के आगजनी र निर्वाचनमा नेपाली सेना निर्णायक हो ?
- बैशाख २, २०८३
(६ अप्रिल, २०१७ दमासकस, सिरियाली राष्ट्रपति बशार अल अस्सदले क्रोएसियाको समाचारपत्र भसेन्र्जी लिस्टको पत्रकारलाई बिहीबार दिनुभएको अन्तर्वार्ताको पूर्ण पाठ प्रकाशित गरिएको छ – सिरियाली अरब समाचार संस्था – एसएएनए)
पत्रकार ः तपाईंले अघि भन्नुभएझैं तपाईंले शान्ति वा आत्मसमर्पण रोज्नु भएको भए आजको सिरियाको अवस्था कस्तो हुन्थ्यो ?
राष्ट्रपति अस्सद ः यसबारे यथार्थपरक कुराकानी गर्नको निम्ति म तपार्इंलाई एउटा उदाहरण दिन्छु । सन् २००३ मा इराकविरूद्ध युद्ध थालनी गर्न लाग्दा हामीलाई पश्चिमाहरूको विशेषतः संरा अमेरिकाको पक्ष लिनलाई भनिएको थियो । हामीलाई थाहा थियो इराक युद्ध यस क्षेत्रको विभाजनको उद्देश्यले चालिने कदमका श्रृङ्खलाको एक कदममात्र हो । हामीलाई थाहा थियो, युद्धपछिको इराकको भविष्यबारेमा गरिएको सम्मेलनले सबैजसोले विभाजित इराकको बारेमा चर्चा गरे, एकीकृत इराकको पक्षमा कोही पनि दृढतासाथ उभिएको पाएनौं ।
त्यसैले त्यतिखेर हामीलाई थाहा भयो, जुन कदम इराकमाथि चालिंदै थियो, त्यही कदम सिरिया र यसक्षेत्रका सबै देशविरूद्ध चालिन सक्छ । त्यतिखेर हामीलाई इराकविरूद्धको त्यस षड्यन्त्रमा सामेल हुन र आत्मसमर्पण गर्न भनिएको थियो । हामीले त्यसलाई अस्वीकार नगरेको भए सिरियाको अवस्था आजको भन्दा बढी गएगुज्रेको हुनेथियो । त्यसैले मैले भन्ने गरेको छु, अस्वीकार वा प्रतिरोधको मूल्य आत्मसमर्पण गर्नु र पिछलग्गू बन्नुको भन्दा कम हुन्छ । मैल विगतमा धेरैपटक भनेको यो तथ्य आज सिरियामा प्रमाणित भएको छ । सिरिया आज दृढ रूपमा उभिन सक्नुको कारण एकता नै हो । यदि हामी इराकी वा लेबनानी मोडेल अनुशरण गरी विखण्डनकारी परियोजनामा गएको भए हाम्रो देश गृहयुद्धले धुजा–धुजा भइसकेको हुन्थ्यो, जुन अमेरिकी र पश्चिमाहरू चाहन्छन् । सिरियाले सामना गरिरहेको जुन युद्ध छ, वास्तवमा यो गृहयुद्ध होइन, सिरियाविरूद्ध पश्चिमाहरूको हमलामात्र हो ।
पत्रकार ः किन खाडी राष्ट्रहरूले सिरियाली सरकारविरूद्ध लडिरहेका आतड्ढकारीहरूलाई समर्थन गर्छन् र रकम दिने गर्छन् ?
राष्ट्रपति अस्सद ः अधिकांश खाडी राष्ट्रहरू कठपुतली राज्यहरू हुन् । तिनीहरू आफैले केही भन्ने साहस राख्दैनन् । तिनीहरूमध्ये केहीले ‘हामी तपाईहरूलाई समर्थन गर्छौं तर सार्वजनिक रूपमा भन्न सक्दैनौं । हामी प्रार्थना गर्छौं तपाईंहरू युद्धमा जितोस् र आतड्ढकारीहरूलाई परास्त गरी एकीकृत सिरियाको रक्षा गर्न सफल हुनोस् ।’ भन्छन् तर बाहिर सार्वजनिक रूपमा तिनीहरू अर्कै बोल्छन् । त्यसो किन भने तिनीहरूले आफूलाई पश्चिमाहरूको स्वार्थका अघि आत्मसमर्पण गरिसकेका छन् । अधिकांश खाडी राष्ट्रहरू, तर सबै होइनन्, कुनै निश्चित समयमा बेलायतले निर्माण गरिदिएका हुन् र पछि ती देशहरू अमेरिकालाई जिम्मा लगाइयो । त्यसैले ती देशकाहरूले के भन्यो भने आधारमा तिनीहरूको मूल्याड्ढन गर्न सक्दैनौं ।
पत्रकार ः तिनीहरू सिरियामा सङ्घीयता सिर्जना गर्ने कुरा गर्छन् । के त्यो सम्भव छ ? तपाईं सिरियामा सङ्घीयता सिर्जना गर्ने पक्षमा हुनुहुन्छ ?
राष्ट्रपति अस्सद ः सङ्घीयता एउटा राष्ट्रिय मामिला हो र यो हुनुपर्छ वा पर्दैन भने कुरा संविधानले निर्धारण गर्ने हो । संविधानको निम्ति जनमत आवश्यक हुन्छ । यसकारण सरकारको रूपमा हामी सङ्घीयता स्वीकार गर्ने या नगर्ने हामी भन्न सक्दैनौं । सरकारसित जनताको कार्यकारी अधिकारको प्रतिनिधित्व गर्ने मात्र अधिकार छ । तर म तपाईंलाई सिरियामा विद्यमान सामान्य धारणा बताउन सक्छु । बहुमत सिरियालीहरू सङ्घीयता अस्वीकार गर्छन् किनभने त्यसले विभाजनलाई वैध बनाउने गर्छ । सिरियामा सङ्घीयताको कुनै न्यायोचित तर्क छैन । सिरियालीहरू आजकै ढाँचामा कुनै समस्याविना नै दसकौं र शताब्दीयौंदेखि एकताबद्ध भएर बसिरहेका छन् । सिरियाली जनताको कुनै धर्म, सम्प्रदाय र जातजातिबीच कुनै युद्ध भएको इतिहास छैन, बरू तिनीहरू एकअर्काविना बाँच्न नसक्ने अवस्था देखिन्छ ।
त्यसैले सङ्घीयताको मुद्दा सिरियालाई इराककै अवस्थामा पु¥याउने उद्देश्यले अगाडि ल्याएको देखिन्छ । त्यसको योजना भनेको बलियो राज्यलाई फुटाएर कमजोर राज्य, कमजोर सरकार, कमजोर जनता र कमजोर मातृभूमि बनाउने रहेको छ । जुन पश्चिमाहरूको धेरै समय पहिलेदेखिको योजना हो ।
पत्रकार ः टर्कीले सिरियामा आफ्नो सेना उतारेको छ । सिरियाको भूभागमा आफ्नो सैनिक उपस्थिति कायम राखेको छ । किन होला ?
राष्ट्रपति अस्सद ः टर्कीका राष्ट्रपति इर्डोगनले अलेप्पोको अन्तिम लडाइँसम्म पनि आतड्ढकारीहरूले जित्ने आशा गरिरहेका थिए । अलेप्पो राजनीतिक, आर्थिक, भौगोलिक र रणनीतिक महत्वको स्थान भएकोले त्यो लडाईं उनको निम्ति निर्णायक लडाईं बन्यो । जनताको अस्वीकृतिका कारण अलेप्पोमा आतड्ढकारीहरूले आफ्नो पकड कायम राख्न सकेनन् र सहर तथा प्रान्त अन्ततः सरकारकै अधिनमा आयो । सिरियाली अरब सेनाले हासिल गरेको महत्वपूर्ण जीतका कारण पनि त्यो सम्भव भएको हो । त्यसपछि इर्डोगनले राजनीतिक टेबुलमा आफ्नो स्थान सुरक्षित गर्न सिरियामाथि प्रत्यक्ष हस्तक्षेपमा उत्रने दुस्साहस ग¥यो । उनी सिरियाको भविष्यको बारेमा कुरा गर्नै आफ्नो अनधिकृत अधिकार गुमाउन चाहँदैन ।
अल नुस्रा र अल कायदा आतड्ढकारी संगठनहरूसित इर्डोगनको साँठगाँठ विश्वव्यापी रूपमा खुलासा भइसकेपछि ती संगठनहरूलाई राजनीतिक मुखुण्डो लगाइदिन पनि चाहेका छन् । उनी तिनीहरूलाई अर्कै नाम दिएर, तिनीहरूको दा¥ही खौरन लगाएर तिनीहरूलाई मध्यमार्गी लडाकू बनाउन लागेका छन् । एक–एक पाइला गर्दै तिनीहरू यो सड्ढटको सुरूवातको चरणमा फर्किरहेका छन् र टर्की ती आतड्ढकारीहरूलाई नयाँ रूप दिएर सिरियाली समस्याको समाधान गर्न खोज्ने नाउँमा आफ्नो भूमिका सुरक्षित गर्न उद्यत छ ।
पत्रकार ः अमेरिकी सेना पनि सिरियामा सक्रिय छ । तिनीहरू कुर्दहरूलाई सहायता गर्ने नाममा सिरियामा आफ्नो सक्रियता बढाइरहेका छन् । के तपाईं उनीहरूलाई पनि हमलाकारी फौज मान्नुहुन्छ ?
राष्ट्रपति अस्सद ः निश्चित रूपमा । सिरियाली सरकारको अनुमतिविना एकजनामात्र पनि विदेशी सैनिक सिरियामा रहनु सिरियामाथि हस्तक्षेप नै हो । साथै सिरियाको जमिनमात्र होइन हवाइ क्षेत्र अतिक्रमण गर्नुसमेत अवैध हस्तक्षेप र सिरियामाथिको हमला हो ।
पत्रकार ः अमेरिका किन सिरियामा पस्दैछ ? राष्ट्रपति महोदय, तपाईंको विचारमा कुनै विशेष कारण छ ?
राष्ट्रपति अस्सद ः सामान्य भाषामा भन्ने हो भने अमेरिकी नीति भनेकै संसारको विभिन्न भागमा अराजकता फैलाउने र राज्यहरूबीच द्वन्द्व सिर्जना गर्ने रहेको छ । यो कुनै नौलो तथ्य होइन । यो नीति विभिन्न रूपमा दसकौंदसकदेखि चल्दै आएको छ । यी द्वन्द्वको मतभिन्नताको माध्यमद्वारा संरा अमेरिकाले आफ्नो आधार हासिल गर्छ । यी छद्म युद्धकै माध्यमले अमेरिकाले नयाँ परिस्थितिमा आफूलाई प्रमुख शक्तिका रूपमा उभ्याउँछ । द्वन्द्वको क्रममा हतियार बेचेर अरबौं डलर त कुम्ल्याउँछ नै फेरि शान्ति वा समाधानका नाममा पनि त्यस क्षेत्रमा आफ्नो स्वार्थ रक्षा गर्छ । यो पुरानै अमेरिकी तिकडम हो ।
पत्रकार ः संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आगमनलाई तपाईं कसरी लिनुहुन्छ? के अमेरिकी नीतिमा कुनै परिवर्तन आउने सम्भावना छ ? हालै अमेरिकी प्रशासनले सिरियाको राष्ट्रपतिको भाग्यको फैसला सिरियाली जनता स्वयंले गर्नेछन् भनेका छन् नि ?
राष्ट्रपति अस्सद ः प्रथमतः सिरियामा कोही राष्ट्रपति रहनुपर्छ या छोड्नुपर्छ भनी ओबामा प्रशासनकै पालामा टिप्पणी आएको थियो । त्यसलाई युरोपका राजनीतिक सुगाहरूले पटक–पटक दोहो¥याइरहेका छन् । तर हामीले कहिल्यै पनि त्यसमा ध्यान दिएनौं कारण त्यसले हामीलाई कुनै फरक पार्दैन । यो त सिरियाली जनतासँग सम्बन्धित सिरियाली मामिला हो । त्यसैले ती र त्यस्ता कयौं वक्तव्यहरूलाई हामीले रद्दीको टोकरीमा मिल्काइदिएका छौं । सिरियामा के हुनुपर्छ भन्ने कुरा कुनै अमेरिकी या युरोपेली मामिला होइन, न त यो सिरियाबाहिरका कुनै व्यक्तिको चासोकै विषय हुनसक्छ ।
जहाँसम्म अमेरिकाको नयाँ प्रशासनको सिरियाली मूल्याड्ढनको प्रश्न छ, हुन त सुरूवाती चरणमै छ तर राम्रो बिहानी नदेखिएकोले दिन राम्रो होला भनी अपेक्षा गर्न सकिन्न । सन् १९७४ मा अमेरिकी राष्ट्रपति रिचार्ड निक्सनको सिरिया भ्रमणपछि दुई देशबीचको सम्बन्ध पुनःस्थापना भएको थियो । तर त्यसपछिदेखि आजसम्म सिरियाको निम्ति राम्रो प्रशासन आएको छैन । हामीले सधैं नै कुन अमेरिकी प्रशासनलाई खराब र कुनै बढी खराब भनी उल्लेख गर्नुप¥यो ।
अहिले हामीले अमेरिकामा देखिरहेको भनेको अन्त्यहीन द्वन्द्व हो । अमेरिकी प्रशासनभित्रै, प्रशासन बाहिर र प्रशासनसित जनताको द्वन्द्व छ । तिनीहरूले वैध सिरियाली सरकारको अनुरोध र समन्वयविना नै सिरियामा आफ्नो सेना पठाएर यो प्रशासनले पनि आफूलाई पुरानै प्रशासनको निरन्तरता सावित गरेको छ । तिनीहरू सिरियामा शान्ति पुनःस्थापना भएको देख्न चाहँदैनन् ।
पत्रकार ः राष्ट्रपति महोदय, सिरिया निरन्तर रूपमा इजरायली आक्रमणको तारो बनिरहेको छ । यस पछाडिको उद्देश्य के होलान् ? के तपाईं पुनःसिरियाली–इजरायल युद्धको सम्भावना देख्नु हुन्छ ?
राष्ट्रपति अस्सद ः युद्धको सम्भावना भने शब्द यहाँ यथार्थपरक छैन । किनभने हामी त इजरायलसितको युद्धमा बाँचिरहेका छौं । तपाईंले सिरियाली–इजरायली युद्ध भन्नुभयो – तपाईं निष्कर्षमा पुग्न सक्नुहुन्छ – यी आतड्ढकारीहरू इजरायलका निम्ति लडिरहेका छन् । तिनीहरू इजरायलका नियमित सेना नभए पनि तिनीहरू इजरायलकै निम्ति लडिरहेका छन् । इजरायल, टर्की, संरा अमेरिका, फ्रान्स, बेलायत, साउदी अरेबिया, कतार र अन्य कतिपय देशका समान उद्देश्य छन् । यो उद्देश्य नयाँ रूपमा नयाँ हतियार प्रयोग गरी अगाडि बढाएकोमात्र हो ।
व्यवहारतः यी आतड्ढकारीहरूमाथिको हाम्रो राजनीतिक विजय ती सबै देशमाथिको हाम्रो विजय हो । त्यसैले इजरायलले यी आतड्ढकारीहरूलाई हरसम्भव सहायता गर्न र सिरियाली सेनाको विजयलाई रोक्न निरन्तर देखिने र नदेखिने गरी आक्रमण गरिरहेको छ ।
पत्रकार ः हालैका दिनहरूमा धेरै युरोपेली सांसद टोलीहरू कुनै सार्वजनिक रूपमा र कुनै गुप्तरूपमा सिरिया भ्रमण गरिरहेका छन् । के यसलाई युरोपेली देशहरूको सिरिया नीति परिवर्तनको सड्ढेतको रूपमा लिन सकिएला ? के तिनीहरूलाई तपाईं र तपाईंको सरकार सही लागेको हो ?
राष्ट्रपति अस्सद ः युरोपेली नीति वास्तवमा परिवर्तन भएको छैन र परिवर्तन हुने सम्भावना पनि कमैमात्र छ । कारण, युरोपेली सरकारहरू आफ्ना झुटहरूको साथका धेरै अगाडि गइसक्यो । यदि तिनीहरूले यू–टर्न गर्न चाहे पनि युरोपेली जनमतले तिनीहरूलाई ‘तिमीहरू हाम्रोबीचमा झूट बोलिरेहका थियौ भन्ने छन् । त्यसैले तपाईंको आशावादिता सत्य नजिक छैन । तिनीहरू आफ्नो झूटहरूमा अडिग छन् र समय–समयमा त्यसमा केही परिमार्जन गरिरहन्छन् । तिनीहरू एउटै वस्तुलाई आफ्ना ग्राहकका निम्ति फरक–फरक खोलमा पुनः प्याकेजिङ गरिरहन्छन् । तिनीहरूका ग्राहक भनेका युरोपेली जनता हुन् । तर पश्चिमा जनमत विस्तारै परिवर्तन हुँदैछ, कारण ६ वर्षसम्म पनि नभएको पोल खुल्दै गयो ।
दोस्रो, सामाजिक सञ्जालहरूका कारण राजनीतिक शक्तिहरूको मेसिनका रूपमा व्यापारिक सञ्चार माध्यमहरूलाई काम गर्न गा¥हो हुँदै गएको छ । विश्वकै जनमत बनाउने सूचना र तथ्याड्ढ अब ती सञ्चारमाध्यमहरूको मात्र नियन्त्रणमा छैन ।
तेस्रो, ठूलो सङ्ख्यामा आप्रवासनको लहर युरोपतिर बढेसँगै आतड्ढकारी कार्यहरू पनि देखिन थालेको छ । यी विभिन्न घटनाहरूले पश्चिमा नागरिकहरूलाई मध्यपूर्व र विश्वमै के भइरहेको छ भनी व्यापक रूपमा हेर्न बाध्य पारेको छ ।
