्न सक्दैनन् । उनीहरूको भलाद्मीपनले जीवनका लागि गर्ने प्रयासका निम्ति कुनै राजनीतिक सीमारेखा मान्दैन । वर्गीय उच्चनिच र जातीय भिन्नतालाई वास्ता नगरी उनीहरू मात्र जीवनको आशालाई नवीकरण गर्नमा लागिरहन्छन् । उनीहरू क्युवाली चिकित्सकहरू हुन् । उनीहरू प्रेस, शान्ति र जीवनका लागि क्युवाली राजदूतहरू हुन् ।
उनीहरूले कुनै बेइमानी गरेको कतै देखेको सुनेको छैन । उनीहरू आफ्नो देश छाडेर र आफ्ना मायालुहरू एवं प्रतिक्षामा बसेकाहरूलाई छाडेर, आफ्नो देश र आफ्नाहरूलाई मुटुमा राखेर पराइ देशमा पनि उतिक्कै लगनशीलतासाथ मानिसहरूको सेवा गर्छन् । ती भद्र चिकित्सकहरू बिरामीहरूको राम्रो सेवाका निम्ति नयाँ ठाउँमा नयाँ भाषा र संस्कृति समेत सिक्छन् । जस्तै कठिन परिस्थितिमा पनि उनीहरूको इच्छाशक्ति अडिग राख्न सक्छन् । त्यसको कारण हो उनीहरु एउटा विशिष्ट आत्मविश्वास र विश्वासको शक्तिले परिचालित छन् । जो आफ्ना सिद्धान्तहरूमा स्पष्ट छन्, तिनीहरू कहिल्यै असफल हुने गर्दैनन् ।
जो–जतिले क्युवाली चिकित्सकहरूबाट उपचार र आफ्ना आशाहरूको अभिवृद्धिमा मद्धत पाएका छन् सबैले उनीहरूलाई देवदूत भन्ने गर्छन् । कारण क्युवाली चिकित्सकहरू सबभन्दा निरुपाय बनेका बिरामीहरूको समेत हाँसी हाँसी उपचार र हेरचाह गर्छन् र सकारात्मक परिणाम निकाल्ने गर्छन् । उनीहरू देवदूतसरह भएका छन् कारण उनीहरू यस धर्तीमा गरिबीको सबैभन्दा नराम्ररी शिकार भएका र दिनलाई आफूसित आँसुबाहेक केही नभएकाहरूलाई पनि उतिक्कै स्नेह, हेरचाह र पे्रमसाथ उपचार गर्छन् ।
यस कुरामा मलाई शङ्का छैन कि मानव स्वास्थ्यको उपचारको पेशा अपनाउने र आफ्नो पेशामा दत्तचित पेशाकर्मीहरू दसौं लाखको सङ्ख्यामा छन् । तर, मैले क्युवाली चिकित्सकहरू जस्तो अरु देखेको छुइनँ जो मानवताको अभिवृद्धिमा प्रतिवद्ध र पैसाले सिर्जना गरेको क्रुर तगारोलाई यति सहजै नाघेर बिरामी वा रोगीसम्म पुग्ने गर्छन् । मलाई विश्वास गर्न कठिन छ तर सत्य हो यस्तो पनि देश (क्युवा) छ जहाँ मानिसहरू प्रेम, शान्ति र जीवनको राजदूत पा सेनासरह काम गर्ने उद्देश्यले नै चिकित्साकर्मीको मार्ग रोज्छन् । त्यहाँ चिकित्सकहरू यस्तो अन्तर्राष्ट्रिवादी धारणाका साथ तयार हुन्छन् । उनीहरु स्वास्थ्यलाई मानव जातिको नैसर्गिक (मौलिक) अधिकारका रुपमा लिन्छन् । क्युवा र क्युवालीहरू यस्तो हुनु कुनै संयोग भने होइन ।
