भर्खरै :

सिनेटरहरूद्वारा मध्य अमेरिकी देशमा अमेरिकी सहायता कटौतीको विरोध

वासिङ्टन, २१ मंसिर
(सिन्ह्वा) । मध्य अमेरिकी देशहरूमा अमेरिकी आर्थिक सहायता कटौतीको अमेरिकी सरकारको निर्णयको व्यापक विरोध भएको छ ।
अमेरिकी सिनेटरहरूले अमेरिकी सरकारको यो निर्णयको विरोध गर्दै यसले ती देशहरूमा अमेरिकाको बदनाम मात्र भएका बताएका हुन् । यस्तो निर्णयको विरोधमा अमेरिकी विदेशमन्त्री माइक पोम्पेओको आलोचना भएको हो । ती सिनेटरहरूले विदेशमन्त्री पोम्पओको विरोध गरेका हुन् ।
कटौती गरिएको सहायतामध्ये कतिपय त महिला तथा बालबालिकालाई आवश्यक पर्ने सहायता पनि रहेकोमा त्यस्तो अत्यावश्यकीय सहायताको कटौती गरेर मध्य अमेरिकी देशहरूका अतिरिक्त बाहिरी विश्वमा पनि यसको विरोध भएको पाइएको उनीहरूको तर्क छ ।
अमेरिकी सरकारले हालै मात्र एलसाल्भाडोर, ग्वाटेमाला, होन्डुरसमा आफ्नो सहायता कटौतीको निर्णय गरेको थियो । उक्त निर्णयको अमेरिकाभित्र पनि विरोध भइरहेका बेला त्यहाँका सिनेटरहरूले अमेरिकाका विदेशमन्त्रीको व्यापक मात्रामा आलोचना गरेका हुन् ।
सिनेटको वैदेशिक मामिलासम्बन्धी समितिमा डेमोत्र्mयाटिक दलका सिनेटरहरूले ट्रम्प प्रशासनको यो पछिल्लो निर्णयले अमेरिकी देशहरूप्रति अमेरिकाको नीतिको खिल्ली उडाएको बताएका थिए । उनीहरूले अमेरिकी ट्रम्प प्रशासनको यो निर्णय अमेरिकाकै लागि पनि प्रत्युत्पादक हुने धारणा समेत राखे ।
उनीहरूले भनेको थिए– यस्तो निर्णयले बाह्य विश्वमा अमेरिकाको इज्जत बढ्दैन बरु बेइज्जत हुन्छ, त्यसैले यस निर्णयमा अमेरिकी सरकारले पुनःविचार नै गर्नुपर्छ । महिला र बालबालिकाका लागि आवश्यक रहेको यस्ता आधारभूत आवश्यकताका वस्तुहरूकै सहायताको कटौतीले हामीलाई निकै निराश तुल्याएको छ, उक्त समितिमा बोल्दै सिनेटरहरूले उक्त धारणा राखेका थिए ।
यस विषयमा अमेरिकी ट्रम्प प्रशासनले गएको अक्टोबर महिनामा नै आफ्नो धारणा राखेको थियो । ट्रम्प प्रशासनले मध्य तथा ल्याटिन अमेरिकी देशहरूप्रतिको धारणा राम्रो राखेको छैन । ती देशहरूप्रति राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरुदेखि नै विरोध गर्दै आउनुभएको थियो ।
सोही नीतिबमोजिम नै हालै मात्र ट्रम्प प्रशासनले ती देशहरूमा विगत लामो समयदेखि प्रदान गर्दै आएको सहायतामा भारी मात्रामा कटौती गरेको घोषणा गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *