भर्खरै :

चिनियाँ सपना प्रभुत्ववादी होइन

झोङ शेङ (Zhong Sheng)
नयाँ – नयाँ अन्वेषणको माध्यममार्फत आफ्ना जनताको समृद्धि र खुशी ल्याउने सपना कार्यान्वयन गरिरहेको देश (चीन) लाई कसैले निन्दा गर्नु आवश्यक छैन । तरै पनि पुरानै शैलीको सोचाइले ग्रस्त र आफ्नै देशका केही तत्वको निहित स्वार्थलाई पूरा गर्ने ध्येय लिएका केही राजनीतिज्ञहरू बरोबर उदीयमान अन्वेषणकर्ता देशहरूलाई खतराका रूपमा चित्रण गरिरहन्छन् ।
उदीयमान अन्वेषणकर्ता देशहरूको विकासमा बाधा पु¥याउन हरेक माध्यमलाई प्रयोग गर्न खोज्छन् । त्यस्ता राजनीतिज्ञहरू उदीयमान अन्वेषणकर्ता देशहरूको भावना र मेहनतलाई निर्दयीतापूर्वक निमोठ्न खोज्छन् । उनीहरू उदीयमान देशहरूले चाहेको सामान्य आर्थिक प्रगतिलाई पनि ती देशहरूले आर्थिक प्रभूत्ववादी नियन्त्रण कायम गर्न खोजेको आरोप लगाउँछन् ।
यत्तिखेर अन्तर्राष्ट्रिय समुदायका बढीभन्दा बढी मानिस चीनलाई अन्वेषणको शक्ति केन्द्रका रूपमा विश्वास गर्छन् । तर, केही कट्टरपन्थी संरा अमेरिकी राजनीतिज्ञहरू तथ्यलाई बेवास्ता गरी तथाकथित खतरालाई ठूलो रूपमा प्रस्तुत गर्छन्, अधैर्य भई उफ्रन्छन् र चीनका बारेमा गैरजिम्मेवार टिप्पणीहरू गर्छन् ।
इतिहास सधैँ नै न्याय र अन्यायको द्वन्द्वबाट अगाडि बढिरहन्छ र पटक–पटक सत्य सधैँ रहन्छ भनी पुष्टि पनि गर्छ । “चिनियाँ राष्ट्रको महान् पुनर्यौवनकरणको चिनियाँ सपना कुनै हिसाबले पनि प्रभूत्व खोज्ने सपना होइन ।” हालै पेइचिङमा सम्पन्न नयाँ अर्थतन्त्र फोरम २०१९ मा चिनियाँ राष्ट्रपति सी चिनफिङले भन्नुभयो ।
“चीनले कुनै शक्तिलाई पनि विस्थापन गर्ने उद्देश्य राखेको छैन बरु आफ्नो नैसर्गिक स्वाभिमान र स्थान प्राप्त गर्ने लक्ष्यमात्र राखेको छ ।” – सीले अगाडि भन्नुभयो । सन् १९४९ मा जन गणतन्त्र चीन स्थापनापछि यसले उल्लेख्य उपलब्धि हासिल गरेको छ तर कुनै कुरामा पनि कुनै तरिकाले घमण्ड देखाएको छैन । बरु यो देश सधैँ नै अनेकतामा एकताको पक्षमा रहँदै शान्तिपूर्ण विकासको मार्ग अनुसरण गर्दै सारा विश्वसित जीत–जीत सरसहयोगको निम्ति अनवरत कोसिस गरिरहेको छ ।
संरा अमेरिकाका केही मानिस अत्यन्त साँघुरो मानसिकताका छन् र चिनियाँ सपनालाई प्रभुत्ववादी सपनाका रूपमा बुझ्ने प्रचार गर्ने धृष्टता गर्छन् । तिनीहरूमा चिनियाँ जनताले कसैमाथि पनि प्रभुत्व थोप्दैनन् र कसैलाई पनि आफूमाथि प्रभुत्व चलाउन दिँदैनन् भन्ने ज्ञानको अभाव छ ।
कुनै पनि बाह्य शक्तिले चीनलाई प्रगति गर्न र विकास हुनबाट रोक्न सक्दैन, जुन अपरिवर्तनीय प्रवृत्ति हो । फाइनान्सियल टाइम्स पत्रिकाका मुख्य आर्थिक टिप्पणीकार मार्टिन उल्फले औँल्याउनु भएझैँ सिर्जनशीलताले देशका सिमाना पार गर्ने हुनाले त्यसलाई रोक्न खोज्नु सम्भव छैन र रोक्न खोज्नु बेकार पनि छ ।
उल्फका अनुसार यदि पन्ध्रौँ शताब्दीमा प्राचीन चीनका चार वटा आविष्कारहरू पश्चिममा परिचय नगराइएको भए युरोपले सुरुदेखि विकास गर्नु र आजको विकास मुश्किल थियो वा झण्डै असम्भव थियो ।
चिनियाँ अर्थतन्त्रको निरन्तर विस्तार संरा अमेरिकाको विरोधले रोकिने छैन र संरा अमेरिकाले आफ्नै ठूलो नोक्सानी नब्यहोरिकन चीनको विकासलाई उल्लेख्यरूपले ढिलाइ गर्न सक्दैन । धेरै अमेरिकी विज्ञहरूले यसबारेमा अमेरिकी सरकारलाई कयौँ महिना अगाडि नै खुलापत्र लेखिसकेका छन् । चीन, संरा अमेरिका र विश्वका कयौँ पत्रपत्रिका चीन–संरा अमेरिका आर्थिक तथा व्यापार सम्बन्ध र व्यापार युद्धसम्बन्धी छलफलले भरिएका छन् । न्यू इकोनोमी फोरम २०१९ ले कसरी दुई प्रमुख आर्थिक शक्तिहरूका आविष्कार र अन्वेषण शान्तिपूर्वक मिलेर रहन सक्छन् भनी सोच्न मानिसहरूलाई प्रेरित गरिरहेको छ ।
चीन–संरा अमेरिका संवादविहीनता तोड्न सहयोग गरेका र विगत ५० वर्षमा सय पटकभन्दा बढी चीनको भ्रमण गरेका पूर्वअमेरिकी विदेशमन्त्री हेनरी किसिङ्गरले चीन र संरा अमेरिका आपसी सहयोगको फाइदा लिन तयार रहेको बताउनुभयो ।
चीन–संरा अमेरिका सम्बन्ध निकै विशेष रहेको छ र दुवै देशमा त्यसको बलियो प्रभाव रहेको बताउनुहुँदै वरिष्ठ कूटनीतिज्ञ किसिङ्गरले आपसी सहयोगको माध्यमले यी दुई देशले अन्तर्राष्ट्रिय प्रणालीको सही विकासलाई बढावा दिन सक्ने बताउनुभयो ।
किसिङगरका अनुसार विश्वका दुई सबभन्दा ठूलो अर्थतन्त्रका रूपमा रहेका चीन र संरा अमेरिकाका कदमहरूमा एक अर्काका खुट्टाका बुढी औँला बाँधिएका छन् । त्यसैले उनीहरूले एक अर्काका चासो आपसी सहयोगका माध्यमले सम्बोधन गर्नुपर्छ न कि द्वन्द्वका माध्यमले ।
पूर्व संरा अमेरिकी अर्थमन्त्री हेनरी पाउल्सनले संरा अमेरिकाले चीनलाई अमेरिकी बजारमा छिर्न नदिने धम्की दिने र शून्य योगजस्ता सैन्य सिद्धान्तहरू अर्थतन्त्रको नीतिमा जोड्ने कदमले विश्वव्यापी र आर्थिक संरचनाहरूमा विसङ्गति आउने तथा दुवै पक्ष र विश्वकै लागि बढी जोखिम निम्तिने तथ्य औँल्याउनुभयो ।