युरोपेली देशहरूमा आएको सबभन्दा ठूलो परिवर्तन भनेको हिजोसम्म व्यापारिक सञ्चारमाध्यमको प्रचारमा आँखा चिम्लेर समर्थन गर्ने जनता आज ती सञ्चारमाध्यम र शासकहरू झूट बोल्दैछन् भनिरहेका छन् । अझै पनि जनताले पूर्ण सत्य कुरा भने थाहा पाएका छैनन् । तिनीहरूले सत्यको केही भागमात्र थाहा पाएका छन् र पनि सिरियामा के भइरहेको छ ? लिवियामा के भइरहेको छ ? र यमनमा के भइरहेको छ भनी थाहा पाउन लागिपरेका छन् । तिनीहरू आ–आफ्ना देशमा सरकारहरूसित आतड्ढकारीहरू र खाडी देशहरूसित आफ्नो देशको सम्बन्धबारे प्रश्न उठाइरहेका छन् ।
पत्रकार ः तपाईंले हालै २०१७ मा सिरिया युद्ध अन्त्य हुनेछ भन्नुभयो । के तपाईं सिरिया युद्ध यसैवर्ष सकिनेमा अहिले पनि विश्वस्त हुनुहुन्छ ?
राष्ट्रपति अस्सद ः मैले शाब्दिक रूपमा २०१७ मै सिरिया युद्ध अन्त्य हुन्छ भनेको छैन । मैले बारम्बार पश्चिमाहरूको हस्तक्षेप नहुने हो भने सिरियाको युद्ध र समस्या समाधान केही महिनाभित्रै हुन्छ भनेको छु । २०१६ मा एक वर्षभन्दा कम अवधिमै भनेको हुनाले धेरै यो वर्षको अन्त्यसम्ममा भनी बुझेको हुनुपर्छ । निश्चय नै स्थिति राम्रो दिशामा बढिरहेको छ । आतड्ढकारीहरूको स्वार्थ परास्त हुँदै सिरियाली जनताको हित विजयी हुँदै गएको छ । युद्धको बारेमा अनुमान गर्न सकिंदैन । विशेषतः कयौं देशबाट पालित पोषित आतड्ढकारी संगठनहरू भएको हुनाले अहिले नै र केही समयमै युद्ध टुंगिन्छ भन्न सकिंदैन । आतड्ढकारीहरूको पराजय ती देशहरूको राजनीतिक पराजय हुने हुनाले तिनीहरूले तुरून्तै हार स्वीकार्ने छैनन् । जहाँसम्म सिरियाको इच्छा छ, सिरिया एकक्षण पनि युद्धमा मुछ्न चाहँदैन । तर षड्यन्त्रकारी देशहरूले चाहेजस्तो सिरियाको सार्वभौमिकता र अस्तित्वकै मूल्यमा युद्धको अन्त्य हामी स्विकादैनौं । अर्को शब्दमा तिनीहरू सिरियाले यस क्षेत्रको राजनीतिमा कुनै सक्रिय, महत्वपूर्ण र ग¥हुँगो भूमिका खेल्न नसकोस् भनी चाहन्छन् ।
पत्रकार ः के तपाईं सिरियामा–सिरिया–इरान गठबन्धनको विजयमा विश्वस्त हुनुहुन्छ ?
राष्ट्रपति अस्सद ः मैले सुरूमा नै भनेको थिएँ, हामीसित एउटा विशाल आशा छ, जुन झन्–झन् विशाल हुँदै गएको छ । त्यही आशाले हाम्रो आत्मविश्वास निर्माण गर्दैछ । हामीसित आत्मविश्वास नभएको भए आशा पनि हुन्नथ्यो होला । कुनै पनि आयाममा हामीसित विजयबाहेक अर्को विकल्प छैन । यदिन यस युद्धमा हामी जितेनौं भने त्यसको अर्थ विश्व मानचित्रबाट सिरियाको नक्सा मेटिनु हुनेछ । हामीसित यो युद्ध सामना गर्नुबाहेक अको विकल्प थिएन । त्यसैले हामी आत्मविश्वासी, विश्वस्त र दृढ छौं ।
पत्रकार ः धेरै धेरै धन्यवाद राष्ट्रपति महोदय ¤
राष्ट्रपति अस्सद ः तपाईंलाई पनि धेरै धेरै धन्यवाद ¤
– समाप्त
प्रस्तुतिः प्रकाश
Leave a Reply