क्युवाली चिकित्सकहरू अद्वितीय प्रयास र मेहनतबाट सिर्जित मूल्यवान उत्पादन हुन् । उनीहरु आफ्नो दैनिक योगदानले आफ्ना देशका जनताका साथसाथै विश्वका अरु देशका जनताको जीवन समेत स्तरीय बनाउन सकिन्छ भन्ने समझदारी राख्छन् र त्यस्तो गर्न सक्षम बनाउने इतिहास र क्युवाली समाजवादी क्रान्तिका सर्वोच्च कमाण्डर फिडेल क्यास्ट्रोप्रतिको सबभन्दा राम्रो सम्मान भएकोमा विश्वस्त छन् । क्युवालीहरूका निम्ति फिडेल क्यास्ट्रो नै सर्वप्रमुख उदाहरण हुन् जसले यस विश्वलाई झन् बढी बस्नलायक, बढी न्यायपूर्ण र कम असमानता भएको बनाउन मानवतावादी दृष्टिकोण जरुरी भएको स्पष्ट देखाइदिएका थिए ।
क्युवाली चिकित्सकहरू सबै भन्दा अस्वीकार गरेका अमिलनसार र अकृतज्ञ ठाउँहरूमा पनि पुगे । त्यहाँ पनि उनीहरूले सबथोक गुमाइसकेकाहरूको पीडा बाँडे र जीवनको सेवा गर्नमा आफ्नो प्रतिभा लगाए ।
जसलाई संसारको सबभन्दा शक्तिशाली साम्राज्यले पनि छिन्न नसक्ने, साम्राज्यवादको घमण्डलाई चोट पु¥याइरहेको केही छ भने टापू देश क्युवाप्रतिको ऐक्यवद्धता हो । क्युवाको मानवतावाद, अरु सबैले पिठ्युँ फर्काएको अवस्थामा पुगेकाहरूलाई पनि मद्धत गर्न तयार हुने क्युवाको सुन्दर कदमले नै विश्वभर क्युवाप्रतिको ऐक्यवद्धता जन्मेको, बढेको र रहिरहेको हो । तर, यसैकारण संरा अमेरिकी साम्राज्यवाद तिनका पिछलगाूहरू र पश्चिमा सञ्चारमाध्यमहरूले क्युवाली चिकित्सा मिशनविरुद्ध, त्यसलाई बद्नाम गर्ने नियतले अनेक बनिबनाउ झूटा प्रचार गरिरहन्छन् । प्रेम र शान्तिको मिशनलाई अन्त्य गर्न आफ्ना कठपुतलीहरू परिचालन गर्छन् र बहानाहरू सिर्जना गर्दागर्दै थकित हुन्छन् ।
फेरि पनि क्युवाले आफूले बनाइसकेका अन्तर्राष्ट्रवादी पुलहरूलाई फिर्ता गर्ने छैनन् । किन कि यो सिद्धान्तको प्रश्न हो । मानवीय सम्बन्धबिना व्यापारिक र राजनीतिक सम्बन्धको के महत्व हुन्छ र ?
आजकल जब ल्याटिन अमेरिका चिकित्सा दिवस मनाइन्छ, कृतज्ञताका कदमकासाथ क्युवाका सेता कोटसहितका सेनाप्रति जनताले श्रद्धा प्रकट गर्छन् । क्युवाली चिकित्सकहरूको साहसका लागि विश्वका करोडौँ जनता उनीहरूप्रति कृतज्ञ हुन्छन् । क्युवाली जनता सबैभन्दा बढी कृतज्ञ छन् ।
जतिसुकै झुटहरू फैलाओस्, आफ्ना ऐक्यवताहरूताका कदमविरूद्ध जतिसुकै तगारोहरू सिर्जना गरियोस् क्युवाली चिकित्सा जीवन बचाउनका लागि आफूले गरेका सबभन्दा राम्रा प्रयास स्मरण गर्दै उपचार सेवा चालु राख्ने छ । अहिले क्युवाली चिकित्सा मिशनमाथि हमला गर्ने कतिपयले आफ्नो लक्ष्य पूरा भएको ठानिरहे पनि भविष्यमा आफूहरूले मानिसहरूको उपचारको मानव अधिकार हनन गरेर निरंकुश कदम चालेको स्मरण गरेर पछुताउने छन् । क्युवाली चिकित्सकहरू भने नयाँ नयाँ गन्तव्यमा पुगी मानव जातिको सेवामा आफ्ना प्रतिभा उपयोग गरिरहने छन् ।
(Ambassadors of Love, peace and life)
The Granma International
– informatrion@granma.
com
अनुवाद ः प्रकाश
Leave a Reply