अन्वेषणले कसैलाई गुफामा कैद गर्नुको सट्टा विश्वलाई फाइदा पु¥याउनुपर्छ भन्ने विचार चिनियाँ राष्ट्रपति सीले राख्दै आउनुभएको छ । उहाँका दूरदर्शी विचारहरूले देशको जिम्मेवार स्थान प्रदर्शित गरेको छ । अन्वेषणहरूलाई देशका सीमाभित्र कैद गर्नु सही कदम होइन । त्यस्तै व्यापार र अर्थतन्त्रमाथि प्रतिबन्ध लगाउनु घोडा चढेको व्यक्तिलाई खसाल्न खोज्ने इतिहासकै प्रवृत्तिको पुनरावृत्ति हो र त्यसले दुवै पक्ष तथा अरूलाई पनि नोक्सान पु¥याउँछ ।
“जोसुकै भए पनि जसले आफ्नो अवधारणा खुलारूपमा राख्छ, उसले छिट्टै नेतृत्व गर्छ र ज–जसले आफूलाई अलग्याउँछन् तिनीहरू स्वयम् नै पछि पर्छन् ।” अन्वेषण र सङ्गठित प्रयासको महत्वबारे विचार राख्दै बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनका सहअध्यक्ष बिल गेट्सले भन्नुभएको छ ।
चीनले तबमात्र राम्रो गर्न सक्नेछ जब विश्वले नै राम्रो गर्छ । यसको विपरीत चीनले राम्रो गरेमा मात्र विश्वले राम्रो गर्नसक्ने पनि हुन्छ । आफूसित के छ र आफूहरू के चाहन्छौँ भनी चिनियाँ जनतालाई राम्ररी नै अवगत छ, साथै तिनका निम्ति कडा परिश्रम गर्न तयार छन् ।
चीन सधैँ नै सक्रिय सकारात्मक, स्थिर, शान्त र आफ्ना हरेक कदममा सावधान रहँदै विकासको मार्ग पहिल्याउन, तत्कालीन एवम् दीर्घकालीन परिस्थितिको अनुमान गर्न र चालिएका पाइला फलदायी बनाउन र सुनिश्चित गर्न अडिग छ ।
संरा अमेरिकासित आर्थिक र व्यापार वार्ताका क्रममा चिनियाँ प्रतिनिधि मण्डलले पटक–पटक एवम् स्पष्टरूपमा चीन–संरा अमेरिका व्यापारिक सम्बन्ध चीन र संरा अमेरिका दुवैको हितमा रहेको तथा त्यो विश्वकै शान्ति र समृद्धिको निम्ति पनि उत्तिकै महत्वपूर्ण रहेको धारणा राख्दै आएको छ ।
चिनियाँ सपना विश्वका सबै देशमा सुन्दर सपनासँगै गाँसिएको सपना हो । सबै देशका जनतालाई राम्रो जीवनका लागि पहल गर्न र चम्किलो भविष्यका लागि मिलेर काम गर्ने अधिकार छ ।
चीनले साझा भाग्य भएको विश्व समुदाय निर्माणका लागि आफ्ना साझेदारहरूसित बिनासर्त काम गरिरहेको तथ्यले विश्वभरि नै प्रशंसा पाइरहेको छ । चीनको नीति समयको मागको सकारात्मक सम्बोधन बनिरहेको छ र विश्वकै मूल प्रवृत्तिका रूपमा स्थापित हुँदै गएको छ ।
(झोङ शेङ जन दैनिकले विदेश नीतिबारे आफ्नो धारणा राख्न प्रयोग गर्ने उपनाम हो ।)
(Chinese dream is no means hegemonic_
– People’s Daily
November 26, 2019)
अनुवादः प्रकाश

Leave a Reply

Your email address will not be published. Required fields are marked *