युद्ध र वार्ताजस्तै नाकाबन्दी पनि सफल हुनेछैन
- बैशाख ५, २०८३
तेज थापामगर
म बाहिर जिल्लाको भए पनि राममन्दिरतिर व्यापार गर्छु । मेरो लागि शौचालय भनेको राममन्दिर शौचालय नै हो । उक्त शौचालय दुर्गन्धित नहोस् भन्ने मेरो चाहना हो । तर, त्यहाँ त्यसो भएको छैन । शौचालयको दक्षिणको टपबाट पिसाब चुहिरहेको छ । उक्त शौचालयका सफाइ मजदुर कहिले आउँछन् र कहिले आउँदैनन् । निज सफाइ मजदुरसँग पैसा फिर्ता माग्न आउने धेरैजना रहेको बुझिएको छ । त्यसैले शौचालयमा ड्युटी नगरी सफा गरेर जाने गरेको रहेछ । तर, निजलाई हेर्ने जाँचकीले कहिल्यै उक्त शौचालय हेरेको देखिँदैन ? जिम्मेवार व्यक्तिले निरीक्षण नगर्दा सफाइ कर्मचारीले आफ्नो कर्तव्य पूरा नगरेको जस्तो लागेको छ । निज कर्मचारी मंसिर २१, २२ र २३ गते कार्यालयमा हाजिर हुन पनि आए तर काम गरेनन् त्यो कुरा जाँचकीलाई थाहा छ कि छैन ? त्यस्तै मंसिर २५ गते निज सफाइ कर्मचारी कार्यालयमा पनि आएन, काम पनि गरेन । यतिको बेवास्ता किन ? अस्तिमात्र नागरिक दैनिकमा बेथितिको अखडा बन्दै स्थानीय सरकार, कार्यालय नगएको दिन पनि हाजिरी’ भनी समाचार आयो । भक्तपुर नगरपालिकाजस्तो अनुशासित, इमानदार र कर्तव्यनिष्ठ जनप्रतिनिधि र कर्मचारी भएको साथै पारदर्शी नेपालमा हस्ताक्षर गरेका कर्मचारीहरू बिस्तारै कर्तव्यविमुख हुँदै गएको हो कि भन्ने जनताको चिन्ता हो । त्यसैले कर्मचारीलाई सचेत पार्न पटक – पटक स्थानीय पत्रपत्रिकामा पाठक पत्र प्रकाशित भए पनि किन कारबाही भएन भनी स्थानीय जनताबीच चर्चा चल्ने गरेको छ ।
Leave a Reply