ख्वप इन्जिनियरिङमा अन्तर–विभाग फुटसल सुरु
- चैत्र १४, २०८२
– मेरिना शाक्य
मङ्गलबार सम्पन्न ते¥हौँ दक्षिण एसियाली खेलकुदमा नेपाल सरकारले अपेक्षा गरेभन्दा बढी पदक खेलाडीले जितेर देखाइदिएपछि सरकारको भुँइमा खुट्टा छैन । हुन पनि कमजोर खेलकुदका पूर्वाधारबीच पनि खेलाडीहरूले पदक जित्नु सरकारको अक्षमता र असफलता ढाकछोप गर्ने राम्रो रूमाल सावित भएको छ । साग खेलकुद आयोजना गर्न समय छँदै पूर्वाधार तयार नगरी थोरै समय बाँकी छँदामात्र जसरी भए पनि काम सम्पन्न गर्नुपर्ने अवस्थामा निर्माण कार्य गराउँदा सामान्य समयको भन्दा झण्डै दोब्बर रकम सरकारले खर्च गरिसकेको छ ।
पदक जितेका खेलाडीलाई पुरस्कृत गर्ने प्रचलन त विश्वव्यापी नै हो, नगद पुरस्कार पनि आवश्यक छ । तर, प्रधानमन्त्री ओलीले बुधबार प्रतिमेडलबापत जुन रकम पुरस्कार घोषणा गरे त्यसलाई आवश्यकताभन्दा बढी फजुल खर्चका रूपमा चर्चा भइरहेको छ । सागमा जितेको एउटा स्वर्ण पदक जितेका लाई ९ लाख, एकभन्दा बढी स्वर्ण जितेकालाई प्रतिपदक ११ लाख, रजत पदक जितेकालाई ६ लाख र कास्य पदक जितेकालाई ३ लाख रकम पुरस्कार दिने घोषणा गरिएको छ । यस हिसाबले नेपालले जितेका ५१ स्वर्ण, ६० रजत र ९५ कास्यका लागि र टिम खेलका खेलाडी हरूलाई गरी झण्डै १७ करोड रूपैया वितरण हुने देखिएको छ । देशकै खेलाडीलाई जाने रकममा पनि के–को हिसाब भन्ने तर्क आएको छ । तर यसरी पदकअनुसार रकम बाँड्ने चलनले आगामी दिनमा एकै खेलाडी धेरैवटा स्पर्धामा भाग लिन तँछाडमछाड हुनेछ र खेलको स्तर खस्किन सक्छ । अर्कोतिर खेलकुदका दुई–चार वटा भए पनि पूर्वाधार तयार हुने रकम पुरस्कारमै खर्चँदा खेलाडीहरूलाई अभ्यास गर्न सुविधा हुने पूर्वाधार नबन्ने हुन्छ । पूर्वाधारको अभावमा आगामी दिनमा खेलको स्तर उठ्नेभन्दा खस्कने सम्भावना बढ्ने छ । त्यसैले सस्तो लोकप्रियताका लागि सरकारले लाखौँलाखका पुरस्कार बाँड्नमाभन्दा जिल्ला–जिल्लामा पूर्वाधार निर्माणमा ध्यान दिनु बढी आवश्यक छ ।
Leave a Reply