तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
सुर्खेत, २१ मंसिर । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको स्थापना दिवसको अवसरमा ‘जनताको प्रजातन्त्र’ विषयमा अन्तरक्रिया कार्यक्रम भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टी सुर्खेतका संयोजक हरिबहादुर बोहराले मानव समाजको इतिहास वर्गसङ्घर्षको इतिहास भएको र वर्ग रहेसम्म वर्गसङ्घर्ष चालू रहने बताउनुभयो । उहाँले संसारमा भएका श्रमिक आन्दोलनबारे चर्चा गर्नुभयो ।
कार्यक्रममा नेमकिपा बाकेका सचिव प्रकाश शाही, नेमकिपा वीरेन्द्रनगर नगर समितिका अध्यक्ष शेरबहादुर शाही, नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय सदस्य प्रेमकुमार थापा, नेपाल क्रान्तिकारी मजदुर सङ्घका अध्यक्ष अकलबहादुर राना, सचिव निरकबहादुर शाही, नेपाल क्रान्तिकारी महिला सङ्घका अध्यक्ष तुल्सी खड्का, बिजुकला राना, नेपाल क्रान्तिकारी युवा सङ्घका लालबहादुर थापा र जगतबहादुर लामिछानेलगायतले बोल्नुभएको थियो ।
Leave a Reply