तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर, २६ मंसिर । नेपाल क्रान्तिकारी शिक्षक सङ्घ, बाल विकास एकाइको आयोजनामा हरिबहादुर श्रेष्ठद्वारा लिखितद्वारा पुस्तक ‘हजुरबुबाका चिठ्ठी’ बारे बुधबार अध्ययन गोष्ठीको आयोजना ग¥यो ।
गोष्ठीमा विद्यालयका प्रिन्सिपल सुरेन्द्रराज गोसाईले नेपालका ७० लाख युवाहरू अध्ययन र कामका सिलसिलामा विदेशमा रहेको जानकारी दिँदै पुस्तकमा रहेको हजुरबुबाले नाति–नातिनीलाई लेख्नुभएका ३० वटा पत्रहरू समय सान्दर्भिक छ भन्नुभयो ।
“नेपालको राजनैतिक र सामाजिक अवस्थाबारे विदेशमा रहेका नाति–नातिनालाई जानकारी गराउँदै निराश होइन आशावादी र सकारात्मक दृष्टिकोण राख्न र विदेशमा सिकेको ज्ञान स्वदेशको सेवा प्रयोग गर्नुपर्ने शिक्षा पुस्तकले दिएको छ”, उहाँले भन्नुभयो ।
समग्रमा यो पुस्तक राष्ट्रभक्तिको भावना जगाउने एउटा राम्रो र पठनीय कृति रहेको प्रिन्सिपल गोसाईले बताउनुभयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी शिक्षक सङ्घ बाल विकास इकाइका अध्यक्ष शङ्कर आचार्य र शिक्षकहरू सूर्यबहादुर पञ्च, पुनेन्द्रप्रसाद कुसी, रवि प्रजापति, सुलोचना छ्वाजू, मनिषा श्रेष्ठ, गङ्गा वैद्य, सुशीला लवजू, सृष्टि प्रधान, सीता कोजू र देवकी श्रेष्ठले पुस्तक अध्ययनको सार राख्नुभयो ।
Leave a Reply