भर्खरै :

चितवनमा युवा भेला

चितवन, २१ मंसिर । नेपाल क्रान्तिकारी युवा सङ्घ चितवन जिल्ला समितिको आयोजनामा शनिबार जिल्लास्तरीय भेला भयो ।
भेलामा नेपाल मजदुर किसान पार्टी चितवन जिल्ला समितिका संयोजक हरिप्रसाद दुवालले ओली सरकारले भारतसँगको सीमा विवादको विषयमा शिर उँचो पारेर भारतसँग छलफल गर्न नसकेको बताउनुभयो ।
भारतीय विस्तारवादको नून खाएका शासकहरूले देशको सार्वभौमिकतामा सम्झौता गरिरहेको परिस्थितिमा देशभक्त युवा र विद्यार्थीहरू जागरुक हुनुपर्ने बताउनुभयो ।
भेलामा नेक्रायुसङ्घ चितवन जिल्ला समितिका ज्ञानेन्द्र चेपाङ, पदम थापामगर, विष्णु शर्मालगायतले बोल्नुभएको थियो ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *